पवन बुढा
विश्वले कोरोना भाईरस (कोडिभ–१९) को संकरमण संग लडिरहँदा हाम्रो देश नेपाल पनि यसवाट अछुतो छैन हाम्रो देशमा हामी सम्पुर्ण नेपाली पनि त्रासपुर्ण वातावरणमा यसको संकरमण रोक्न सरकारले गरेको निर्णय ‘लकडाउन’ अन्तरगत होम क्वारेन्टाईनमा छौं । आशा छ सरकारको निर्णयलाई पूर्णरुपमा पालना गरी हुम्लीबासि लगायत पुरै देशबासीमा कोरोना भाईरसले छुने छैन । सबैलाई शुभकामना पनि छ, यस्तै त्रासपूर्ण मनलाई जन्मभुमीमा पुगेका यातायातका साधन सहितको फोटोले मेरो ध्यान जन्मभूमी तिर तानेपछि मन प्रफुल्ल भएर मातृभूमीमा विगतका कष्टकर भोगाई र पछि हुन सक्ने सहज भोगाईलाई समेत समेटेर हर्षितमुद्रामा आफ्ना बीचार र तर्कहरू राख्दैछु ।
कभरफोटोमा देखीएको ठाँउ कर्णाली प्रदेश हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटवाट ४४ कोष टाढा दक्षिण भेगमा पर्ने साविकको श्रीनगर गाविस अर्थात हालको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर (गल्वा) श्रीनगर मेरो जन्म थलो अथवा मातृभूमी हो । हामी धेरै वर्ष राज्यको अघोषित आन्तरिक नाकाबन्दिको चपेटामा परेर राज्य र सरकार चिन्नलाई साईत जुरेन । धेरै पटक धेरै राज्य व्यवस्था बदलियो । धेरै पटक धेरै सरकार बदलिय तर हाम्रो जिवनशैलिमा भने कुनै परिवर्तन नआएर भिटामिनयुक्त नुनको सट्टा वस्तुविनिमय पद्धतीद्वारा चामल, मास, भटमाससँग साँटेको छिमेकी मुलुक चीनको ताक्लाकोटबाट आयात गरिएको ढिके नुन प्रयोग गरियो । शुद्ध खानेपानीका कुरै छोडौ खोलामा बगिरहेको पानि लिन गाग्रो बोकेर १/२ घण्टा हिँड्नु प¥यो, भने धारा भएका ठाउँमा एक गाग्रो थाप्न १÷२ घण्टा पालो कुर्नु पर्ने बाध्यतालाई आजपनि झल्झली सम्झीरहेको छु ।
विभिन्न समस्याका दुई छाक टार्नै मुस्कील मेरो जभूमिमा खानासँग तरकारी पनि खाँदा रहेछन भन्ने कुरा त हामीलाई शिक्षा दिन तराइका जिल्लाबाट जानु भएका गुरुवर्गहरू हाम्रा गाउँमा गएका बेला खाएको देखेपछि मात्रै थाहा भयो । दाल र भात पाक्यो भने उत्तम खाना मान्ने मेरो जन्मभूमिको विस्तृत कारुणीकताका बारेमा कुनै दिन उल्लेख गरौला । तर र्ने यहाँ विगतको आफू जन्मेको समस्याको झल्को दिन मात्रै खोजेको हुँ । दाल नभए भात र रोटी नुनको ढिक्का र पानी, लसुनेपानी, सितेपानी (भातको सितामा पानी राखेर दालको रुपमा प्रयोग गर्ने) जस्ता पानीको आईटमसँगैं दोस्ति हुन्थ्यो । मासुभात खान र अलिक राम्रो कपडा लगाउन त पुर्णिमा र तिहारनै कुर्नु पथ्र्यो । कपडा धुने साबुनको सट्टा राम्वासका पात (एक झार) र खरानिले कपडा धोयौं । नुहाउँने सावुन र स्याम्फुकोसट्टा थर्रेका पातहरू थिचेर लेदो घसेर नुहाएको कुटु विगतलाई सम्झीदा निकै विरक्त लागेर आउँछ ।
यतिमात्रै होइन अशिक्षाका कारण, तपाई, हजुर, आइस्यो र गइस्योकोसट्टा वए, तँ, आ, जा भन्ने शब्दवाट हामी प्रशिक्षित भयौं । घर र समाजमा जे कुरा सिकाइयो त्यही हामीले सिक्यौ । त्यसको परिणाम अहिले पनि सानालाई तँ र आफूभन्दा ठूला भगवानरुपी आमाबुवा र गुरुवर्गसहित अन्य सवै मान्यजनलाई तिमि भन्ने गरिन्छ । फेसनफेसनको कपडाकोसट्टा घरबुना ‘ठेटुवा’को एकसरो कपडाले शरिर ढाकियो । सार्वजनिक यातायात चढ्नुकोसट्टा सानोमा बुवाआमाका पिठ्यू र काँध चठ्यौ र ठूला भएपछि ५०÷६० किलोग्राम भारि बोकेर ४५ दिन पैदल यात्रागर्न बाध्य भयौं र छौं पनि । यति मात्रै कहाँ हो र ! ज्वरो आउने टाउको दुख्ने वित्तिकै भुतप्रेत, आत्मा अथवा देवी देवता लाग्यो भनेर धामी झाक्रिको धमेला (धामी बस्ने) ग¥यो र चोट पटक लागेर रगत आउने वित्तिकै ढोकाको खुर भित्रको माटो, गोवर, मन्जन र बाहिरको माटोले टाल्ने गरियो, हाम्रै आँखा अगाडि कतिपय सुत्केरी आमाहरू सुत्केरी हुन नसकेर स्वर्गवास भएका तस्विरहरू झल्झल्ति याद आईराखेका छन् । समयसँग पौठेजोरि खेलेर आफ्ना रहर पुरा गर्ने कतिपय साथि भाईहरूलाई सामान्य रोगवाट समेत बचाउन नसकेर उनीहरूका सपना चकनाचुर भएका देख्यौ ।
जब म केहिबुझ्ने भए र अभिवावकको करकापले पाठशाला जानसुरूगरे । त्यो पल, त्यो क्षण, त्यो बालापन, अन्जान बीचार, अस्पस्ट बोली र विना सपनाको चंचलेपन अहिले पनि आँखामा झल्किन्छ । त्यतिबेला के थाहा ? हामी बिना सपनाका बालबालिकालाई जीवनयापन गर्न समयसँग पौठाजोरि खेल्दै महासंघर्ष गर्नुपर्छ भनेर बस हामिलाई यति थाहा हुन्थ्यो । पढ्न नपरोस् दिनभरि साथिभाईहरू संग खेल्न र रमाउन पाउँ र पेटभरि खानपाउँ । यतिसम्म थाहा थिएन हामिलाई पेटभरी खान र एकसरो कपडा लगाउन आमाबुवाले कालापहाड धाउनु पर्छ । भारत गएर अर्काको देशमा अञ्जान मानिसको गुलामी बन्नु पर्छ । त्यतिवेला लाग्थ्यो पैसा हाम्रै घरमा काटिने रैछ । खेतबारिमा आफै अन्न उब्जिने रैछ । हाम्रा यातायातका साधन हाम्रै बुवाआमाका काँध र पिढ्यू रैछन ।
जब दिनहरू बित्दै गएपछि थाहा भयो । मानव त समयको दास रैछ । हाम्रा आमाबुवाले दुखकष्ट र संघर्य रैछ । हाम्रो बालापन चम्किलो र अमूल्य बनाउने त्यहि भएर बुवाआमाको संघर्षले ल्यायको बालापनलाई अहिले पनि भन्छौ । कहाँ आउँन्छ र घुमेर यो बालापनको उमेर पटक –पटक सम्झिन्छौ । त्यो बालापन कहिले पसिना पुज्दा सम्झिन्छौ त कहिले आँसुपुच्दा सम्झिन्छौ । कहिले भोकै बस्दा सम्झिन्छौ त कहिले एक्लै समय बिताउँदा सम्झिन्छौ । न सम्झिनु पनि कसरी अहिले एकछाक खाना र एकसरो कपडाले मात्रै पुग्दैन समयसँगै परिवर्तित सृजित विभिन्न परिकारको खाना चाहिएको छ र त्यहि अनुसारको फेसनफेसनका कपडाहरू चाहिएकाछन् भने विभिन्न किसिमका बजारमा चलेको स्टाईल गर्नु परेको छ । यो सवै कुरा पूरा गर्न आफूले कमाएर सम्भव देख्दैनौ, सम्भव त हुन्थ्यो । यदि हामिले चाहने हो भने तर हामी चाहदैनौ । हामी चाहदैनौ शहर बजारतिर काम गरौ । केहिकाम गरेर आत्म निर्भर हुँ सानै भएपनि ब्यापार ब्यावसाय गरौ । हाम्रौ ठूलाठूला बाठाहरूमा कृषिमुलक ब्यवसाय गरौ । प्रकृतिले उपहार दिएको थरिथरि हावापानि पाईने ठाँउमा पशुपालन गरौ भनेर चाहन्थ्यौ । कसरि बुवाआमाले आफ्नो ज्यानको बाजि राखेर रगत पसिना बगाएर कमाएको सम्पत्तिमा रजाई गर्न पाएपछि । यसरी रजाई गरेको होस् तेतिवेला खुल्छ । जतिवेला आफूसँग माम दिने र काम सिकाउने कोहि हुँदैन ।
कभरमा देखिएको फोटो त्यहि ठाउँ हो । जहाँ विश्वले अर्थतन्त्रमा ठूलो फट्को मारिसक्दा हाम्रो देश नेपालमै पनि विभिन्न ठाँउमा सुरूङ मार्ग, नेपाल आफ्नै स्याटेलाईट बनाउने, ट्रेन र पानी जहाज ल्याउने बजेट बिनियोजन गरिरहँदा २१औं सताब्दिको अन्त्यसम्म पनि यातायातका साधनको नाम समेत थाहा नभएका, यातायातका साधनहरूले के खान्छन् । घाँस, पानी या तेल भन्ने समेत थाहा नपाएका नागरिकहरूको जमात भएको ठाउँ हो । हाम्रो आँखाको वरिपरि ती पलहरू घुमिरहेका छन् । म जस्तै हजारौं बालबालिकाहरू आफ्नो भविश्य बनाउन २÷३ घण्टा हिडेर प्राथमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र माध्यामिक शिक्षा हाँसिल गर्न विवस भयौं हामी त्यो ठाँउका मान्छे हौं । शहरमा लोडसेडिङ मुक्त भैरहदा हामिले आफ्नो भबिश्य बनस्पति सल्लाको झरा र मट्टितेलको टुक्किको वरिपरिको मधुरा प्रकासमा रूलमूल्याई रहेका थियौं । हामी त्यहि ठाउँका मान्छे हौं । शहरमा सरकारी बिद्यालयमा पनि अग्रेजी माध्यामबाट पढाईहुँदा हामी ५ कक्षामा गएर ब्द्यऋम् का अक्षरहरू हाम्रा आँखा वरिपरि दौडाउदै थियौं । उतिबेला भविश्यका कर्णदार भनिने म लगायत हजारौं बालबालिका बिहान बेलुका घाँस दाउरा र खेतवारिको काम गरेर दिउँसो भविश्य उज्वल बनाउजे दौरानमा शिक्षालयमा शरीर ,किताब,कापि र कलमको दुरि नजिक बनाउने प्रयत्न गथ्र्यौं । हाम्रो सरिर र स्कुल ड्रेस टासिएर बसेको मलाई कहिल्यै थाहा छैन टाईको त कुरै छोडौ , किताब र झोलाको पनि संगत भएको याद छैन ,हुन्थ्यो त हात र किताब को किताब र बेन्चको किताब पनि नभनौ कापि मलाई याद भएअनुसार किताबको अनुहार सायद शैक्षिकसत्र भरि २र३ महिना भने राम्रै संग पल्टाई पल्टाई हेर्न पाईन्थ्यो किनकि शौक्षिक शत्र सकिनै लाग्दा पाठ्यपुस्तप पुग्थ्य स्कुल स्कुलमा । हामिले त यस्तो पेन पनि प्रयोग गरेको याद छ मसिनो निगालोको टुप्पोमा तिखारपन ल्यायर मसिमा चोपेर लेखेको यो भन्दै गर्दा तपाईलाई लाग्छ होला यो त धेरै पुरानो जमनाको कुरा हो बिल्कुल हैन म कक्षा १ पढ्दै गर्दा भोगेको कुरा हो । यो त्यहि ठाँउहो जहाँ दाउरा बाहेक खाना पकाउने अरूकुनै स्रोत साधन छैन उज्यालोको लागि भलै अहिले आफ्नो क्षामता अनुसार ठुलार साना सोलारहरू प्रयोग गरेकाछन् । हामिले भने माध्यामिक शिक्षा सम्म झरो र टुक्किकै प्रयोग गरेका ती मानशपटलका दृष्यहरू बिर्सियका छैनौं । अहिले खुल्ला बजारमा भने त्यो परिवेशवाट हुर्किएको बिध्यार्थि र राज्यको महुँचवाट बिकासै बिकासले सुविधा सम्पन्न सहरमा पढेको बिध्यार्थि एउटै मैदानमा प्रतिस्पर्धा गर्नु परिरहेको छ । अब भने यातायातका साधन आवत जावतमा सहजता आयोभने हरेक क्षेत्रमा र नागरिकको जीवन स्तरमा भारि परिवर्तन हुनुका साथै निम्न आयस्रोत भएका ब्याक्तिहरूले पनि जोस, जाँगर र सकरात्मक सोचको विकास गरे । आयस्रोतमा पनि केहि फेरवदल हुने कुरामा दुईमत छैन ।
यातायातका साधन पुग्ने बित्तिकै कायापलट हुन्छ । हामिले बसिबसि खानलाउन पाउन्छौ भन्ने कल्पना गर्नु भने हुँदैन । जहाँ विकास भयो त्यहाँ बिनास पनि हुन्छ । हरेक कुराको सदूउपयोग राम्रो गर्न सकेउ भने राम्रो नै हुन्छ तर सदउपयोग गर्न सकिएन भने नोक्सान पनि हुन्छ । हामिले रेडियो जस्तै श्रब्य सामाग्रिवाट सुनेका समाचारहरू याद गरौ बजारमा भएका चोरि, लुटपात, बलात्कार, लागू औषध दुरुपयोग, चेलीबेटि वेचविखन, विभिन्न किसिमका फेसन र विभिन्न किसिमका अपृय घटना सवारि साधनको सहज आवातजावतसँगै भित्रिने कृयाकलाप हुन यस्ता कृयाकलापहरू भित्रिन दिने र नदिनेमा तपाईं हाम्रै ठूलो हात हुन्छ । यस्ता कुराहरूलाई ध्यामा राखि सुरक्षा निकायलाई हामी नागरिकले पुरै सपोर्ट गरेर सुरक्षा निकायलाई चुस्त दुरुस्त राख्ने हो । भने हरेक कुकार्य रोख्न सकिन्छ । घाट र नोक्सान मात्रै हैन सदउपयोग गर्न सकियो भने प्रकृतिले उपहार स्वरूप दिएको भरिपुर्ण प्राकृतिक स्रोत साधन हावापानि अनुकूल सुनकै भाउमा बिक्रि हुने किसिम किसिमका जडिबुटी, कृषि ब्यावसाय, पशुपालन, तरकारि खेति जस्ता विभिन्न ब्यावसायवाट सहजै बजारिकरण गर्न सक्यौ भने निम्न स्तरका नागरिकको पनि आयश्रोत बढ्नुका साथै सहज जीवनयापन गर्न सकिने सुनौलो अबसर हो । त्यसैले पनि औधि खुसि छौ । ताकि कुनै शब्दले व्याख्या गर्न सकिदैन । आशावादि पनि अबको केही दिनमा आफ्नै आगनवाट गाडिचढेर सहर पुग्ने । बिहान आमाले पकाएको रोटि बेलुका सहरमा बस्ने छोरार छोरि खानपाउने आशा सायद म मा मात्रै पलायको छैन् होला बडो संघर्षशिल जीवन बिताईरहेका सवै हुम्लीबासिहरूमा हुनुपर्छ ।
अन्तमा हाम्रो जन्मभूमी हुम्लालाई सडक सञ्जालसँग जोडि विगतको हाम्रो कष्टकर जिवनयापनलाई सहजता ल्याउन अहम्भूमीका खेल्नु हुने नेपाल सरकार, नेपाली सेना, कर्णाली करिडोरका पहलकर्ता विभिन्न राजनितिक दल र नेताज्यूहरू, ग्रामिण सडक पहुँच कार्यकर्म (RAP-3), यस कार्यमा प्रतक्ष र अप्रतक्ष सहयोग गर्नुहुने पत्रकारवन्दु लगायत सम्पुर्ण सचेत नागरिक र सवारि साधन पुर्याएर हामीलाई हर्सित बनाउनु हुने सवारि साधन धनी सवै प्रति हार्दिक नमन धन्यवाद र सम्मान छ । आशावादि छौं, अव छिट्टै सहज तरिकाले र पूर्णरुपमा सवारि साधनमा सवार गर्न पाउने छौं र छिट्टै पुरै हुम्लीबासिमा कर्णाली करिडोरको पहुँच पुग्ने छ र छिट्टै स्तरउन्नतिको पहलकदमीमा पनि सवैको अपरिहार्य भूमीका रहने छ ।
लेखक हाल नेपालगञ्ज उप–महानगरपालिका
सव–ईन्जिनियर पदमा कार्यरत हुनुहुन्छ