डम्बरबहादुर रावल
गत नोभेम्बर चीनको वुहान शहरबाट सृजित कोराना भाईरस (कोभिड–१९) ले आज विश्व आक्रान्त भएको छ । कसैले यो चीनलाई समाप्त पार्न अमेरिकाले सृजना गरेको भाईरस हो भने, त कसैले चीनले नै बनाएको भनेर अड्कलबाजी गर्न थाले । विभिन्न देशका वैज्ञानिकहरुले आफ्नै प्रयोगशालामा ल्याब टेष्ट गरे यो मानव निर्मित भाईरस नभई प्राकृतिक रुपमा स्थापित भाईरस भएको निष्कर्षमा पुगे । आखिर यसको जिनहरुको ल्याबमा प्रयोग गरि हेर्दा चमेरा अर्थात पेनगुईन नामक चरासँग मिल्दोजुल्दो देखिएको छ । यसबाट के स्पष्ट हुन्छ भने, मानवले प्रकृतिमा भएका सम्पुर्ण जैविक/अजैविक वस्तुको सेवन गरेकाले नैं यो भाईरस अरु पशुपन्छीबाट मानिसमा सर्न गएको हो । जसको अवैज्ञानिक र अवयवस्थित कारणले आज यो भयावह परिस्थिति झेल्नु परिरहेको छ ।
डाइनोसर प्रजाति यो पृथ्विमा दुई प्रकारको थियो । एउटा शाकाहारी थियो भने, अर्को मांसाहारी थियो । शाकाहारी डाइनोसरले दिनमा लाखौ रुख बिरुवालाई एकै दिनमा स्वाँहा बनाउथ्यो । मांसाहारी डाईनोसरले यो प्रजातिको जिव खानु पर्छ, त्यो प्रजातिको जिब खानु हुदैन भन्ने मान्यता भएपनि जुन प्राणी भेटियो त्यसैलाई नै आफ्नो आहारा बनायो । फलस्वरुप, पृथ्विमा प्राकृतिक सन्तुलन गुम्न गयो । अन्ततः डाइनोसर नैं पृथ्वीको एैतिहासिक जीव बन्न पुग्यो । कारण उ आफै थियो । किनकी उसले पृथ्वी भित्रका अन्य प्राणीहरुको अस्थित्व स्वीकार गर्न नसक्दा आज आफ्नो अस्तित्व नैं समाप्त हुने अवस्था आयो । आज मानव समुदायले पनि डाइनोसरको जस्तो ब्यवहार गरेको खण्डमा डाईनोसरको हविगत नहोला भन्न सकिदैन । हिजो चीनले व्यहोरेको भोगमरी अन्दाधुन्द प्राणी माथिको दोहनले गर्दा भंगेरा जातिको अन्त्य गर्ने अभियानमा समग्र चीन लाग्यो । भंङगेराको अनुपस्थितिमा चीनको पर्यावरणीय सन्तुलन नराम्रोसँग बिग्रन गयो । विकसित विज्ञान र प्रविधिको उच्चतम प्रयोगमा लागेको चीनले धेरै पछिमा पर्यावरण्ीय सन्तुलन कायम राख्न सम्पुर्ण प्राणिहरुको अस्तित्व चाइ राख्नु पर्छ भन्नेमा आयो । त्यसकै परिणाम चीनले रसिया र जर्मन जस्ता पश्चिीमी मुलुकबाट आफ्नो देशमा लोभ भएको भंङगेरा जातको प्रजातिलाई पुन आयात गर्नु प¥यो ।
२१ औं शताब्दीको उच्चतम प्रविधिको विकाससँगै अहिले मानव समुदाय भित्र भिमकाय घमन्ड पलाईरहेको छ । आफू–आफस् बीचको जुङगाको लडाई गर्न तम्सीरहेका दुई वटा बादशाहा चीन र अमेरिकालाई चेतना भया, यदि तिमिहरुकै शैलिमा विश्व जगत एक अर्काको धुर्बमा धुर्बिकरण भयो भने अल्बर्ट आईन्स्टाइनको अड्कल सत्यमा परिणत हुनेवाला छ । बिन्ती छ, नखाएको विष लगाउने प्रयास नर्गनुहोस् । मानव समुदाय र संस्कृति, प्रकृतिको एक सर्वउत्कृष्ट र विवेकशिल प्रजाति हो । यसको रक्षा नंै सम्र्पुण प्रजातिको रक्षा हो । त्यसैले आम मानव समुदाय विश्व भाईचारा बान्धुबान्धब ईष्ट मित्रको सम्बन्ध स्थापनाको अर्को विकल्प छैन । मानव अधिकारको आवाज बुलन्द गरिरहंदा प्राकृतिक चिज र वस्तुहरुमा त्यसको असर के कति कसरी पर्दछ ? भन्ने कुरामा हामी रत्तिभर चिन्तीत हुन सकेनौ । जसका कारण आज एक आगोको झिल्कोले विश्व कोभिड–१९ रुपि डडेलोमा दिन दुईगुना, रात चौगुनाका हिसाबले कोरना कहरको प्रकोप बढि रहेको छ । विश्व स्वास्थ्य संगठन देखि अन्य वैज्ञानिक संस्था रात दिन यसको शिघ्र समाधानका लागि दिलोज्यान दिएर खटिरहेका छन् । जे जति अध्यन अनुसन्धान भएपनि यसको अझै औषधीको प्रमाणित हुन सकिरहेको छैन् । सानो लापरबाहिले आज विश्व कोरनाबाट ग्रसित छ ।
केरोनाको प्रकोपले निकै थिलथिलो बनेको ईटलीले शुरुका दिनमा हिजो लापरबाही ग¥यो । सामाजिक र शारिरीक दूरी बढाउन सरकारले गरेको आह्वानलाई इटलीका जनताले व्यवास्ता गरे । डान्सवार, होटेल,सिनेमामा भिडभाड अंकमाल आदि कुरा गरिरहे । भित्रभित्रै कोरानाले ईटलीयन जनतामाथि सुसुप्त हमला गरिसकेको थियो । फलस्वरुप, आज ईटलीको पछिल्लो हविगत भयो । कोरना संक्रमणको शीर्ष बरियतामा अहिलेसम्म अमेरिका छ । जुन आफैमा विश्व शक्तmीमान राष्ट्र हो । जसमा हजारौ मानवले ज्यान गुमाएका छन् त लाखौको संख्यामा संक्रमित भएका छन् ।
चीन र अमेरिका बीचको टेलिफोन बार्ता सहकार्यका लागी एक्यबद्घता यो विश्व मानव जगतका लागी सराहनिय र प्रशंसनिय पक्कै छ । पछिल्लो जानकारीमा कोरानाबाट संक्रमितको संख्या बिसौ लाख नाघी सकेको छ भने मृत्यु हुनेको संख्या १४५००० भन्दा धेरै छ । यो संख्याले पक्कै पनि मानव अस्तित्व र सभ्यता माथि नै प्रश्न चिन्न खडा भईरहेको छ । विश्व स्तरबाट भएका प्रयास र विश्व स्वास्थ्य संगठनले दिएका सबै खाले सूचना लाई आधार मानेर आम नागरिकले कोराना बिरुद्घको लडाईमा एक मत भएर लाग्नु पर्ने बेला आईसकेको छ । कोराना प्राकृतिक रुपमा सृजित भएकाले कुनै पनि किसिमको बिभेद गर्दैन तर मानव जाति भित्रबाट नै यसको रोकथाममा बिभिेदकारी समयन्त्र स्थापना हुन सक्छन् बेलैमा सचेत रहनु पर्दछ । जस्तो, पैसा हुनेले साबुन,पानी, सेनिटाईजर, माक्स र अन्य सामाग्री प्रयोग गरेर सुरुक्षित रहन सक्छन् । पैसा नहुने समुदाय र वर्ग पहिचान गरेर आवश्यक सामग्री राहात प्याकेजको रुपमा सरकारले विभिन्न संयन्त्र मार्फत उक्तm समुदाय र व्यतिmमा लैजाने व्यवस्था यथासक्य चाँडो यसको प्रबन्ध वैज्ञानिक र वस्तुनिष्ट गरिनु पर्दछ । देशभर कुन ठाँउको आर्थिक सम्पन्नता वा बिपन्नता के हो ? जातिय अवस्था के हो ? शौक्षिक, राजनैतिक चेतना के हो ? सडक बत्तिको पहुँच, कुन प्रदेश, कुन जिल्ला, कुन स्थानिय तह, कुन वडा, बस्ती, टोलमा के कस्तो छ ? आदिको सघन रुपमा तंथ्याक संकलन गर्न जरुरी देखिन्छ । नत्र त, कोरोना पनि यसो हेर्दा विभेदकारी नदेखिए पनि मानव व्यवहार र कार्यनीति अदुरदर्शी र अपारदर्शिताले पक्कै कमजोर आर्थिक भएका गरीब, मजदुर र रोग प्रतिरोधात्मक क्षमता नभएका ब्यतिm यो रोग बाट हुने खतरा देखिन्छ । हुने खाने वर्ग सुरक्षित हुने र हुँदा मात्र खाने वर्ग यो रोगको शिकार बन्ने स्थीती विश्वको कुनै पनि कुनामा नआओस् । विश्वमा लापरबाहिका कारण लाखौ मानिसको ज्यान कोरोना कहरले लियो । यो मानव ईतिहाँसमै कहाली लाग्दो छ । अझै कति मानिसको ज्यान जाने हो यसै भन्न सकिने स्थिती छैन ।
कोरना कहरले विश्व समुदायमा ल्याएका केहि सकारात्मक कुरालाई पनि उल्लेख गर्नै पर्ने हुन्छ । सामुहिक भलाईका निम्ती विश्व समुदायलाई एकजुट हुन सिकायो । विश्वमा मानव स्वास्थ्यलाई असर पार्ने जस्तै कार्बनडाईअक्साइड, मिथेन, कार्बन जस्ता ग्याँस उत्र्सजनमा भारी गिरावट ल्याएको छ । जे होस् कोरानाले विश्व राजनीतिक, अर्थनीति, विश्व संस्कृति र विश्व रंगमञ्चमा भएका जे जति सेवा प्रवाह देखि सुसुप्त रुपमा रहेका मूल्य मान्यता, आधुनिक अविस्कार र विज्ञान माथि कोरोना कहरले क्षेणिक युद्ध जितेकोमा शंका गर्ने ठाउँ छैन् । तर हरफकर्ताको तर्फबाट भन्न चाहान्छु “रात बिते दिन हुन्छ यस्तै हुन्छ भन्ने छैन निराशामा आशा हुन्छ, हरेश खानु हुन्न” हामी विश्वस्थ छौ, कोरानाको क्षणिक जितलाई समाप्त पार्न विश्व समुदाय एकजुट भई अगाडी बढ्न जरुरी देखिन्छ । यसो भएमा कोरोना कहर बिरुद्धको युद्ध अवश्य जित्छौं ।
लेखक छायाँनाथ रारा नगरपालिका–५ का वडाअध्यक्ष र रारा बहुमुखी क्याम्पसका पुर्व प्रमुख हुन् ।