रणसिँह परियार
हाल विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड–१९ मानव जिवनको घातक बनेको छ । विश्वमा महान विकाक्रम, उच्च प्रविधिको विकास, उच्च आर्थिक वृद्धिदर, विज्ञानको आविष्कार आदिमा उच्च सफलता हाँसिल गरिरहेको विश्व कोरोनासँग हार बेहोरिरहेको सर्वविधितै छ । चीनको वुहान प्रान्तबाट उत्पन्न भएको उक्त भाईरसले हाल विश्व नै आतंकित बनाएको छ । यसबाट हजारौं मानिसहरुले ज्यान गुमाउनुका साथै लाखौंको संख्याजना संक्रमणको अवस्थामा छन् । नेपालमा पनि यो भाईरसले प्रवेश गरिसकेको छ । यद्यपी हालसम्म कसैले ज्यान भने गुमानु नपरेको सुखद खबरका स्रोत हामी बन्न पाएका छौं ।
परिमाणात्मक रुपमा कोरोनाको संक्रमण नेपालमा धेरै नहुनु र यसबाट मानवीय क्षेती नहुनुको कारण नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) निकै नै प्रभावकारी भएको बलियो संकेत हो । रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै उत्तम उपाय हो । यस निर्णयलाई स्वागत गर्दै निर्णय प्रति ऐक्यवद्धता प्रकट गर्नु र गराउनुमै आम नेपालीहरुका लागि भलो हुने देखिन्छ । यद्यपी, बेलैमा लकडाउन नगरीदिएको भए विदेशबाट आउने संक्रमित व्यक्तिहरुबाट नेपालमा पनि भयावह स्थिति आउने कुरामा दुईमत छैन । बेलैमा सजकता अपनाउने सरकारको कदमले गर्दा आज गाउँदेखि शहरसम्मका हामी नागरिकले सुखद श्वास फेर्ने अवस्था पाईरहेका छौं । सन्निकटमा आइलाग्नेसंभावित खतराको स्थितिबाट बच्न सरकारले शुरु गरेको वन्दावन्दी अर्थात लकडाउनको अवधीमा नागरिकका अत्यावश्इक आवश्यक्ता पूर्तिका लागि हाल नेपाल सरकारले नागरिकसामु विभिन्न खाले राहत प्याकेज घोषणा गरेको छ । प्रत्येक प्रदेशमा स्वास्थ्य सामाग्रीहरु पठाएको छ । साथै, विद्युत महसुलमा छुट, घरभाडामा बस्ने नागरिकहरुले १ महिनाको घरभाडा तिर्नु नपर्ने जस्ता कार्यहरु गरेको छ । यति हुंदाहुदंै पनि नेपालमा बढि जसो नागरिकहरु दैनिक ज्यालादारी गरेर खाने मजदुरहरुको लागि पनि प्रभावकारी कदमको आवाश्यकता टड्कारो रुपमा देखिएको छ । जनतालाई चाहिने दैनिक उपभोग्य सामाग्रीहरु अभाव हुन नदिन माफिया र विचौयिाहरुको अन्त्य गर्नका लागि सरकारी निगरानी हुनु पर्दछ ।
यति उच्च सतर्कताको बाबजुद पनि यदि नेपालमा कोरोना फैलियको खण्डमा धेरै नेपालीहरुको बेजोग हुने स्थिति छ । जनतालाई सबैतिर कठिनाई आईपर्नेछ । एकातिर सरकारको लकडाउनको पालना नगरे हामी समस्यामा पर्न सक्छौं भने अर्कोतिर विदेशी भूमिबाट नेपाल आएकाहरुको नियन्त्रण र समाधान हुन नसके पनि जोखिममा पर्न सक्छौं । त्यसकारण पूर्ण ध्यान जानु पर्दछ । अहिले नेपालमा शहरमा रहेका मान्छेहरु गाउँतिर र विदेशिएका मान्छेहरु स्वदेश फिर्ता हुनेमा आतुर छन् । शहर बजारमा सतर्कताको पुर्ण जिम्मेवारी सरकारले लिएको छ । विभिन्न संचार माध्यमद्धारा दैनिकजसो जनचेतनामुलक कार्यक्रमहरु भईरहेका छन् । यसभन्दा अघि व्यस्त देखिने सडकहरु सुन्य भएका छन् । सुरक्षा फौज प्राय सबै ठाउँमा तैनाथ छन् र एक किसिमले शहरमा जनताहरु पनि सचेत वा शिक्षित छन् । तर गाउँतिरका दुरदराज, कुना कन्दरा जस्ता ठाउँमा भने लकडाउन प्रभाकारी नहुन सक्छ किनकी, त्यहाँ प्रशासन टाढा छ, संचारमाध्यमको अति कम पहुँज, अशिक्षा, अज्ञानताका कारण शहर भन्दा गाउँ धेरै पछाडी छ ।
यद्यपी, सरकारकोतर्फबाट पहल त भईरहेको छ । यति हुंदाहुदैं पनि स्थिति अँझै अपेक्षित रुपमा राम्रो मानिहाल्ने अवस्था देखिदैन् । फोहोर, धुलो, धुवाँबाट बच्नु पर्नेमा दैनिक माटोसँग खेल्नु पर्ने गाईवस्तु चराउनुपर्ने बाध्यता जिवित नै रहेको छ । पर्याप्त मात्रामा साबुन पानीको उपलब्धता छैन । घरभित्रै बस्नुपर्नेमा गाउँका मान्छेहरु जम्मा भएर एक आपसमा तमाखु, चुरोट बाँडेर खाने जस्ता गतिबिधिहरु ग्रिरहेको अवस्था छ । मदिराजन्य पदार्थहरुबाट टाढा रहनु पर्नेमा रक्सिले भाईरस मार्छ भन्ने मानसिकताले गर्दा रक्सि सेवन भईरहेको छ । यस्ता किसिमका गलत मानसिकतालाई हटाउन स्थानिय सरकारले अहोरात्र खटिएर जनचेतना जगाउनु पनि आजको टड्कारो आवश्यकता छ ।
नेपालमा बेलाबेलामा ठूला माहामारी फैलिएको ईतिहाँस साँचि छ । यस्ता खाले सबै माहामारीले शहरमा भन्दा पनि गा्रमिण क्षेत्रमा बढि क्षेतिग्रस्त हुने गरेको छ । झाडापखाला, हैजा जस्ता अनेक अज्ञात रोगहरुले पनि शहरीया भन्दा गाउँका मानिसहरु नै प्रभावित भएका छन् । सामान्य ज्वरो तथा रुघाखोकी लाग्दासमेत एउटा सिटामोलसम्म नपाईने दुरदराज नै हो । त्यसर्थ, हाल विश्मा आतंक मचाईरहेको कोरोना भाईरसले पनि बढि प्रभावित हुने भनेको गाउँ नै हो । प्रायजसो गाउँका मानिसहरु नजिकै रहेको छिमेकी मुलुक भारतमा कमाईको सिलसिलामा गएका हुन्छन् । तिनिहरु हाल भारतबाट फिर्ता भई बिना क्वारेन्टाईन गाउँ गाउँ प्रवेश गरेका छन् । उपर्युक्त स्वास्थ्य जाँच नहँुदा उनिहरुको स्वास्थ्य परिक्षण समेत गरिएको छैन् । सरकारबाट जुन प्रकारको सजकताका लागि निति निर्माण गरिएको छ । त्यसको पुर्ण पालानाका लागि ग्रामिण क्षेत्रका जनताहरुलाई अझै निगरानी गर्न जरुरी छ । जनचेतनाका लागि सरकारी रणनिति अब्बल बनाउन जरुरी छ । गाउँका मानिसहरुलाई एक घरबाट अर्को घरमा नजाने वातावरण बनाउन आवाश्यक छ । कुनै अर्को जिल्ला वा टाढा बाट गाउँ प्रवेश गर्नेलाई अनिवार्य क्वारन्टनईनमा राख्ने व्यवस्था गर्ने, उपर्युक्त मात्रामा स्वास्थ्य सामाग्री, औषधि उपकरण र राहत को व्यवस्था पनि त्यत्तिकै प्रभावकारी बनाउन आवाश्यक छ । शहरको जस्तै यातायातको पर्याप्त उपलब्धता गाउँमा नभएकाले हवाई एम्बुलेन्सहरु तयारी अवस्थामा राखिनु पर्दछ ।
त्यसर्थ शहर भन्दा गाउँ कैयौं गुणा अविकसित भएकाले कोरोना जाखिम न्यूनिकरणका लागि शहरलाई ध्यान र गाउँलाई जोड दिनु पर्दछ । नत्र गाउँमा यसले पार्ने असर हामीले गरेको आँकलन भन्दा कैयौं गुणा बढी हुने अवस्थाको मुखदर्शक बन्नुको शिवाय अरु केही हुदैंन ।
लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सदस्य हुन् ।