विश्वमा नोबेल कोराना भाईरस (कोभिड १९) को संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थाबाट हाम्रो देश नेपालमा पनि अछुतो छैन् । पछिल्लो समयमा यसको संक्रमण नेपालमा निकै तिब्र गतीमा बढिरहेको छ । नेपालको उत्तरि सिमानाको छिमेकी मुलुक चीनबाट देखा परेकोे कोरोना भाईरसको संक्रमण खुल्ला सिमाना नभएको र कडा सुरक्षा निगरानिका कारण चीनबाट नेपालमा संक्रमण फैलिन पाएन । फलस्वरुपः चीनमा हजारौको संख्यामा यसको संक्रमण ज्यान नेपालमा खासै असर परेन । तर पछिल्लो समय खुल्ला सिमाना र फितलो सुरक्षा व्यवस्थाका कारण दक्षिणको छिमेकी मुलुक भारतबाट यसको संक्रमण दिन प्रतिदिन अनपेक्षित रुपमा बढिरहेको छ ।
भारतमा रहेका नेपालीहरु कोभिडका संक्रमित भएर लुकिछिपि नेपाल प्रवेश गर्ने र कसैलाई नभेर खुलेआम हिडडुल तथा अन्य व्यक्तीको सम्पर्कमा जाने गर्नाले पछिल्लो समय नेपालको यसको संक्रमण दिन दुगुना रात चौगुनका हिसाबले बढ्दै गइरहेको देखिन्छ ।
संक्रमण फैलिन नदिनकै लागि नेपाल सरकारले गरेको निर्णयको पुर्ण पालना गरि आम नागरिक लकडाउनमा बसेको ६३औं दिनसम्म पुग्दापनि सिमानाको कडाई र नेपाल प्रवेश गरेकालाई प्रभावकारी ब्यवस्थापनको अभावले छोटो अवधीमै ६८२ जना संक्रमित भएका छन् भने ४ जनाले यसकै कारण मृत्युवरण गर्नु पर्ने कटु यर्थातता हाम्रो सामु छ । यसले के प्रष्ट हुन्छ भने, कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिसकेकोले नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार र नागरिक सबैले उच्च सतर्कता अपनाउनुको अर्को कुनै उत्तम विकल्प छैन् ।
अब कुरा गरौं कर्णाली प्रदेशको, नेपालमा पछिल्लो समयमा तिब्र गतिमा कोरोना भाईरसको संक्रमण फैलिरहेको अवस्थाका बीच कर्णाली प्रदेश पनि अछुतो हुन सकेन कर्णाली प्रदेशको उच्च सतर्कता भनौ या छिमेकि राष्ट्र भारत सँगको सिमाना नजोडिएको कारण वा परिक्षणको दायरा फराकिलो नहुनुले भनौं अन्य प्रदेशको तुलनामा संक्रमितको संख्या मात्रात्मक रुपमा कम भएपछि परिक्षण गरिएका आधारमा निकै डरलाग्दो अवस्थामा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार (मिति २०७७ जेठ १२ गते) कर्णाली प्रदेशमा संक्रमितको संख्या ९ जना पुगेको छ । बिरामीको संख्याका आधारमा अहिलेसम्म तथ्यांकमा केही सुरक्षितनै देखिएको छ । थप सुरक्षित रहोस् हाम्रो पनि सबैमा शुभकामना छ । तर कर्णाली प्रदेशको अहिलेको संक्रमण फैलिन नदिने तयारिले सधै यस्तै सुरक्षित राख्न सकिएला त ? यो आम सचेत नागरिकको मनमा उब्जियको गम्भीर प्रश्न हो ।
यो प्रश्न मनमा केलाउदै गर्दा कर्णाली प्रदेशले कोरोनाको बिरूद्धमा केही गरेको छैन भगवान भरोसा छ भन्ने चै होईन् । कर्णाली प्रदेशले पनि अन्य प्रदेश झैं कोरोनाको बिरूद्धमा उच्च सतर्कता अपनाएको नैं छ । गाडिको पहुँच भएका र नभएका जिल्लाहरूमा हेलिकोप्टरमार्फत औषधि र स्वास्थ्यकर्मी पठाउनुका साथै स्वास्थ्य परिक्षण कीट वितरण गरेकै छ । भलै आवाश्यकता अनुसार पुर्याउन नसकेको होला । लकडाउन, क्वारेन्टिन व्यवस्थापन जस्ता कोरोनावाट बच्ने अपनाउनु पर्ने उपाय अपनाएकै छ । तर, कर्णाली प्रदेशलाई अहिलेकै अवस्थामा राख्ने भने यो तयारि प्रयाप्त देखिदैन ।
हो, अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा तयारी गर्न कठिन छ । जनसंख्या कम भएपनि भूगोल को हिसावले सबै भन्दा ठूलो भएकोले विभिन्न स्थानमा छरिएर बसेको वस्ति, विकासमा पछाडिको परेको साविक कर्णाली अञ्चल, अशिक्षा, बेरोजगारि, अभाव र अन्दविश्वास र रूढिवादी परम्पराले केही कठिन भएपनि जनसंख्या न्यून भएको कारण संघिय सरकार, प्रदेश सरकार र स्थानिय गरी तिनै तहका सरकार उच्च सतर्कताका साथ लाग्ने हो भने मुलुकलाई सहजै सामान्य अवस्थामा फर्काउन सकिन्छ ।
कारोनासँगको लडाईमा आम नागरिकसँग सबैभन्दा नजिक स्थानिय तह भएकोले संघिय सरकार र प्रदेश सरकारले स्थानिय सरकारलाई जिम्मेवार र बलियो बनाउन आवश्यक छ । तर स्थानिय सरकारलाई जति प्राथमिकता दिनु पर्ने हो । त्यति दिएको देखिदैन भर्खरै विभिन्न शहरवाट आफ्नो जन्मभूमि प्रवेश गरि क्वारेन्टिनमा बस्ने कुरामा विभिन्न ठाउँमा विवाद सृजना भयो, कतिपय क्वारेन्टिनमा खाना, कपडा, स्वास्थ्य सनमाग्रि घरवाट किनेर पुर्याउनेसमेत गरियो यस्तो अवस्थालाई सुधार गरिएन भने क्वारेन्टिनवाट भाग्ने अवस्था सृजना हुन्छ । जसले भाग्ने मान्छे संक्रमित भयो भने समुदायमा सहजै संक्रमण फैलिएर यो नियन्त्रण बाहिर जान सक्छ । त्यसैले पछि हुनसक्ने सम्भावित जोखिमलाई दूरदृष्टिका साथ सम्पूर्ण शक्ति प्रयोग गरेर बेलैमा उच्च सतर्कता अपनाए यो भाईरससँ जित्न सकिने कुरामा दुईमत छैन ।
नेपाल भित्रकै विभिन्न जिल्लामा ठूलो संख्यामा संक्रमित भेटिदै गर्र्दा संक्रमणसँग लड्ने तयारि हेर्दा यो तयारिले कोरोनासँगको लडाई जिन्न कठिन हुन्छ कि भनेर आम नागरिकमा भय सृजना भएको छ । कर्णाली प्रदेश भित्रका आम नागरिक भित्र म पनि पर्ने भएकोले यस आलेखमार्फत मैले आफ्नो मनमा लागेको राय ब्यक्त गरेको छु । यसलाई बिरोधको रूपमा हैन सुझावको रूपमा बुझिदिनु हुनेछ भन्ने पुर्ण विश्वास लिएको छु ।
अब के गर्नु पर्ला त ?
१) लकडाउन भएको झण्डै २ महिनाको नजिक पुग्दा पनि परिक्षणको दायरा फराकिलो देखिएन स्वास्थ्य परिक्षण बढाउनु परो जसले आम नागरिकमा सुरक्षित अनुभूति हुनेछ ।
२) क्वारेन्टिन बढाउनुका साथै ब्यवस्थित गर्नु पर्यो ।
३) छिमेकी मुलुक भारतबाट कर्णाली प्रदेश भित्रिने सबै नागरिकलाई प्रवेस गराएर अनिवार्य परिक्षण गरि क्वारेन्टिनमा राख्ने ब्यवस्था कडाईका साथ पालना गर्नु पर्यो । जसले संक्रमित लुकेर समुदायमा प्रवेश गर्न पाउने छैनन् ।
४) लकडाउनको पालना ब्यवस्थित देखिएन । काम गरिखाने मजदुर र किसानहरूको लागि विशेष राहत प्याकेज ल्याएर लकडाउनको कडाई गर्नु पर्ने ।
५) कोरोनासँगको लडाईमा स्थानिय तहको तयारी राम्रो देखिएन । स्थानिय तहलाई तयारिका लागि कडा निर्देशन दिनुपर्यो । त्यसको लागि प्रदेश सरकारले आवाश्यक सहयोग दिल खोलेर गर्नु पर्यो ।
६) विकट क्षेत्रमा स्वास्यकर्मीलाई सुरक्षित सामाग्रि र औषधिको अभाव छ उनिहरूलाई भय रहित तरिकाले काम गर्ने वातावरण सृजना गर्नु पर्यो ।
७) एयर एम्बुलेन्स तयारि अवस्थामा राख्नु पर्यो । जसले गर्दा यातायात नपुगेको ठाउँमा बिरामिको उद्धार र स्वास्थ्य सामाग्रि पुर्याउन सहज होस् ।
८) नागरिक सचेतनाको लागि बेरोजगार स्वास्थ्यकर्मी (अहेव, हे.अ. नर्स, डक्टर) स्वयंसेवकको रूपमा खटाउनु पर्यो ।
९) दुर्गम क्षेत्रका हेल्प डेक्सहरू सामाग्रि बिहिन अवस्थामा छन्न् । तिनिहरूलाई हरेक आवश्यक सामाग्रि सहित ब्यवस्थित बनाउनु पर्यो ।
१०) दुर्गम क्षेत्रका क्वारेन्टिन अव्यवस्थित मात्रै हैन अर्थहिन छन् । बाहिरवाट गएका मान्छेलाई बस्नकोलागि सहज संगै सुविधा सम्पन्न हुनुपर्यो । जसले क्वारेन्टिनबाट भागेर घर जाने अबस्था सृजना नहोस् ।
११) नागरिकले कमाएर भरेको भकारि रित्तिसक्यो र रित्तिने बेला भै सक्यो । यस्तै लकडाउनको निधो छैन जतिपनि बढ्न सक्छ । त्यसैले सांसद विकास कोष र प्रदेश तथा स्थानिय तहको अन्य सबै विकासका कामलाई रोकेर पनि राहत प्याकेज बनाउनु पर्यो । जसले आम नागरिकको रोगले भन्दा भोकले मर्ने डर कम हुन्छ र कोहि पनि भोकै बस्नु पर्दैन ।
१२) बेरोजगार यूवाहरूलाई सुरक्षित उपाय अपनाएर सामाजिक दुरि कायम गरि विकास निर्माणको काममा चै लगाउन सकिन्छ तर स्वास्थ्य परिक्षण गरेर लगाउँदा उपयुक्त हुन्छ जसले गर्दा एकातिर बिकास हुन्छ भने अर्को तिर रोजगारि सृजना हुन्छ ।
१३) अन्य प्रदेशवाट कर्णाली प्रदेश पैदल यात्रा प्रबेस गर्ने नाकाहरूमा ब्यबस्थि हेल्थ डेक्स र ब्यवस्थित क्वारेन्टाइनको निर्माण गरि अनिवार्य परिक्षण गर्ने ब्यवस्था मिलाउनु पर्यो ।
१४) क्वारेन्टाईन अपुग हुने अवस्था सृजना भयो भने कर्णाली प्रदेशका सबै बोर्डिङ र सामुदायिक विद्यालयलाई क्वारेन्टिन बनाउनु पर्यो ।
१५) लामो लकडाउनको कारण विद्यार्थीहरूमा नकरात्मक असर पर्ने भएको ले सहरि क्षेत्र तिर टेलिभिजन र दुर्गम क्षेत्रतिर रेडियोको माध्याममा नयाँ नयाँ ज्ञान हासिल गर्न सकिने कार्यक्रम संचालन गर्नु पर्यो ।
१६) सम्पुर्ण पार्टिका नेता तथा सार्वजनिक पद धारण गरेका ब्याक्तिहरूले फोटो खिचाउनको लागि राहत उपलब्ध गराउनु भन्दा कोरोनाको बिरूद्धमा समुदायमा सहयोग, सहकार्य, सद्भाव र सदाचार कायम गर्दै एकद्वार प्रर्णालिबाट राहत वितरण गर्न निर्देशन दिनु पर्यो ।
१७) लकडाउनका कारण जोखिमको बहनामा खाद्यन्न जस्ता अति आवाश्यक वस्तुहरूको मूल्य वृद्धि हुने भएकोले सरकारी निकायबाटै विभिन्न ठाउँमा स्थानिय तहसँग् समन्वय गरेर सस्तो पसलको स्थापना गर्न जरूरि छ । जसका कारण नागरिक चर्काे मूल्यको मारबाट मुक्त हुनेछन् जसले सरकार आफुसँगै भएको अनुभूति पनि हुनेछ ।
१८) बाहिरबाट गाउँ प्रवेश गरेका नागरिकहरू अपमानित ढङ्गले क्वारेन्टिनमा बस्नुपरेको गुनासो आईरहेकोले स्थानिय तहले यसो हुन नदिन नागरिकहरूमा असल पुलको भुमिका निर्वाह गर्नु पर्यो ।
१९) सुरक्षा निकाय र स्वास्थ्य कर्मीको मनोबल बढाउन प्रदेशले छुट्टै जोखिम भत्ताको ब्यवस्थापन गर्नु पर्यो । जसले उच्च मनोबलका साथ कामगर्न मद्दत पुग्ने छ ।
२०) प्रदेश सरकार र स्थानिय सरकारद्वारा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकबाट नागरिक प्रति शिष्ट, सभ्य र आत्मिय व्यवहार गर्ने वातावरण सृजना गर्नु पर्यो । यसो नहुँदा नागरिकहरूमा डर त्रास र भय पैदा हुदै अवस्था आउँछ ।
२१) कोरोना नियन्त्रण पछि अर्थतन्त्र नराम्रोसँग ओह््रालो लाग्न सक्ने अनुमानलाई मध्यनजर गर्दै कर्णाली प्रदेश कृषि फलफुल, तरकारि र पशुपालनको लागि उत्तम भएकोले यसलाई बढवा दिने खालका कार्यक्रम बनाउनु पर्यो ।
२२) कम्तिमा पनि प्रतेक जिल्लामा २ ओटा जति आईसोलेसन वार्ड सहितको कोरोनाको लागि मात्रै अस्थाई हस्पिटल स्थापना गर्नु परो जसले संक्रमितलाई छिट्टै सहर पुगाउन नसकिय जिल्लामै उपचार गर्न सकिन्छ २३। कोरोनाको डरले अन्य रोग भएका बिरामि हस्पिटलसम्म पुग्न असहज भएको छ । त्यसैले कोरोना भाईरस संक्रमित बिरामिलाई छुट्टै हस्पिटलमा उपचार गरेर अन्य रोगका बिरामिलाई पनि सहज तरिकाले उपचार गर्ने ब्यवस्था मिलाउनु पर्ने हो ।
२४) अत्यावाश्यक कामका लागि पनि चर्को घाममा धेरै नागरिकले पैदल यात्रा गर्नु परेकोले यसको बिकल्पमा सामाजिक दुरि कायम हुने र संक्रमण नफैलिने गरि निश्चित सवारि साधनको ब्यबस्थापन गर्नु पर्यो ।
२५) गर्मिको समयमा खानेपानिका मुहानहरू प्रदुषित भई आँउ, हैजा, झाडापखाला जस्ता रोगहरूपनि बढि लाग्ने भएकोले कोरोना भाईरस सँगसंगै यसमा पनि उच्च सतर्कता अपनाउन जरूरि छ ।
बुढा अहिले नेपालगन्ज उपमहानगर नगरपालिका बाँकेमा कार्यरत छन ।