विश्वको विद्यमान विकासलाई जोडेर हेर्दा यससँग प्रत्यक्ष्य रुपमा मानव र प्रकृतीको संघर्ष र विकासाई मानवको अधिकतम सन्तुष्टि र सुखमा प्रयोग गरी बिजय हाँसील गरेको आत्म अनुभूतीमा रमायको मानव जाती उत्पतीको हजारौं वर्ष पछी आएर प्राकृतीक स्रोतको दीगो सदुपयोगमा टक्क अडीएर भविष्यको गन्तब्य तय गरेको मात्र थियो । आफ्ना भौतीक सुखका खातीर प्रकृतीमा परेको भार र यसले विश्व ब्रमाण्डलाई पारेको नकरात्मक असरको बारेमा गहन समिक्षा गर्दै अब मानव जातीले गर्ने हरेक विकासका कदम प्रकृतीक स्रोतको दीगो ब्यबस्थापनमा केन्द्रीत हँुदै अगाडी बढ्ने आम सहमतीका भयो ।
दिगो विकास लक्षहरुलाई सर्वप्रथम सन् २०१२ मा रिओदेजेनेरीयोमा भएको विकाससम्बन्धी संयूत्त राष्ट्रसंघीय सम्मेलनमा औपचारीक रुपमा छलफलको सुरुवात गरी २०१४ मा आएर संयूत्त राष्ट्रसंंघको महासभामा भएको छलफलले ब्यापकता पायो । सहस्राब्दी विकास लक्षहरुलाई प्रतिस्थापन गर्दै र यसैको जगमा रहेर पृथ्वीको संरक्षण गर्दै मानव जातीको सुख, सम्वृद्धी र स्थायी शान्तीको महान परीकल्पना सहित १७ वटा लक्षहरु र १६९ वटा परिमाणात्मक लक्ष्यहरुलाई विश्वब्यापी साझा सहमतीका साथ सेप्टेम्बर २०१५ मा दीगो विकास लक्ष (२०१६—२०३०) पारित गरीयो । जसमा विश्वका हरेक राष्ट्रहरु चाहे विकसीत होस वा विकासका लागी संघर्ष गर्दै गरेका नै किन नहोस् यही साझा दस्तावेजका आधारमा आफ्ना विकासका क्रियाकलापहरु अगाडी बढाउने आम सहमती भयो ।
संयोग नै मान्नु पर्छ विश्व समुदाय एउटा पुरातन सोचको विकासको चरणबाट सामाजिक न्याय र मानब अधिकारमा आधारीत विकासको प्ररम्भीक चरणमा प्रवेश गर्दै गर्दा नेपाल पनि झण्डै छ दशक लामो राजनीतिक अस्थीरतको अन्त्य गरी सन् २०१५ मा संविधान सभा मार्फत बहुसंख्यक नेपाली जनताको समर्थनले ऐतिहाँसि संविधानको एतिहाँसिक घोषणाको तयारीमा जुट्यो । त्यसै क्रममा नेपालले सन २०१७ मा स्थानीय तह, प्रादेशीक तथा संघीय संसदहरुमा करिब ४०,००० जनता बाट प्रत्येक्ष निर्वाचीत जनप्रतीनिधी चयन गरी दुई दशक लामो सशस्त्र द्वन्द्वको कष्टपूर्ण अवधी र लम्बिदैं गएको राजनीतिक संक्रमणकाललाई सदाका लागी अन्त्य मात्रै गरेन, नेपाली जनताको समानुपातीक सर्वाङ्गीण विकासको कार्यसूचीलाई देशकोे नयाँ राजनीतिक तथा आर्थिक युगको उद्घोष समेत ग¥यो । जसबाट विश्व समुदायसँगको दीगो विकास लक्षहरुलाई आफ्ना विकासका हरेक चरणमा एकाकार गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ दिर्घकालिन लक्ष्य सहितको स्पस्ट मार्गमा अगाडी बढ्ने दृढ संकल्पको शंखघोष ग¥यो ।
देशको मौजुदा आर्थिाक तथा सामाजिक अवस्थाको गहन विश्लेषण गरी दिर्घकालीन सोच सहीतको पन्ध्रौं पन्च वर्षीय योजनाको निर्माण, सन् २०२२ सम्म अती कम विकसित राष्ट्रबाट स्तरोन्नती हुने अपेक्षित वर्ष, सन् २०२५ तीब्र गतिको विकास गर्नका निम्ति अनुकूल विन्दु र सन् २०३० लाई दीगो विकासका लक्षहरु हाँसीलको पुनराबलोन बिन्दु मानेर एउटा स्पष्ट तथा ब्यबस्थित मार्गचीत्र निर्माण गर्न हामी सफल भयौ । त्यसै अनुरुप अहिले देशका तीनै तह आफ्ना नीति, कार्यक्रम तथा स्रोतको ब्यवस्थापन गर्दै अगाडी बढिरहेका छन् ।
देशको लामो राजनीतिक अस्थिरताको अन्तसँगै स्थिर र बहुमतको सरकार निमार्ण गर्ने अभिभारा नेपाली मतदाताले सामाजीक न्याय र समानताको पक्षमा आवाज उठाउने कम्युनिस्टहरुलाई सुम्पे । २०७४ सालमा सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पाएको मतदाताको जनादेश अनुसार नेपालका कम्युनिस्टहरुको अग्रणी पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बहुमतको स्थिर सरकार गठन ग¥यो । सोही बमोजिम नेकपाका अध्यक्षको नेतृत्वमा गठन भएको दुई तिहाई बहुमतकको सरकारले आफ्नो पहिलो वर्षको नीति तथा कार्यक्रम र यसमै आधारित स्रोतको बाँडफाँड गरी राष्ट्रिय विकासका लक्ष्य तथा अन्तराष्ट्रिय प्रतिबद्धता अनुसार आफ्ना समृछ राष्ट्र निर्माण गर्ने कामहरुलाई रफ्तारका साथ अघि बढाउदै आएको छ । २० वर्ष पछि पाएको पूर्ण अधिकार सहितको स्थानीय सरकार, नयाँ संरचना तथा भूमीका साथ गठन भएको प्रदेश सरकार र कसैले पनि कुनै तरीकाले तलमाथी गर्न नसक्ने झन्डै दुई तीहाईको संघीय सरकार उत्साहाकासाथ उक्त निर्धारित प्राप्तीका लागि आफ्नो विकास अर्जुन दृष्टिमा अघि बढीरहेको छ । तीनै तहका सरकारहरुले आफ्ना विगत बर्षहरुका प्रगतीको समीक्षा सहीत तयाँ नीति तथा कार्यक्रम तय गरी आगामी बर्षको बजेट तयार गर्ने र देशको उच्च आर्थीक बृद्धि, भौतिक संरचनाको विकास, सामाजीक न्याय, सहरीकरण, औद्योगीककरण, आत्मनिर्भर कृषी, रोजगारीको अवसर, पर्यटनको विकास, शिक्षा र स्वस्थ्यमा आमूल परिवर्तन जस्ता थुप्रै महत्वकांक्षी योजनाहरु निर्माणको क्रममा जुटीरहेका छन् ।
नेपालले दीगो विकास लक्षहरुलाई घरेलुकरण गरी आफ्नो परीवेस, सामाथ्र्य र भौगोलिक बनौटको आधारमा लक्ष्य प्राप्तीका लागि अगाडी बढ्ने महान अभियानको थालनी गरिरहेको छ । यसै बिचमा विश्वको विकासको रफ्तारलाई नै अलमलमा पार्ने गरि कोभीड–१९ नामाकरण गरीएको कोरोना भाईरसले मानव जगतलाई त्रसित बनाउन शुरु ग¥यो । यस यो अदृश्य भाईरसले विकासका हिसाबले विश्वका मै हुँ भन्ने विकसित र शत्तिशाली देशहरुलाई पनि हायलकायल बनायो । यसको आक्रमणले मानव जगतकै इतिहाँसमा विश्व महामारीको भुमरीमा मानव जगतको अस्थित्व जोगाउँन मात्र केन्द्रित भयो र छ । मानव जातीको अस्थित्व बाहेक विश्वका हरेक राष्ट्रले तयार गरेका दीगो विकासका लक्ष्यहरु गौणप्राय भए । विश्व जगतलाई नै त्रसित पार्ने गरी फैलिएको कोभिड–१९ नामक महामारीले नियन्त्रणका लागि अहिले अधिकांश देशहरु आफ्नो शक्तिलाई कन्द्रित गर्नु पर्ने अवस्ूथाको सृजना भयो ।
यस बिषम परीस्थितीमा देशको कुल ग्राहस्त आम्दानीमा २५ प्रतिशत रेमीटेन्स, ८ प्रतिशत पर्यटन र २६ प्रतिशत कृषीमा आधारित नेपालको अर्थतन्त्रमा दूरगामी असर पर्ने नै भयो । कोरोनाको त्रासले नेपाल मात्र हैन विश्वका सबै प्रकारका यातायातका माध्यम, शैक्षिक संस्था, उद्योग कलकारखाना, बन्द ब्यापार, रोजगार, कृषी उपजलगायत मानव आवातजावत ठप्प प्राय भयो र संसारका मानव जाती आफ्नो एउटा घरको कोठाभित्र कैद हुनुपर्ने अवस्थाको सृजना भयो ।
दीगो विकास लक्षहरु (२०१६—२०३०) ले तय गरेका गन्तव्य जस्तै मानव सभ्यताका आधारभूत पक्षहरु (गरीवी र भोकमरीको अन्त्य गर्ने र सबैको निम्ति आधारभूत खानेपानी तथा सरसफाई र आधुनीक उर्जा उपलब्धता), मानव क्षमता विकासका पक्षहरु (स्वस्थ जीवन, गुणस्तरीय शिक्षा र जीवनप्रयत्न शिक्षा), उच्च मानव आकाङ्क्षाका पक्षहरु (हरेक प्रकारका असमानता घटाउने, दीगो शान्ति कायम गर्ने, न्याय तथा समावेसी विकासको प्रत्याभूत गर्ने), दीगो प्रगतीका पक्षहरु (आर्थीक बृद्धी, रोजगारीको प्रत्याभूती, पुर्वाधार विकास, औद्योगीककरण, शहरकिरण तथा ब्यवस्थीत वस्ती बिस्तार, दीगो उत्पादन) र अन्तमा भावी सम्बृद्धीका पक्षहरु (हिमालको संरक्षण, मरुभूमीकरण हुनबाट रोक्नु, सामुन्द्रीक तथा स्थलीय वातावरणको संरक्षण) जस्ता महत्वकांक्षी पक्षहरुमा कोरोनाको भयले विश्व जगत केही पनि नगरी बसेको अवस्था छ ।
नेपाल आफैमा अल्पविकसीत देश र यसका अधिकांस आर्थिक सूचकहरु आयात तथा रेमीटेन्समा निर्भर रहने भएकोले कोरानाले ल्याएको बन्दाबन्दीको अवस्थाले देशको विकास र यससँग जोडीएर आएको दीगो विकासका अधिकांस लक्ष्य प्राप्तीमा ठूलो व्यवधान खडा भएको छ । यसको असर धेरै लामो समयसम्म रहने अवस्था छ । राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षण ‘दिगो बिकास लक्षहरु—बर्तमान अबस्था र भावी मार्गचीत्र २०१६—२०३०’ का अनुसार आफैमा नेपाल धेरै सूचकहरुमा तल छ । ती सूचकहरु हाँसील गर्न व्यापक नीतिगत व्यवस्था, संरचनागत सुधार र ठूलो आर्थिक स्रोतको ब्यवस्थापन गर्नु पर्ने यथार्तता छ । यो अबस्थामा गुज्रीरहेको देशमा विश्वभरी नै दास्रो विश्वयूद्ध पछिको नै सायद ठूलो आर्थिक तथा मानवीय संकट देखा परेको छ ।
यस अवस्थाले दीगो विकास लक्ष्यका प्रायः सबै सूचकहरु प्राप्ती गर्न संसारका सबै राष्ट्रहरु र विशेष गरेर विकासको आधारभूत अवस्थामा गुज्रीरहेका नेपालजस्ता देशहरुलाई त झन ठूलो उल्झन तथा ब्यवधान खडा भएको छ । यो अवस्था लामो अवधीसम्म रहीरहने संकेत छ । नेपाल जस्ता देशहरुका लागि यो कठीन अवस्थाबाट माथि उठ्न अब एउटा मात्र विकल्प बाँकी छ । आन्तरिक उत्पादनमा जोड दिदै विदेशबाट फर्किएका युवाहरुलाई आन्तरिक कृषी उत्पादनमा लगाउन नीतिगत प्रोत्साहन गर्ने । विकासको मूलधारबाट कोहि पनि पछि नपरुन (No one left behind) भन्ने नारालाई साकार पार्दै विकासशिल राष्ट्रमा स्तरोन्नती हुन राज्यको अधीकांस लगानी शहरभन्दा गाउँ केन्द्रित गर्न नीतिगत तथा ब्यवहारिक अभ्यास गर्ने ।
लेखक किर्डाक नेपालका निर्देशक हुन