राजेन्द्र नेपाली,
परापुर्वकालमा मानिसह ढुङ्गे युगमा बाँचिरहेका थिए । जतिबेला ओढारको बास हुन्थ्यो भने जङली जीव जनावरको काँचो मासु आहारलाई जीविको पार्जनको निर्विकल्पीक उपायका रूपमा लिने प्रचलन थियो । त्यसताका मानिसहरू कतिपय नाङ्गगै हुन्थे त कतिपय रूखबिरूवा का पाततिङ्गगर तथा बोक्रालाई शरिर छोप्ने पोशाकका रूपमा प्रयोग गर्थे ।
बिहानेै उठेर जङ्गलमा गई पशुपन्छीको शिकार गर्ने र भएकोे शिकार सबै जम्मा भई बाँडेर खाँदैं उनिहरूको दैनिकी चल्ने गर्दथ्यो । समय बित्दै गयो । एकदिन एउटा मानिसले आफूभन्दा धेरै पर सानो आगोको झिल्को देख्यो । जब ऊ त्यसको नजिक गयो, उसले निकै नै न्यानो महसुस ग¥यो । उसले त्यो आगोको झिल्कोलाई आफ्नो बासस्थान तिर लिएर आयो । हरेक दिनको दैनिकि झैं त्यो दिनपनि साँझपखको उनिहरूको आहार त्यो आगोमा पोलेर खाए । पोलेको मासुको फरक र मिठो स्वाद पाएपछि अब तिनिहरूले दिनदिनै मासु पोलेर खान सुरू गरे । यसरी विकसित हुँदै जाँदा विस्तारै मानिसहरूले खेतिपाति गर्न थालें । अन्न बालिहरू उब्जाउन थाले र ढुङ्गे युगबाट विस्तारै विकसित भएर आधुनिक कालमा प्रवेश गरे । जतिबेलासम्म पनि मानिसमा कुनै जात जस्तैः हालको जस्तो सानो र ठूलो जात भन्ने थिएन । त्यतिबेला जात थियो त केवल, पुरूष र महिला । न त कोहि दासी हुन्थे । नत कोहि मालिक नैं । सबैको स्तर, जात, वर्ण, धर्म, भाषा, सँस्कृति, रितिरिवाज आदी सबैको एउटै थियो ।
समयको चक्र घुम्दैं जाँदा जब मानिसहरू आधुनिक कालमा आए । सबैकुराको विकाससँगै मानव विकास पनि आधुनिक भईसकेको थियो । त्यसबेला मानिसहरू मुख्यतः दुईवटा सभ्यताबाट विकास भएको पाईन्छ । पहिलो ई.पु. ३२०० मा दक्षिण एसियामा विकास भएको सिन्धुघाँटिको सभ्यता, जसमा आश्रीक र द्रभिड मुलका मानिसहको विकास भएको थियो । जुन अहिले ईन्डिया र पाकिस्तान को सिमानामा पर्दछ । उनिहरू खेतिपाति गरेर जिवन निर्वाह गर्दथे । दोस्रो युराल पर्वतमा विकास भएको सभ्यता, जसमा आर्य मुलका मानिसहरूको विकास भएको थियो । उनिहरू पशुपालन गर्दथे । युराल वासीहरूलाई युरोपियन भनिन्थ्यो । युरोपियनहरू पछि राम्रो खेतिपातिको लागि ईरान हुँदै ईन्डिया प्रवेश गरे र त्यहाँ रहेका आश्रिक र द्रभिड माथि आक्रमण गरी उनिहरूले बीजय प्राप्त गरे । त्यसैबेला हार्नेलाई दासि भनियो भने जित्नेहरूलाई मालिक अथवा शासक भनियो । जुन व्यवस्थालाई जातीय व्यवस्थाको रूसुरूवाति मानिन्छ । यसै व्यवस्थाले गाडेको जरा अहिलेपनि विश्वमै दास र मालिक व्यवस्थाको चंगुलमा मानव जातीलाई बाँधेर राखेको छ ।
यसरी तिव्र जनसंख्याको वृद्धीसँगै श्रमविभाजनको आवाश्यकता बढ्दै गयो । श्रमविभाजन चारवटा कर्मको आधारमा गरियो ।
१. ज्ञान आर्जन गर्ने, शासन चलाउने र दिक्षित गर्ने ।
२. शासन गर्ने र प्रशासन चलाउने ।
३. खेतिपाति र बन्द व्यापार गर्ने ।
४. शिल्पकारता , प्राविधिक र सेवा गर्ने ।
यि चार प्रकारका श्रम मध्ये ज्ञान आर्जन गर्नुलाई सम्मानित पेशा ठानियो र यो पेशा पहुँज भएका बाह्मण थरिका मानिसलाई दिईयो । त्यसैले बाहुनहरू शिक्षा आर्जन गर्ने बुद्धीमान बनेका हुन । त्यस्तै शासन गर्ने पेशा क्षेत्रीहरूलाई दिईयो । खेतिपाति गर्नेलाई वैश्य भनियो भने शिल्पकारीता अर्थात सिप मार्फत सेवा गर्ने पेशालाई शुद्रको नाम दिईयो । जसलाई तल्लो जात तथा हाल दलित भनेर चिनिन्छ ।
ई. स. ३५०० वर्ष पहिले आर्यहरूद्दारा लिखित ऋगवेदको दशौँ मण्डलमा के लेखिएको छ भने, एउटा विशाल पुरूष जसलाई ईश्वर वा देउता पनि भन्ने गरिन्छ । त्यो विशाल पुरूषको मुखबाट ब्राह्मण, छातिबाट क्षेत्री, घँुडाबाट वैश्य र पैतालाबाट शुद्र पैदा भएको भन्ने मान्यतलाई स्थापित गरेको देखिन्छ । जसलाई अहिलेपनि हाम्रो जस्तो परम्परागत संस्कारले जगडिएको समाजमा ठूलो विश्वास गरिन्छ । त्यतिबेला उल्लेख गरिएको उक्त व्यवस्था श्रम विभाजन थियो । त्यो केवल कामको मात्र विभाजन थियो । त्यहाँ कुनै जाति विशेष व्यवस्था वा विभाजन भने थिएन । कुनै छुवाछुतको अवस्था पनि थिएन ।
उक्त श्रम विभाजन दक्षिण एसियामासमेत फैलियो र दक्षिण एसियाको श्रम विभाजन अनउलङ्घिनिय थियो । त्यसले दक्षिण एसियामा जो जुन अवस्थामा छ त्यहि अवस्थामा रहिरहने अवस्था सिर्जना ग¥यो । यसको अर्थ मालिक जहिले पनि मालिक रहने र दासी सँधै दासी नै रहनु हो । दक्षिण एसियामा बढ्दै गरेको अन्यायको विरोध गर्नका लागि हेपिएका र दमनमा पारिएका वर्गहरू जसलाई वैश्य र शुद्रको संज्ञा दिइयो । बिस्तारै उनिहरू आन्दोलित भएर विद्रोह गर्न थाले । अब उनिहरूलाई कसरी तह लगाउने र अझैं पनि दासी बनाईराख्ने कुरा त्यतिबेलाका शासकहरूको टाउको दुखाईको विषय बन्यो ।
त्यहाँका विद्रोहीहरूलाई सजाय स्वरूप समाजबाट बहिष्कार गर्न सुरू गर्न थालियो । उनिहरूलाई समाजबाट टाढा राख्ने, पानीका धारा पँधेरा, सार्वजनिक स्थलहरू छुन नदिने, फोहोर र नराम्रो ठाउँमा राख्ने आदी गर्न थालियो । यो कुरा अन्ततः सामाजिक द्वन्द्वको रूपमा अघि बढ्यो । त्यसपछि बिस्तारै क्रुर शासकहरूले के सम्म गर्न थाले भने समाजमा तिरो तिर्न नसक्ने, ऋण तिर्न नसक्ने समेतलाई अछुत भनेर घोषणा गरिदिए । शासकहरूले आफ्नो शासन सत्ता टिकाईराख्न र वैश्य र शुद्रहरू लाई दबाइरहन यसो गरेको भन्ने कुरा प्रष्टसँग भन्न सकिन्छ ।
पहिले काठ्माडौँ उपत्यकालाई मात्र नेपाल भनिन्थ्यो । खासगरी नेपालमा वर्णव्यवस्था र छुवाछुतको सुरूवात तिन समयमा तिनवटा क्षेत्रबाट प्रवेश गरेको पाईन्छ ।
१. बाग्मति उपत्यकामा ई.स. १७० देखि करिब २०० बर्षसम्म किरातवँशी शासन थियो । त्यतिबेला कुनै वर्ण जात व्यवस्था थिएन । त्यसै समयमा भारतबाट लिच्छिविहरू युरोपियनहरूको आक्रमणबाट आजित भई नेपाल प्रवेश गर्न थाले । भारतबाट आएका लिच्छिविहरूले नेपालका किरातमाथि हमला गरी बीजय हाँसिल गरे । हारेका लिच्छिविहरू भागेर १३ महिनासम्म फर्किन सकिन्छ कि भन्ने आशाले बनेपामा बसे । तर त्यँहाबाट पनि उनिहरूलाई लखेटेर कोशि पारी पठाईयो । जसलाई हाल राई, लिम्बु, जिरेल आदी जातिको रूपमा चिनिन्छ ।
जब लिच्छिविहरूले शासन सुरू गरे, उनिहरूले भारतमा सिकेको वर्ण व्यवस्थालाई नेपालमा लागू गरे । उनिहरू भारतबाट जात व्यवस्था बारे प्रशिक्षित भएर आएको हँुदा त्यसैलाई संस्थागत गरी आफ्नो राज चलाउनका निम्ति चार वर्ण छत्तिस जातको सुरूवात गरेका थिए । ई.स. ६०० सम्म आउँदा छुवाछुतले नेपालमा निकै नै जरा गाडिसकेको थियो । यसपछि मल्लकालको सुरूवात भयो । मल्लहरूले बाग्मती उपत्यकामा मात्र छत्तिस जातले पुगेन भनि ६४ जातको सुरूवात गरे । यो काम जयस्थिति मल्लले गरेको हुँदा कतिपयले नेपालमा जात व्यवस्था जयस्थितिले गरेका हुन पनि भन्ने गरिन्छ तर सत्य त्यो होईन ।
२. नेपालको तराई क्षेत्रमा भारतबाट उर्वर भुमिको खोजिमा आएका भारतियहरू विस्तारै तराई प्रवेश गरे । ई.स. १२०० मा तराईमा आएका भारतियहरूले पनि बाग्मती उपत्यकामा जस्तै गरी भारतकै प्रणालीमा जात व्यवस्था , छुवाछुत र वर्ण व्यवस्थाको सुरूवात गरे ।
३. यसै गरी ई.स. को पहिलो शताब्दी मा युरोपबाट आर्यहरूको एउटा खलक पश्चिम नेपालको सिँजा भन्ने ठाउँमा आए । उनिहरूलाई ककेसस हुदै नेपाल आएको हुँदा ककेस हुँदै खस भन्न थालियो । तिनिहरू हिन्दि नभई १८ भाई मष्टो पुजा गर्दथे । ई.स. को छैटौँ शताब्दीमा भारतबाट मल्लहरू र बाह्रौँ शताब्दीमा फेरि युरोपबाट बैदिक आर्यहरू आएर पश्चिम नेपालको सिँजा क्षेत्रमा शासन सुरू गरे । जो बैदिक आर्यहरू थिए । उनिहरू बेद पढेका बौद्धिक र चलाख थिए । तिनिहरूले सिँजामा छुवाछुत सहितका राज्यहरू विस्तार गरें ।
यसरी नेपालमा तिन तिरबाट जातिय व्यवस्था र छुवाछुतको सुरूवात भएको हो । खासगरी नेपालमा स्व–सिर्जित भन्दा पनि बाह्य प्रभावको कारणले नै जात व्यवस्था वा वर्ण व्यवस्थाको विकास भई यसले उश्रिृङ्खल रूप लिईरहेको छ । हालसम्म आईपुग्दा यसले निकै कहालीलाग्दा र अकल्पनिय घटनाहरू समेत घटाउन प्रश्रय पाएको छ । समयमै यसलाई नियन्त्रण र नियमन गरी दलितहरूको स्वतन्त्रतापुर्वक बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्न सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरूरी छ ।
ताँजकोट–५ हुम्लाका स्थानीय नेपाली हाल त्रिचन्द्र क्याम्पसमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत छन् ।