खार्पुनाथ गाउँपालिकाको वडा नं. ३ रायामा नवनिर्मित जलविद्युत आयोजनाको पावरहाउस तोडफोड गरी बत्ती अवरोध हुँदा गाउँ नै अन्धकार भएको छ ।
१७ वर्षबाट बन्न नसकेको विद्युत आयोजना निर्माण गरी गाउँमा बत्ती बलेको राया गाउँका स्थानीयबासीले २ दिन पनि बत्तीको अनुहार देख्न पाएनन् । २०६१ सालमा सुरु भएको आयोजनाका लागि साबिकको राया गाविस, स्नोल्यान्ड एकीकृत विकास केन्द्र (एसआइडिसी) नेपाल, वैकल्पिक उर्जा र खार्पुनाथ गाउँपालिकाको करोडौँ रकम खर्च गर्दापनि तत्कालीन विद्युत निर्माण समितिले काम नगरी रकम मात्र हिनामिना गरेको भनेर राया गाउँका युवाहरू जागरुक भई पुरानो निर्माण समिति खारेज गरी नयाँ समिति बनाएका थिए । सो नयाँ समितिले विद्युत निर्माणको कार्य धमाधम अगाडि बढाई गाउँमा बत्ती बाल्ने प्रण गरेको थियो ।
गाउँहरु सवै खुशी थिए र विद्युत निर्माण कार्य थालनी भैसकेको थियो । तर बिडम्बना नयाँ विद्युत निर्माण समितीले भित्रभित्रै विभिन्न रणनिती अपनाई आफै पावर हाउस तोडफोड गरि विद्युत निर्माण कार्यमा अवरोध गरिरहेको र पुरोनो निर्माण समितिका अगुवाहरुले जनताले बाल्ने बत्तीको घाँटी निमोटेर आफ्नो पेट भर्न नपाएको भन्दै जताततै समाचारहरु पढ्न पाईयो ।
यो विद्युत निर्माणका लागि तत्कालीन राया गाविस र विभिन्न संघ(संस्थाबाट करोडौँ रकम खर्च हुँदा पनि बत्ती बलेन। निर्माणका लागि गाउँ पुर्याइएका सामान लुकाईए। आरोप प्रतिआरोप लगाई पावरहाउस तोडफोडका विरुद्ध जिल्लासम्म मुद्दा नि चल्यो ।
भर्खरै निर्माण सम्पन्न भएको राया खोला जलविद्युत आयोजनाको यही कार्तिक १४ गते पूर्वमन्त्री समेत रहेका कर्णली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता एवं काँग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको २ दिन नहुँदै नेपाल प्रहरीका पुर्प असई समेत रहेका पुरानो विद्युत निर्माण समितिका सचिव बलवीर रावलसहितको टोलीले पावरहाउस तोडफोड गरेको खार्पुनाथ गाउपालिका अध्यक्ष कर्ण रावलको आरोप थियो र त्यो झुठो सावित भैसकेको छ ।
त्यसरी आफै रणनीति बनाएर आफै तोडफोड गरि अरु सोझा जनतालाई आरोप लगाई उनिहरुको चरित्र हत्या गर्नु कत्तिको लाजमर्दो ब्यवहार हो आफै अनुमान लगाउन सकिन्छ ?
पावर हाउस तोडफोड गर्नेमा अहिले नयाँ जलविद्युत कार्यसमितीको अध्यक्ष टेक बुढाका छोरा तपेन्द्र बुढा, गाउँका युवा नन्द बुढा, र राया गाउँका वडा अध्यक्ष गुलुम रावलले पुरानो कार्यसमितीले तोडफोड गरेको मुद्दा दर्ता गरेको जानकारि गाउँका स्थानीयबासी दानसिंह बुढाले बताउनु भएको छ । पुरै गाउँ नैं अन्धकारमा राख्ने र अरुको चरीत्र हत्या गर्नेलाई कडा भन्दा कडा सजाय दिएर यस प्रकारका काम आगामी दिनमा कुनै नेता, दल वा व्यक्ति एवम् समुहबाटदसमेत नहुनेतर्फ सबैले सचेत गारउनु पर्दछ ।
यस लेखमा व्यक्त बीचार लेखिकाको व्यक्तिगत हो । सम्पादक