काठमाडौं, २८ मंसिर–मदन भण्डारी प्रौद्योगिक महाविधालय सातै प्रदेशमा स्थापना गर्ने उदेश्यले मदन भण्डारी फाउन्डेशनले बागमती प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार नुवाकोटमा भएको भेलामा फाउन्डेशनका केन्द्रिय सदस्य गुरु बरालले महाविद्यालयको आवश्यकता र औचित्यवारे कार्यपत्र प्रस्तुत गरोका हुन् ।
अन्तरक्रिया कार्यक्रममा मदन भण्डारी फाउन्डेशन शिक्षा, अध्ययन अनुसन्धान विभागका सदस्य एवं मदन भण्डारी विश्वविद्यालयका बोर्ड सदस्य प्रा।शंकर भण्डारीले जग्गा बाँडेरमात्रै विकास हुँदैन, अध्ययन आधारित बिषय लागु गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मदन भण्डारी प्रोैद्योगिक विश्वविद्यालयका प्रवद्र्धन समिति सदस्य ई।डा।विनोद अर्यालले आफ्नै देशमा सीपयुक्त जनशक्ति तयार गर्न सके आयआर्जन बढाउन मद्त पुग्ने बताए ।
फाउन्डेशनले आगामि दिनमा शिक्षाको पहुँचबृद्धि गर्नका लागि सातै प्रदेशमा यस्ता अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नुका साथै प्रौद्योगिक महाविद्यालय स्थापना गर्ने जनाएको छ । मदन भण्डारी फाउन्डेशनका सचिव पेम्बा लामाको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश संयोजक केशव पाण्डे, मदन भण्डारी फाउन्डेशन शिक्षा, अध्ययन अनुसन्धान विभागका सदस्य एवं मदन भण्डारी विश्वविद्यालयका बोर्ड सदस्य प्रा।शंकर भण्डारी, मदन भण्डारी फाउन्डेशन शिक्षा,अध्ययन, अनुसन्धान विभागका सचिव प्राडा प्रेमसागर चापागाई, प्रतिनिधिसभा सदस्य, कृष्ण राई, सरिता न्यौपाने, प्रदेशसभा सदस्यहरु, गाउपालिका, नगरपालिका जिल्ला समन्वय समितिका सदस्यहरु, मदन भण्डारी फाउन्डेशन केन्द्र, प्रदेश र जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।