सिमकोट । कोरोना भाइरसको संक्रमणका क्रममा हुम्लामा मानव अधिकार सम्बन्धि घटनामा वृद्धी भएका छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ का लागि सङ्कलित घटनाहरुको वार्षिक पूर्व समिक्षा कार्यक्रममा जिल्लामा मानव अधिकार घटनाकाघटनामा वृद्धी भएको तत्थ्यांक सार्वजनिक गरिएको छ ।
‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१’ लागी वार्षिक पूर्व समिक्षा कार्यक्रममा जिल्लाका मानव अधिकार उल्लंघनका घटना सम्बन्धि विवरण सार्वजनिक गर्दै इन्सेक जिल्ला प्रतिनिधि आज इन्सेक हुम्लाका प्रतिनिधि नन्द सिंहले विगतका वर्षको तुलनामा यो वर्ष मानव अधिकार उंल्लंघनका घटनामा वृद्धी भएको जानकारी दिए ।
२०२० जनवरीदेखि हालसम्म राज्य पक्षबाट धम्की, कुटपिट चारवटा, अन्य पक्षबाट धम्की, कुटपिट सातवटा रहेका छन् भने महिला अधिकार सम्बन्धिका बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका चारवटा घट्ना घटेको प्रतिनिधि सिंले बताए । सिंहका अनुसार जिल्लामा जातिय विभेदमा एक, बालअधिकार उल्लंघनमा दुई, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, दुव्र्यवहारका चारवटा गरेर २७ वटा घटना घटेका छन् ।
गएको वर्ष जिल्लाभर २४ वटा घट्ना घटेको हुम्लामा यो वर्ष २७ घट्ना घटेको सिंहले बताए ।
वर्ष पुस्तक २०२१’ का लागि सङ्कलित घटनाहरुको प्रतिवेदन एकतर्फि भनाई राखेको भन्दै प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीले पिडक र पिडीत दुबै पक्षको भनाई समेट्नुपर्ने बताए ।