सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा रहेको स्वास्थ्य सेवा कार्यालय अन्तरगतको जिल्ला अस्पताल हुम्लामा आकास्मिक बाहेक अन्य ओपिडि सहितका सबै सेवा बन्द भएका छन् ।
नेपालगञ्जबाट हवाई मार्ग हुँदै सिमकोट विमानस्थलमा ओर्लेका चालीस जना मध्येका आठ जनामा कोरोना पोजेटिभ देखिएपछि आज रातिबाट हुम्ला जिल्ला निषेधाज्ञा गरेसँगै जिल्लामा सञ्चालीत सरकारी तथा गैरसरकारी कार्यालय एक हप्ताका लागी बन्द भएसँगै जिल्ला अस्पताल हुम्लाले आकास्मिक बाहेकका अन्य सम्पुर्ण सेवा बन्द गरेका छ ।
डिसिसिएमसिको सदस्य सचिव समेत रहेको स्वास्थ्य सेवा कार्यालय अन्तरगतको जिल्ला अस्पतालले अत्यावश्यक बाहेकका अन्य सम्पुर्ण सेवाहरु बन्द गरीएको कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए ।
एक हप्तासम्म अस्पतालमा आकस्मिक, प्रसूति र कोभिड सम्बन्धी सेवा बाहेक अन्य सम्र्पुण सेवा बन्द गरिएको प्रमुख सिंकहले बताए । आकास्मिक,प्रसुति र कोभिड सम्बन्धि सेवा दैनिक दिन चौबिस घण्टा सञ्चालीत हुने भएका छन् ।
यसका लागि चिकित्सक र स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा ड्युटीमा खटाइएको छ । अस्पताल खुला राख्दा मानिसको चहलपहल बढी हुने देखिएपछि अस्पतालले अन्य सेवा बन्द गरिएको जनाएको छ ।
हुम्लामा मङ्गलबार राति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । सेवा बन्द गरिएपछि कोरोना त्रासको कारण बिरामीको न्यून संख्यामा उपस्थिति रहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताईन् ।
स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको भएपनि बिरामीले सवारी साधन प्रयोग गरेर अस्पतालसम्म आउन सक्ने जनाएको छ ।
यस्तै स्वास्थ्य सेवा कार्यालय हुम्लाले पाँचवटचा आइसियू बेड तयारी अवस्थामा रहेको र सबैको साथ सहयोगमा पाएको खण्डमा १५ वटा सम्म बनाउने तयारी भईरहेको जानकारी दिएको छ । जिल्ला अस्पताल हुम्लामा तीनवटा अक्सिजन प्लान्ट भएपनि दुईवटाले मात्रै काम गरी रहेको एकउटा मर्मत गरेर अति आवश्यक कामका परेर प्रयोगमा ल्याईने भएको प्रमुख सिंहले बताए । हाल जिल्ला अस्पतालमा तीनवटा अक्सिजन प्लान्ट भएपनि थप दुईवटा मगाएर पाँचवटा पुराईने भएको उनले बताए ।