काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका नेताहरु आफूलाई घचेटेर भागेको प्रतिक्रिया दएका छन् ।
उनिहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका नेपालले नयाँ पार्टी दर्ता गर्न आफूलाई उस्काउने तर आफू उम्ेकर जाने नियती दोस्रो पुस्ताका नेताले गरेको आरोप लगाएका छन् । शनिवार पेशागत महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपाल केपी ओलीसँग भन्दा आफूलाई छाडेर हिडेका दोस्रो तहका १० जना स्थायी कमिटी सदस्यप्रति आक्रोशित देखिएका हुन् ।
जसले आफूलाई एमाले फुटाउन र केपी ओलीलाई सत्ताबाट ढाल्न उक्साए उनीहरुले नै पार्टी फुटाउन बेला खुट्टा कमाएको आरोप लगाए । उनले एमाले फुटाउन निर्वाचन आयोगमा अरु दुईटा पार्टी पनि उनीहरुले नै दर्ता गराएको खुलासा गरे ।
‘म आज पहिलो पटक खुलासा गर्छु’, नेपालले भने, ‘कलम चिन्ह भएको नेकपा एकीकृत दर्ता गर्ने पनि दोस्रो पुस्ताका नेता हुन् । नेकपा लोकतान्त्रिक पनि उनीहरुले खोलेका हुन् । आज आएर अर्को पार्टी खोल्न पाइन्छ, भनेर मलाई भन्ने ? केपी ओलीले बार्ददलीबाट भुकेपछि ज्ञान आयो ?’
नेपालले आफूलाई दोस्रो पुस्ताले घचेटेर अघि बढाएको र पार्टी फुटाउने बेला भागेको बताए । उनले भने ‘तिनीहरुका खुट्टा कामे काम्छन् म त अगाडि बढेँ । मलाई घचेटेर अघि बढ भन्ने,पछाडि हेर्छु त कोही पनि छैन । म कसैको सहारा लिएर हिड्ने हो ? मेरो सहारा भनेका जिल्ला तहका कार्यकर्ता हुन् ।
अध्यक्ष नेपालले सांसदबाट राजिनामा दिँदा ओलीलाई प्रधानमन्त्रीबाट ढाल्न नसकिने भएकाले विश्वासको मत लिने बेला बहिस्कार गरेको बताए । उनले भने स् राजिनामा दिँदा ओली नढल्ने भएकाले विश्वासको मत लिने बेला बहिस्कार गर्यौं । सडकबाट सरकार ढाल्न सम्भव थिएन । हामीले कांग्रेस र माओवादीसँग मिलेर ओलीलाई ढाल्यौं ।
कार्ल माक्र्सले पनि पार्टी दक्षिणपन्थीले कब्जा गरेपछि कम्युनिस्ट पार्टी भंग गरेको उदाहरण दिदै आफूले नेकपा एमाले भंग गरेको बताए । नेपालले भने स् कहिलेकहिँ दक्षिणपन्थीले पार्टी कब्जा गर्छन् । कार्ल माक्र्सले पनि पहिलो अन्तर्राष्ट्रिय दक्षिणपन्थीले कब्जा गरेपछि भंग गरे । दोस्रो अन्तर्राष्ट्रिय पनि दक्षिणपन्थीले कब्जा गरेपछि लेनिनले तेस्रो अन्तर्राष्ट्रिय बनाए । हामीले नेपालमा पनि विद्रोह गरेर नै ठूलो पार्टी बनाएका हौं । हामी चोइटिएका होइनौं ।