क्कठमाडौं । सभामुख अग्नि सापकोटाको पहल आज भएको सर्वदलिय बैठकमा नेपा एमाले सहभागि भएन ।
एमाले बाहेक अन्य दलहरुले भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् । एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आज संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको थियो । तर नेकपा एमालेका नेताहरु भने बैठकमा सहभागि भएनन् ।
नेकपा एमालेकै लागि भनेर बोलाईएको बैठकमा एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् । बैठकपछि राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जोसँग सम्बन्धित थियो, उहि पक्ष बैठकमा नआएपछि कुनै पनि निष्कर्षमा पुग्न नसकेको बताए ।
प्रतिपक्षलाई सम्वादमा ल्याएर फेरि सर्वदलीय बैठक बोलाउन आग्रह गरेको उहाँले बताउनुभयो । सभामुख सापकोटाले भने आफूले विहान सम्म पनि प्रयास गरेको, तर सम्भव नभएको बताए । बैठकपछि कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुरा भएको र दलका नेताले बैठकमा नजान भनेका कारण आउन नसक्ने बताएको जानकारी दिए ।
नेताहरुको सभामुखलाई सुझाव, 'एमालेसँग सम्वाद गरेर अर्को बैठक राख्नुस्'
संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सभामुखलाई सुझाव दिएका छन् ।
एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । तर एमालेका नेताहरु उपस्थित नै भएनन् । एमाले नै अनुपस्थित भएपछि बैठक कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् ।
बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन्, ‘जोसँग सम्बन्धित थियो, उहाँहरु नै नआइदिनुभएको हुनाले कुनै निष्कर्षमा पुग्न सकिँदैन भन्ने आयो । प्रतिपक्षलाई सम्वादमा ल्याएर सर्वदलीय बैठक बोलाउन आग्रह गरेका छौं ।’
सभामुख सापकोटाले भने आफूले विहानसम्म पनि प्रयास गरेको, तर सम्भव नभएको बताए ।
कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग सोमबार विहान भएको सम्वाद सुनाएका थिए । दलका नेताले सोमबारको बैठकमा नजान भनेका कारण आउन नसक्ने उनले बताएका थिए ।