काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ ।
आज बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उपमहासचिव र चार सचिवको टङ्गो लगाएको हो ।
सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । वेदुराम भुसाललाई महासचिव बनाइएको छ भने गंगालाल तुलाधर र विजय पौडेललाई उपमहासचिव बनाइएको छ ।
त्यस्तै नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिव तोकिएका छन् । सचिवालयले उपाध्यक्षमा चार जनाको नाम प्रस्ताव गरेको थियो, जसमा राजेन्द्र, प्रमेश, धर्मनाथ र जयन्ती मात्र थिए ।
बैठकले ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ । प्रदेश तथा जिल्ला इन्चार्ज तोक्कोनुका साथै केन्द्र बाहेक सबै कमिटीमा दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको सचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।