काठमाडौं । क्रियाशील विवाद, चाडवाड विवादलगायत विभिन्न कारणले रोकिएको कांग्रेसको वडा अधिवेशन आजबाट शुरु हुँदैछ। भदौ १८ बाट शुरु भएको कांग्रेसको वडा अधिवेशन विभिन्न जिल्लामा सम्पन्न भइसकेको छ।
विवादका कारण बाँकी रहेका जिल्लाहरुको वडा अधिवेशन केन्द्रीय निर्वाचन समितिले आजबाट तोकेको हो। सिन्धुपाल्चोक,डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, सोलुखुम्बु, दार्चुला, म्याग्दीमा आजका लागि वडा अधिवेशन तोकिएको छ।
यसमध्ये तीन जिल्लामा भने आज वडा अधिवेशन नहुने भएको छ। सिन्धुपाल्चोक कांग्रेसले बाँकी रहेको वडामा मंगलवारमात्र वडा अधिवेशन गर्ने भएको छ। यसैगरी पर्सामा पनि वडा अधिवेशन नहुने भएको छ।
नेपाली कांग्रेस पर्साले आन्तरिक प्राविधिक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अधिवक्ता नरेन्द्रकुमार केसीले जानकारी गराए।
सूचना प्रकाशित गर्दै अर्को सूचना नआउन्जेल सम्म गाउँरनगरको वडा अधिवेशन स्थगित गरिएको उनले जनाए। नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले केही प्राविधिक काम बाँकी रहेकोले दुई तीन दिनमै पूरा गरी अधिवेशन गर्ने कार्यक्रम तय भएको बताए।
यता सर्लाहीका निर्वाचन अधिकृतले राजीनामा दिएकाले त्यहाँको अधिवेशन पनि अनिश्चित बनेको छ।