सौराह (चितवन) । चितवन जिल्लाको सौराहमा सम्पन्न नेकपा एमालेको दशौं महाधिवेशनका कर्णालीबाट २२ जना केन्द्रीय किमिटी सदस्यमा निर्वाचित भएका छन् ।
लामो समयदेखि पार्टीको केन्द्रीय पदाधिकारी दावी गरेको कर्णालीले दशौं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमै चित्त बुझाउनु परेको छ ।
कर्णाली प्रदेशका दश वटै जिल्लाका पार्टी अध्यक्ष, कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने अधिकांस केन्द्रीय सदस्यले पार्टी हेडक्वाटरसँग पदाधिकारी (सचिव) को दावी गरेपछि यस भन्दा अघिको संख्इा भन्दा दोब्बर संख्यामा केन्द्रीय सदस्यको संख्या सहित एमालेको केन्द्रमा कर्णालीले जनाउने भएको छ ।
बन्दसत्रमा महाधिवेशनका अध्यक्ष मण्डलका अध्यक्ष एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतीका लागि प्रस्तुत गरेको सूचि अनुसार नैं एमालेको मतदानमा कर्णालीका केन्द्रीय सदस्यहरु निर्वाचित भएका छन् ।
कर्णालीबाट खुला केन्द्रीय सदस्य आठजना निर्वाचित भएका छन् । महाधिवेशनमा छनोट भएका कूल २ हजार १५३ प्रतिनिधि (मतदाता) मध्ये २ हजार ११४ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको मत परिणामा अनुसार कर्णालीबाट खुल केन्द्रयि सदस्यमा ९ जनाले निर्वाचन जितेका छन् । जसमा यामलाल कँडेल (खुला १७२०), गोरख बोगटी (खुला १७५०), नवराज रावत (खुला १७०४), दल रावल (खुला १६७२), दीपा शर्मा रुपाखेती (महिला खुला), भैरवसुन्दर श्रेष्ठ (खुला १७७६), राजबहादुर बुढा (खुला १६००), लक्ष्मी पोखरेल (खुला) र दक्षिणा शाही (खुला महिला) रहेका छन् ।
यसैगरी आदीवासी जनजातीको कोटाबाट सिपी घर्तीमगर र सूर्यकुमारी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने पिछडिएको क्षेत्रबाट १८१८ मत ल्याएर मोहन बानियाँ (पिछडिएको क्षेत्र १८१८) निर्वाचित भएका छन् । पिछडिएको क्षेत्रबाटै बद्मी क्वारी (निर्विरुोध निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशको भूगोलबाट प्रतिनिधित्व गर्ने सबै (नौ) जना निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको छ । जसअनुसार धर्मराज रेग्मी, निरज आचार्य, गुलाबजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह, नेशनल शाही खुलातर्फ निर्वाचित भएका छन् भने मिनासिं रखाल, तीर्था गौतम र मोहनमाया ढकाल भूगोलको महिलातर्फको कोटाबाट निर्वाीचत भएका छन् ।
मुगुका बानियाँलाई सबैभन्दा बढि मत
नेकपा (एमाले) को दशौं महाधिवेशनबाट निर्वाचित हुने कर्णाली प्रदेशका केन्द्रीय सदस्य मध्ये सबैभन्दा लोकप्रीय मत मुगुका मोहन बमानियाँले प्राप्त गरेका छन् ।
कूल खसेका २११४ मत मध्ये बानियाँले पार्टी केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र) बाट १८१८ मत प्राप्त गरेका छन् । बानियाँ दशौं महाधिवेशनमा कर्णालीबाट सबैभन्दा लोकप्रीय मत प्राप्त गर्ने केन्द्रीय सदस्यका रुपमा चिनिएका छन् ।
बानियाँ पछिको दोस्रो लोकप्रीय मत प्राप्त गर्ने केन्द्रीय सदस्यमा भैरव सुन्दर श्रेष्ठ छन् । उनले १७७६ मत प्राप्त गर्का छन् । तेस्रोमा यस गोरख बोगटी छन् भने चौथोमा यामलाल कँडेल रहेका छन् । निर्वाचन आयोले सार्वजनिक गरेको मतपरिणाम अनुसार बोगटीले १७५० र कँडेलले १७२० मत प्राप्त गरेका छन् ।
यि हुन, कर्णालीबाट निर्वाचित केन्द्रय सदस्य
१) यामलाल कँडेल (खुला १७२०)
२) गोरख बोगटी (खुला १७५०)
३) नवराज रावत (खुला १७०४)
४) दल रावल (खुला १६७२)
५) दीपा शर्मा रुपाखेती (महिला खुला)
६) भैरवसुन्दर श्रेष्ठ (खुला १७७६)
७) मोहन बानियाँ (पिछडिएको क्षेत्र १८१८)
८) राजबहादुर बुढा (खुला १६००)
९) लक्ष्मी पोखरेल (खुला १४६३)
१०) दक्षिणा शाही (खुला महिला निर्विरोध )
११) धर्मराज रेग्मी (कर्णाली प्रदेश निर्विरोध)
१२) निरज आचार्य (कर्णाली प्रदेश निर्विरोध)
१३) गुलाबजंग शाह (कर्णाली प्रदेश निर्विरोध)
१४) विष्णु रिजाल (कर्णाली प्रदेश निर्विरोध)
१५) डम्बरबहादुर सिंह (कर्णाली प्रदेश निर्विरोध)
१६) नेशनल शाही (कर्णाली प्रदेश निर्विरोध)
१७) मिना रखाल (कर्णाली प्रदेश निर्विरोध)
१८) तीर्था गौतम (कर्णाली प्रदेश निर्विरोध)
१९) मोहनमाया ढकाल (कर्णाली प्रदेश निर्विरोध)
२०) सूर्यकुमारी श्रेष्ठ (जनजाती निर्विरोध)
२१) बद्मी क्वारी (निर्विरुोध पिछडिएको क्षेत्र)
२२) सिपी घर्तीमगर (निर्विरोध जनजाती खुला)