काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा प्रतिस्पर्धा उत्रिएका नेताहरुबीच को बढी राजावादी देखिने भन्ने होड सुरु भएको छ ।
काठमाडौंमा बुधबारबाट सुरु भएको एकता महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धीहरुले आफूलाई बढी राजावादी देखाउन कोसिस गरेका छन् । भृकुटीमण्डपमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कमल थापाले उनका प्रतिद्वन्द्वी रहेका महामन्त्री राजेन्द्र लिङ्देनभन्दा बढी राजतन्त्रको पक्षमा बोलेका थिए ।
२०६३ सालदेखि नै राप्रपा नेपाल हुँदै राजतन्त्र, हिन्दु राष्ट्र र एकात्मक राज्यको पक्षका राजनीतिक एजेण्डा भएपनि राजतन्त्रको विषय अहिले चर्कोसँग उठेको छ । पूर्व राजा ज्ञानेन्द्रको समर्थन आफुलाई रहेको भन्दै थापाविरुद्ध प्रतिस्पर्धामा उत्रिएका लिङ्देनले राजातन्त्र पुनर्स्थापनाको विषयलाई जोड दिएका छन् ।
राप्रपाका ३ अध्यक्ष मध्यका एक कमल थापामाथि सदन र सडकको दुवै संयुक्त संघर्षबाट राजसंस्था पुनर्स्थापनाको रोडम्याप प्रस्तुत गरेका थिए । उनले सदनमा राप्रपाको सीट जित्ने र सडकबाट १ लाख परिचालन गर्न सके नेपाललाई हिन्दु अधिराज्य बनाउन सकिने बताए ।
ुसंविधान र व्यवस्थालाई सहकार्य गर्दै अघि बढ्ने रणनीति अघि लियौ । हाम्रो रणनीति राप्रपाले कहिले दुई तिहाई बहुमत ल्याउने, हिन्दु राष्ट्र कहिले ल्याउने भन्ने चिन्ता छ । उहाँहरुलाई के स्पष्ट पार्न चाहान्छु सदन र सदन दुबै संघर्ष मैदानलाई प्रयोग गर्नुपर्छ । संसदीय शक्ति सडकको शक्तिको प्रयोग गरेर हामीले हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापना गर्न सकिन्छु थापाले भने ुसंसदमा राप्रपाले काठमाडौंको सडकमा १ लाख भन्दा मानिस निरन्तर उतार्न सक्छ भने दुई तिहाईको धारा पर्खेर बस्दैन । संसदको शक्ति र सडकको शक्तिबाट नागार्जुनबाट राजालाई नारायणहिटीमा राख्ने काम जनताले गर्छ ।ु
थापाले अबको नारा ुराजा आउ देश बचाउु, होइन ुजनता आउ, राजा ल्याउु हो । ुहिन्दु राष्ट्र संविधानको दुई तिहाई पर्खेर बस्नु पर्दैन । सडक र सदनबाट अघि बढ्नु पर्छ,ु उनले भने । राप्रपाका नेता तथा आगामी कार्यकालबाट नयाँ नेतृत्वका दाबेदार रहेका राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्व र कार्यशैलीबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना हुन नसक्ने बताएका थिए ।
‘जसोतसो जोडजाड गरेर तीन प्रतिशत कटाउने, कुनै पार्टीसँग मिलेर दुई चार सिट जोड्ने, जोडजाड गरेर आठ १० सिट बनाउने र कुनै पार्टीको पिछुवा बनेर केही मान्छेलाई मन्त्री बनाउन सकिएला तर यही कार्यशैलीले राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्र पुनःस्थापना गर्ने पार्टी बन्न सक्दैन’, बुधबार राप्रपा महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै लिङ्देनले भने ।
भुवन पाठकले अध्यक्ष थापाले निरन्तर रुपमा आफ्नो एजेण्डाहरु उठाउँदै आएको तर लिङ्देनले केही असन्तुष्टहरु मिलेर चुनाव जित्न सकिन्छ कि भनेर लागेको बताए ।
ुकेही हिन्दुवादी राजावादी थापासँग असन्तुष्ट छन् । अहिले विभिन्न राजावादी पार्टीहरु स्थापना भएको छ । उनीहरु पनि कमल थापाको नेतृत्वमा हुन्जेल मौका नपाउने भएको कारणले गर्दा त्यसमा खेल भैरहेको छु पाठकले भने, ुअघिल्लो महाधिवेशनमा भन्दा अहिले राजतन्त्रको विषय मुखरित भएर आएको छ । तर हाम्रो नीति भनेको पहिले जे छ त्यही नै हो ।ु
पाठककाअनुसार हिन्दु अधिराज्यको स्थापना र संघीयताको खारेजी निरन्तरको एजेण्डा रहेको बताए । ुहामीले यसैलाई आधार बनाएर सम्वर्द्धनवाद भनेर सिद्धान्त प्रतिपादन गरेका छौुं पाठकले भने, ुनिरन्तरतासहितको परिवर्तन भन्ने हो ।ु तर उनले लिङ्देन र थापाले उठाएको विषयमा कुनै फरक नभएको बताए । ुयो शैलीको फरक भएको विषय मात्रै होु उनले भने, ुमुख्य रुपमा दस्तावेज यही छ । सबैको दस्तावेज हो ।ु
सुनिल थापासहितको समूह नेपाली कांग्रेसमा प्रवेश गरेपछि राप्रपामा हिन्दु अधिराज्यको विषयमा मतक्यौता रहेको छ। यसअघिको महाधिवेशनमा समेत यो विषय उठेपनि यो महाधिवेशनमा यो विषय झनै चर्कोसँग उठेको छ । थापा र लिंङदेनका समर्थकहरुले आफूलाई बढी राजावादी देखाउने कोसिस गरेका छन् ।
ुराजसंस्थाको विषयमा हामीमा कुनै प्रकारको छैन । आफुलाई असली राजावादी हुँ भने प्रस्तुत हुँदा भोट बढ्छ भनेर चर्कोसँग उठाएको देखिन्छ । अहिले थापाले पनि त्यस्तै गर्नु भएको हो,ु उनले भने, ुथापाले पनि विषयलाई उठाउने गर्नु भएको छ तर समय उहाँले व्यक्तिगत अवसर प्राप्त गर्दा एजेण्डालाई छाडेर हिड्ने गर्नु भएको छ। त्यसैले थापालाई विश्वास गर्न सक्ने अवस्था छैन ।ु
थापा र लिङ्देनबीच लामो समयदेखि सहकार्य रहँदै आएको थियो । झापाबाट निर्वाचित भएका सांसद लिङ्देनले नेपालगञ्ज उप महानगरपालिका मेयर धवलशम्शेर जबरासँग मिलेर थापाको नेतृत्वमाथि चुनौती दिएका छन् । थापा राप्रपा नेपाल स्थापना देखिकै अधिकांश समयमा नेतृत्व थापाले गर्दै आएका छन् ।