काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनका अवसरमा आफू (माओवादी) ले बीचार निर्माण गर्ने बताएका छन् ।
सबै प्रदेश अधिवेशनको एकैपटक भर्चुअल रुपमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डाले यस्तो बताएका हुन् । अधिवेशनका नाममा एमाले र कांग्रेसले भिड मात्रै जम्मा गरेको टिप्पणी गरेका प्रचण्डले एमाले र कांग्रेस विचारहिन र सिद्दान्तहिन बनेको आरोप समेत लगाए।
‘अरु पार्टीले महाविधेशन भनेर भिड जम्मा गर्ने गरेका छन्,’ प्रचण्डले भने, ‘एमालेले पञ्च र्याली गर्यो । त्यो निभ्ने बेलाको बत्ति मात्रै हो । त्यो विचारहिनताको अधिवेशनका रुपमा गयो । दुनियाँले देख्यो । त्यहाँ माक्र्सवादको म पनि उच्चरण गरिएन । त्यहाँ व्यक्ति पुजा गरियो । सिद्दान्तहिनताको प्रदर्शन गरियो ।’
प्रचण्डले कांग्रेसमा पनि उम्मेवारी मनोनय र चुनावमात्रै हुने र विचारको बहस नहुने आरोप लगाए। ‘कांग्रेसको त झन हामीले हेरिरहेका छौं,’ उनले भने, ‘विचारको बहस छैन् । खाली उम्मेदवारी दर्ता र चुनाव मात्रै छ ।’ उनले थपे, ‘बरु मैले हिजो उद्घाटनका बेला समिक्षा गर्नुप¥यो भने । ती कुनै पनि पार्टीका महाधिवेशन विचार र मुद्दा केन्द्रित छैनन् ।’
उनले राष्ट्रिय सम्मेलनमा आफूहरुले अनावश्यक तामझाम नगर्ने जानकारी दिए । प्रचण्डले भने, ‘हामी ८ लाख सदस्य भएको पार्टी हो । हामी त्यो भन्दा ठूला तामझाम गर्न सक्छौं । त्यो गरौंला पनि कुनै दिन । तर, यसपाली हामी विचार केन्द्रित हुने छौं ।’
आफूले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने प्रतिवेदन लेखिरहेको बताउँदै प्रचण्डले त्यो निरन्तरतामा क्रमभंग गर्ने खालको हुने दावी गरे। ‘म केही दिनदेखि प्रतिवेदन व्यस्थ थिएँ । त्यो पुरै सकिएको त छैन, ट्रयाक खोल्ने काम सकिएको छ । तर, त्यसले निरन्तरतामा क्रमभंग गर्छ,’ प्रचण्डले भने।