काठमाडौं । गैरसरकारी संस्थाहरुको छाता संस्था गैरसकारी संस्था महासंघ नेपालका सबै पदाधिकारी निर्विरोध निर्वाचित गर्दे दशौं महाधिवेशन सम्पन्न भएको छ ।
काठमाडौंको नयाँ बानेश्वर स्थितक्वालिटी बैंकुटमा शुक्रबार देखि जारी महासंघको २७ साधारणसभा र दशौं महाधिवेशनले पुरै केन्द्रीय कमिटि निर्विरोध निर्वाचित गरेको हो ।
महासंघका पदाधिकारीको छनोट केन्द्रीय सदस्यहरुबाट गर्ने व्यवस्था अनुसार सबै क्षेत्रका केन्द्रयि सदस्य निर्विरोध निर्वाचित भएको महासंघका निर्वतमान केन्द्रीय तथा गोविन्दबहादुर शाहीले जानकारी दिए । उनका अनुसार नागरिक समाजको अग्रणी संस्था भएकोले महासंघलाई सबैको साझा संस्थाका रुपमा स्थापीत गर्न सबै क्षेत्रलाई समेटेर समावेशी बनाउँदै नयाँ नेतृत्वलाई निर्विरोध निर्वाचित गरेको हो ।
महासंघको विधान अनुसारका पदमा एकल उम्मेदवारी मात्रै परेपछि सबै पदमा निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत भोजराज आचार्यले जानकारी दिए ।
निर्विरोध निर्वाचित हुनेमा १८ जान खुला केन्द्रीय सदस्यमा अधिकांश पुरानै पदाधिकारीहरु रहेका छन् । निर्वतमान केन्द्रीय कार्यसमितिका महासचिव रामप्रसाद शर्मा, उपमहासचिव अर्जुनकुमार भट्टराई, सचिव उमेश विश्वकर्मा, सचिव काजिमान रोका, केन्द्रीय सदस्य गोविन्दबहादुर शाही लगायतका पदाधिकारी यो पटक दोहोरिएका छन् । महासंघको केन्द्रमा खुलातर्फ ५० प्रतिशत नयाँ अनुहार आएका छन् । दशौं महाधिवेशनमार्फत निर्वाचित हुने नयाँ केन्द्रीय सदस्मा धर्मलाल रोकाया बाँके, टोपप्रसाद सापकोटा काभ्रे, दानबहादुर राई खोटाङ, दिपेन्द्र प्रकास डिसी सल्यान , सन्तोष मल्ल मुगु, वुद्धसरण लामा मकवानपुर, भवराज रेग्मी कञ्चनपुर, भेषराज तिमिल्सीना पाल्पा, सञ्जय लम्साल कविलवस्तु रहेका छन् । यसैगरी केन्द्रीय सदस्य (महिलातर्फ) ६ कोटामा पनि ४ जना पुरानै अनुहार दोहोरिएका छन् । पुरानो कार्यसमितिमा दोहोरिएका महिला केन्द्रयि सदस्यमा भावना भट्ट काठमाडौं, महेश्वरी राई उदयपुर, लक्ष्मी कार्की काठमाडौं, नानीमाया थापा सिन्भुपाल्चोक रहेका छन भने विनिता रोका (पोखरेल) गुल्मी र बिना सिलावाल कास्की नयाँ अनुहार हुन् ।
त्यस्तै समावेशीतर्फ र प्रदेशको भूगोल कोटामा पनि केही नयाँ र केही पुरानै अनुहार दोहोरिएका छन् ।
नयाँ निर्वाचित केन्द्रीय सदस्हरुको बैठकले महासंघको पदाधिकारी र अन्य जिम्मेवारी तोक्ने छ । आइतबार बिहान बस्ने बैठकले महासंघको आगामी कार्यकालका लागि अध्यक्ष सहितका नयाँ पदाधिकारीको टुंगो लगाउने बताइएको छ ।
हेर्नुहोस् निर्विरोध निर्वाचित भएका केन्द्रीय सदस्यहरुको सूचि