वीरगञ्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले अब तत्कालै सरकारले तीन तहको निर्वाचन घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।
नेकपा (एमाले)को जिल्ला समिति पर्साले आज जगरनाथपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारले तत्कालै तीनै तहको निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने बताएका हुन् ।
कृषिको आधुनिकीकरण र विद्युतीकरणको विकासले मात्र मुलुकको समृद्धि तथा विकास सम्भव भएकाले यसका लागि सरकारको ध्यान केन्द्रित हुनुपर्ने जिकिर डरेका एमाले अध्यक्ष ओलीले सामाजिक सुरक्षादेखि जनताको जीवनस्तर उकास्नका लागि नेकपा ९एमाले०ले विगतमा विभिन्न कार्य गरेको दावी गरे ।
जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा आउनुभएको हो । सो क्रममा ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालगायत कांग्रेस, माओवादी र मधेसवादी दलका सयौँ नेताकार्यकर्तालाई नेकपा ९एमाले०मा प्रवेश गराई स्वागत गरे । मिया नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
ओलीको भाषण सुन्न हजारौ नागरिक जगरनाथपुर
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज पर्साको जगरनाथपुर पुग्नुभएको छ ।
अध्यक्ष ओलीले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, स्थानीय माओवादी, नेपाली कांग्रेस र मधेशवादी दलका नेता तथा कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराए । अध्यक्ष ओलीको भाषण सुन्न त्यहाँ हजारौं स्थानीयहरुको उपस्थिति रहेको थियो ।