किशोर दहाल
काठमाडौं । यहि माद्ध १२ मा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा ४३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। राष्ट्रिय सभाका १९ सदस्यका लागि हुँदै गरेको निर्वाचनमा दुई पक्षीय गठबन्धन बनेको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चा ९राजमो०ले देशैभर गठबन्धन गरेर साझा उम्मेदवार तयार गरेका छन्। त्यस्तै, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भने मधेस प्रदेशका लागि मात्रै गठबन्धन गरेका छन्।
राष्ट्रिय सभामा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन्। सम्बन्धित प्रदेशका ती पदाधिकारीले सोही प्रदेशबाट उम्मेदवार भएकाहरुलाई मत दिनेछन्। स्थानीय तहका प्रत्येकको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ। त्यसैले प्रत्येक प्रदेशमा सम्बन्धित दलका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख र प्रदेश सभा सदस्य कति छन्, सोही अनुसार मत खस्ने भएकाले राष्ट्रिय सभाको चुनावी नतिजा लगभग प्रष्ट नै हुने गर्छ।
सातवटै प्रदेशमा स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्यहरुको संख्या हेर्दा सत्ता गठबन्धन ९कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमो०का उम्मेदवारहरुलाई नतिजा निकाल्न सहज हुने देखिन्छ। प्रदेश १ र प्रदेश २ मा बाहेक सत्ता गठबन्धनसँग स्पष्ट बहुमत छ।
राष्ट्रिय सभाका उम्मेदवारहरु,
प्रदेश १
प्रदेश १ मा राष्ट्रिय सभाको महिला, अपांगतारअल्पसंख्यक र अन्य क्लस्टरका एक(एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। त्यहाँ गठबन्धनका तर्फबाट साझा उम्मेदवारको अतिरिक्त एमाले र राप्रपाले आफ्ना उम्मेदवार उठाएका छन्।
महिलातर्फ राप्रपाकी रञ्जु प्याकुरेल, नेकपा एकीकृत समाजवादीकी जयन्ती देवी राई, नेकपा एमालेकी सुमित्रा सुवेदी भण्डारी प्रतिस्पर्धामा छन्। त्यस्तै, अपांगतारअल्पसंख्यकतर्फ जसपाका हेमराज राई र एमालेका सोनाम गोल्जेन शेर्पा प्रतिस्पर्धामा छन्। अन्यतर्फ कांग्रेसका गोपालकुमार बस्नेत, एमालेका गुरु प्रसाद बराल र राप्रपाका अमर बहादुर विष्ट प्रतिस्पर्धामा छन्।
यहाँ मुख्यगरी एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।
यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी ३६४ जना मतदाता छन्। उनीहरुको मत भने ९३१२ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।
स्थानीय तहका १४१ र प्रदेश सभाका ४१ गरी प्रदेश १ मा एमालेका १८२ मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको प्रतिमतदाता मतभार ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत ४५०६ हुन आउँछ।
अर्कोतर्फ, सत्ता गठबन्धन ९कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा०सँग स्थानीय तहका पदाधिकारी १२७ जना छन्। त्यस्तै, प्रदेश सभामा ४९ जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ४६३८ मत छ।
एमाले र सत्ता गठबन्धनको मात्रै हिसाबमा गठबन्धनसँग बहुमत देखिन्छ। तर, यो प्रदेशमा राप्रपासँग १२० मत र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग ४८ मत छ। एमालेले राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको साथ लिन सकेमा उसले बहुमत जुटाउन सक्छ। तर दुई मध्ये एक दलले मात्रै साथ नदिएमा उसले बहुमत जुटाउन सक्दैन।
मधेश प्रदेश
मधेश प्रदेशमा राष्ट्रिय सभाको अन्य र महिला क्लस्टर अन्तर्गत निर्वाचन हुन गइरहेको छ। अन्यतर्फ एक पदका लागि दुई जना र महिलातर्फ एक पदका लागि तीन जना प्रतिस्पर्धामा थिए। अन्यतर्फ जसपाका महमद खालिद र एमालेका उसमान अन्सारी प्रतिस्पर्धी छन्।
त्यस्तै, महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल, लोसपा नेपालकी रुपा कुमारी यादव र नेकपा एमालेकी बिना देवीले उम्मेदवारी दर्ता गराएका थिए। एमाले र लोसपाबीच गठबन्धन बनेसँगै एमालेले लोसपाकी रुपा कुमारी यादवलाई तथा लोसपाले एमालेका उसमान अन्सारीलाई सघाउने भएपछि बिना देवीको उम्मेदवारीको अर्थ सकिएको छ। अब यो क्लस्टर अन्तर्गत माओवादी केन्द्रकी अर्याल र लोसपाकी यादवबीच प्रतिस्पर्धा हुनेछ।
मधेश प्रदेशमा सत्ता गठबन्धन पनि छ। गठबन्धनमा आबद्धमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपालका मतदाताले आफ्नो उम्मेदवारलाई मत हाल्नेछन्। गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने मधेश प्रदेशमा छैन।
मधेश प्रदेश अन्तर्गत स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी २६८ मतदाता छन्। त्यस्तै, मधेश प्रदेश सभाका १०४ मतदाता छन्। उनीहरुको कुल मतभार ९८१६ छ। यही ९८१६ मा बहुमत ल्याउन सक्ने दुई क्लस्टरका उम्मेदवारले नै जित निकाल्न सक्छन्।
सुरुमा गठबन्धन गरेका एमाले र लोसपा नेपालको मतभार हेरौं। मधेश प्रदेशका स्थानीय तहहरुमा एमालेका २९ र लोसपा नेपालका ४२ मतदाता छन्। प्रतिमतदाताको मतभार १८ का दरले स्थानीय तहबाट उनीहरुको मत १२७८ हुन्छ। त्यस्तै, प्रदेश सभामा एमालेका ८ र लोसपा नेपालका १६ सदस्य छन्। प्रतिमतदाताको मतभार ४८ का दरले उनीहरुको मत ११५२ हुन्छ। दुवैतिर ९स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्य० को मत जोड्दा एमाले र लोसपा नेपालको गठबन्धनसँग २४३० मत हुन्छ।
यही प्रदेश अन्तर्गतको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विक्रम चौधरी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विजयी भएका थिए। उनको पक्षधरता स्पष्ट छैन। उनले एमाले गठबन्धनलाई मत दिए भने सो गठबन्धनसँग २४४८ मत हुन्छ।
अर्कोतिर, सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपा, नेपालसँग स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी कुल १९५ मतदाता छन्। प्रतिमतदाता १८ मतभारका दरले ३५१० मत हुन्छ। प्रदेश सभामा पनि उनीहरुसँग ७९ मतदाता छन्। प्रतिमतदाता ४८ का दरले उनीहरुसँग ३७९२ मत हुन्छ। दुवैतिर ९स्थानीय तहका पदाधिकारी र प्रदेश सभा सदस्य० को मत जोड्दा सत्ता गठबन्धनसँग ७३०२ मत हुन्छ।
यसरी मधेश प्रदेशमा एमाले र लोसपा गठबन्धनभन्दा सत्ता गठबन्धनसँग तेब्बरभन्दा बढी मत देखिन्छ। प्रदेशमा नेपाली जनता दलसँग १८ र नेपाल संघीय समाजवादी पार्टीसँग ४८ मत छ। तर, ती मत जितहारका लागि निर्णायक बन्न सक्दैनन्। त्यसैले सत्ता गठबन्धनका उम्मेदवारको जित निश्चितप्रायः छ।
बागमती प्रदेश
बागमती प्रदेशमा महिला र अन्य क्लस्टर अन्तर्गत एक(एक जनाको लागि निर्वाचन हुँदैछ। महिला अन्तर्गत एक जनाको लागि तीन र अन्य अन्तर्गत एक जनाको लागि तीन जना प्रतिस्पर्धामा उत्रिएका छन्।
महिलातर्फ नेमकिपाकी गीता काफ्ले, एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सिना र एमालेकी निरकुमारी कुँवर प्रतिस्पर्धामा उत्रिएका छन्। त्यस्तै, अन्यतर्फ, नेमकिपाका कृष्णबहादुर तामाङ, कांग्रेसका कृष्णप्रसाद पौडेल र एमालेका गोपाल शाक्य प्रतिस्पर्धामा उत्रिएका छन्।
यो प्रदेशमा पनि एमाले र गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुनेछ।
यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी ३४६ जना मतदाता छन्। उनीहरुको मत भने ९४९८ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।
स्थानीय तहका ११५ पदाधिकारी र प्रदेश सभाका ४३ सदस्य गरी बागमती प्रदेशमा एमालेका १५८ मतदाता छन्। उनीहरुको कुल मत भने ४१३४ छ।
अर्कोतर्फ, सत्ता गठबन्धन ९कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा० सँग स्थानीय तहका पदाधिकारी ११८ जना छन्। त्यस्तै, प्रदेश सभामा ५९ जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ४९५६ मत छ। कुल मत मध्ये गठबन्धन आबद्ध दलहरुसँग रहेको मत बहुमत हो। त्यसैले गठबन्धन आबद्ध दलका उम्मेदवार नै विजयी हुने देखिन्छ।
प्रदेशमा रहेका राप्रपा, नेमकिपा र विवेकशील साझा पार्टी यहाँ निर्णायक देखिँदैनन्। उनीहरुले जसलाई मत दिए पनि परिणाममा फरक पर्दैन।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा राष्ट्रिय सभाको महिला, दलित र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार र एमालेका उम्मेदवारहरु प्रतिस्पर्धामा छन्।
महिलातर्फ कांग्रेसकी कमला पन्त र एमालेकी लिला पोखरेल थनेत, दलिततर्फ माओवादी केन्द्रका भुवनबहादुर सुनार र एमालेका अर्जुनकुमार सुनाम तथा अन्यतर्फ माओवादी केन्द्रका सुरेश आलेमगर र एमालेका पुण्यप्रसाद पौड्याल प्रतिस्पर्धामा छन्।
यो प्रदेशमा स्थानीय तहका पदाधिकारी ९अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख० र प्रदेश सभा सदस्य गरी २२९ जना मतदाता छन्। उनीहरुको मत भने ५८९२ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।
स्थानीय तहका ६९ र प्रदेश सभाका २७ गरी गण्डकी प्रदेशमा एमालेका ९६ मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको प्रतिमतदाता मतभार ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत २५३८ हुन आउँछ।
अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमो) सँग स्थानीय तहका पदाधिकारी ९७ जना छन्। त्यस्तै, प्रदेश सभामा ३१ जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ३२३४ मत छ। स्वतन्त्र सांसद् राजीव गुरुङ पनि सत्ता गठबन्धनसँग निकट भएकाले थप ४८ मत बढ्न सक्छ। यसरी कुल मतमध्ये गठबन्धनसँग स्पष्ट बहुमत देखिन्छ। त्यसैले गठबन्धन आबद्ध दलहरुका उम्मेदवार नै विजयी बन्ने देखिन्छ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको महिला, दलित र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवारको अतिरिक्त एमालेले आफ्ना उम्मेदवार उठाएका छन्।
महिलातर्फ एमालेकी भारती उपाध्याय खनाल र नेकपा एकीकृत समाजवादीकी राजेन्द्र लक्ष्मी गैरे, दलिततर्फ एमालेका कृष्णबहादुर सुनार र राजमोका तुलप्रसाद विश्वकर्मा तथा अन्यतर्फ एमालेका रामदयाल गुप्ता र कांग्रेसका युवराज शर्मा प्रतिस्पर्धामा छन्।
यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा सदस्य गरी २९६ जना मतदाता छन्। उनीहरुको मत भने ७७५८ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।
स्थानीय तहका ८५ र प्रदेश सभाका ३६ गरी लुम्बिनी प्रदेशमा एमालेका १२१ जना मतदाता छन्। यहाँ सूर्य चिह्नबाट निर्वाचित भएका हृदयश त्रिपाठी समूहका धर्मलाल श्रीवास्तवलाई एमालेमै जोडिएको छ। तर, सत्ता गठबन्धन निकट भएका कारण अजय शाहीलाई भने जोडिएको छैन। त्यसैले एमालेले १२१ मतदाताबाट ३२५८ मत पाउने देखिन्छ।
अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमो) सँग स्थानीय तहका पदाधिकारी १२३ जना छन्। त्यस्तै, प्रदेश सभामा ४५ जना (अजय शाही सहित) सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ४३७४ मत छ। यसरी, यो प्रदेशमा पनि गठबन्धनका उम्मेदवारहरु सहज बहुमतमा देखिन्छन्।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा महिला, अपांगतारअल्पसंख्यक र अन्य क्लस्टरका एक(एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार र एमालेले उम्मेदवारहरु उठाएका छन्।
महिलातर्फ कांग्रेसकी दुर्गा गुरुङ र एमालेकी गंगा थापा (महत), अपांगतारअल्पसंख्यकतर्फ माओवादी केन्द्रका नरबहादुर विष्ट र एमालेका पदमबहादुर माझी तथा अन्यतर्फ एमालेका चुडामणि शर्मा र एकीकृत समाजवादीका उदयबहादुर बोहरा प्रतिस्पर्धामा छन्।
यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी १९० जना मतदाता छन्। उनीहरुको मत भने ४४७० छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।
स्थानीय तहका ४७ र प्रदेश सभाका १३ गरी कर्णाली प्रदेशमा एमालेका ६० मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको प्रतिमतदाता मतभार ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत १४७० हुन आउँछ।
अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी) सँग स्थानीय तहका पदाधिकारी १०० जना छन्। त्यस्तै, प्रदेश सभामा २१ जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल २८०८ मत छ। यो भनेको कुल मतको बहुमत हो। त्यसैले गठबन्धन आबद्ध दलका उम्मेदवारहरुले जीत निश्चित जस्तै छ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा महिला, दलित र अन्य क्लस्टरका एक-एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार र एमालेका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुनेछ।
महिलातर्फ एमालेकी सन्तोषीकुमारी शर्मा (थापा) र एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा), दलिततर्फ एमालेका नरेशकुमार विश्वकर्मा र माओवादी केन्द्रका जगतबहादुर पार्की तथा अन्यतर्फ एमालेका डिल्लाराम भट्ट र कांग्रेसका नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुनेछ।
यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी २२७ जना मतदाता छन्। उनीहरुको मत भने ५६४६ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।
स्थानीय तहका ७१ र प्रदेश सभाका ११ गरी सुदूरपश्चिम प्रदेशमा एमालेका ८२ मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको मतभार प्रतिमतदाता ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत १८०६ हुन आउँछ।
अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा) सँग स्थानीय तहका पदाधिकारी १०४ जना छन्। त्यस्तै, प्रदेश सभामा ४० जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ३७९२ मत छ। गठबन्धनसँग रहेको मत कुल मतको उच्च बहुमत हो। त्यसैले गठबन्धनका उम्मेदवारहरुले जित्ने निश्चितप्रायः छ।
सुदूरपश्चिम प्रदेशमा महिला, दलित र अन्य क्लस्टरका एक(एक जना गरी तीन पदका लागि निर्वाचन हुँदैछ। गठबन्धनको तर्फबाट साझा उम्मेदवार र एमालेका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुनेछ।
महिलातर्फ एमालेकी सन्तोषीकुमारी शर्मा (थापा) र एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा), दलिततर्फ एमालेका नरेशकुमार विश्वकर्मा र माओवादी केन्द्रका जगतबहादुर पार्की तथा अन्यतर्फ एमालेका डिल्लाराम भट्ट र कांग्रेसका नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुनेछ।
यो प्रदेशमा स्थानीय तहका पदाधिकारी (अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख) र प्रदेश सभा गरी २२७ जना मतदाता छन्। उनीहरुको मत भने ५६४६ छ। यही मतमध्ये बढी मत ल्याउने प्रत्येक क्लस्टरका उम्मेदवार नै विजयी हुनेछन्।
स्थानीय तहका ७१ र प्रदेश सभाका ११ गरी सुदूरपश्चिम प्रदेशमा एमालेका ८२ मतदाता छन्। स्थानीय तहका प्रतिमतदाता मतभार १८ र प्रदेश सभाका सदस्यको मतभार प्रतिमतदाता ४८ का दरले हिसाब गर्दा एमालेको कुल मत १८०६ हुन आउँछ।
अर्कोतर्फ, सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा) सँग स्थानीय तहका पदाधिकारी १०४ जना छन्। त्यस्तै, प्रदेश सभामा ४० जना सदस्य छन्। त्यसैले यो गठबन्धनसँग कुल ३७९२ मत छ। गठबन्धनसँग रहेको मत कुल मतको उच्च बहुमत हो। त्यसैले गठबन्धनका उम्मेदवारहरुले जित्ने निश्चितप्रायः छ।
यस्तोछ, सातवटै प्रदेशको दलगत मतभार
स्थानीय तहका मतदाताहरु
प्रदेश सभाका सदस्यहरु