सिन्धुपाल्चोक । आइतबार नेता तथा कार्यकर्ताको चर्को बिरोधका बीच माओवादी केन्द्रले एमसीसीको पक्षा मतदान गरेपछि पार्टी भित्र देशभर बिद्रोह शुरु भएको छ ।
एमसीसी पास गरेकै दिन सुदूरपश्चिम प्रदेशका वडाअध्यक्ष सहितको टोलीले माओवादी छोडढे लगत्तै सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिकाका एक दर्जन युवाहरू रामचन्द्र कालिराजको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका छन्।
आफूहरू संलग्न नेपाली काँग्रेस र नेकपा ९माओवादी० ले हेलम्बु गाउँपालिकामा विकास निर्माणमा कुनै ध्यान नदिएर भ्रष्टाचारमा लिप्त भएको बताउँदै विनोद दर्नाल, राजकुमार बि।क।, दावा लामा, दावा दोर्जे लामालगायत युवा एमालेमा प्रवेश गरेका हुन ।
उनीहरूले आफूहरू संलग्न नेपाली काँग्रेस र नेकपा (माओवादी) ले हेलम्बु गाउँपालिकामा विकास निर्माणमा कुनै ध्यान नदिएर भ्रष्टाचारमा लिप्त भएको र राष्ट्रघाती अमेरिकी सहयोग परियोजना एमसिसि सम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गराएकोले आफूहरू राष्ट्रवादी नेता कमरेड केपी ओलीले नेतृत्व गर्नु भएकोको पार्टी नेकपा ९एमाले० प्रवेश गरेको नव प्रवेसीहरुले बताउनुभएको छ ।
नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य एवम् हेलम्बु गाउँपालिका सह इन्चार्ज दावा लामा ह्योल्मोले पार्टी प्रवेशका लागि संयोजन गर्नुभएको थियो ।
बौद्धमा भएको सो पाटी प्रवेश कार्यक्रममा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सचिवालय सदस्य एवम् हेलम्बु इन्चार्ज फुर्पा लामा ह्योल्मो र जिल्ला कमिटी सचिवालय सदस्य एवम् प्रदेशसभा निर्वाचन समन्वय २९ख० का संयोजक अर्जुन कुमार भण्डारीको समेत उपस्थिति रहेको नेकपा ९एमाले० हेलम्बु वडा नम्बर २ वडा कमिटीका अध्यक्ष दीपक सुनारले बताउनुभयो ।