काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार सिंहदरवारस्थित संसद सचिवालयमा नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।
नवनिर्वाचित सांसदहरुलाई संघीय संसदको लोगो पनि प्रदान गरिएको छ । गत माघ १२ गते राष्ट्रियसभाका १९ जना सदस्यका लागि निर्वाचन भएको थियो ।
निर्वाचनमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत, कमल पन्त, युवराज शर्मा, नारायणदत्त मिश्र र दुर्गा गुरुङ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यसैगरी नेकपा ९माओवादी केन्द्र०बाट उर्मिला अर्याल, सुरेश आलेमगर, नरबहादुर विष्ट, भुवनबहादुर सुनार र जगतबहादुर पार्की निर्वाचित भएका थिए ।
नेकपा (एकीकृत समाजवादी)बाट जयन्ति राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, मदनकुमारी शाह र उदयबहादुर बोहोरा निर्वाचित भएका थिए ।
त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।