काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनको ताक्लाकोटमा रहेका हुम्लाका नागरिकलाई घर फर्काइदिन आग्रह गरेका छन् ।
कामका सिलसिलामा चीनको ताक्लाकोटमा रहेका झण्डै पाँच सय हुम्लाका नागरिकलाई घर फर्काउने वातावरण तयार गर्न आग्रह गर्नु भएको हो ।
विभिन्न व्यवसाय गर्दै आएका चीनको सिमाना जोडिएको हुम्लाको लिमीलगायतका क्षेत्रका नागरिकहरुले सिमाना बन्द भएपछि ताक्लाकोटमै रहेका नेपालीहरुलाई घर फर्काउन एमाले अध्यक्ष ओलीले आग्रह गर्नु भएको हो ।
'कोरोना विरुद्धको सबै खोप लागएका हुम्लाका नागरिकलाई घर फर्काउन म यहाँहरुलाई आग्रह गर्दछु', बैठकमा एमाले अध्यक्ष ओलीलेभने, 'तीन वर्ष लामो समय उहाँहरुले आफन्त भेट्न र घर फर्किन पाएका छैनन् उहाँहरुलाई परिवारमा मिलन गर्ने वातावरण चीनले तयार गरोस भन्ने म आग्रह गर्दछु ।'
शनिबार एमाले अध्यक्ष ओलीलाई लिमि समाजकातर्फबाट केहि अगुवाले ताक्लाकोट रहेका आफन्तलाई घर फर्काउने वातावरणका लागि एमाले अध्यक्ष ओली निवाश बालकोटमै गएर अनुरोध गरेका थिए ।
त्यस्तै भेटघाटमा अध्यक्ष ओलीलले बीआरआईसँग सम्बन्धित आयोजनाहरु छिटोभन्दा छिटो अगाडि बढाउन आग्रह गर्नु भएको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँग आज बिहान भएको भेटवार्तामा ओलीले सो आग्रह गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
भेटमा ओलीले बन्द रहेका नाका र कोभिडका कारण नेपालमा आएका विद्यार्थीहरुलाई चीन जाने व्यवस्था मिलाउन र हुम्ला पारि रोकिएका नेपालीहरुलाई ल्याउने वातावरण मिलाउन पनि आग्रह गरेको भट्टराईले बताए ।