काठमाडौं। गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा देशकै मुटु मानिने काठमाडौं महानगरपालिकामा वालेन्द्र शाह (वालेन), पूर्वी नेपालको उपमहानगर धरानमा हर्क साम्पाङ र सुदूरपश्चिमको उपमहानगर धनगढीमा गोपाल हमाल देशको गाँजिएको राजनीतिक सिण्डीकेटको घेरो तोडे ।
यि अनुहार सँगै देशका दर्जन गाउँपालिका र सयौ वडामा स्वतन्त्रबाट आप्mनो बीजयको झण्डा गाडे । यी र यस्ता थुप्रै विजेताका कारण अहिले नेपालमा ‘स्वतन्त्र उम्मेदवारी दिने लहर नै आएको छ, चर्चा बढेको छ ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिसभाको निर्वाचले देश निर्वाचनमय भएसँगै फेरी स्वतन्त्रबाट निर्वाचनमा उम्मेरदवार बन्नेको चर्चाले चिया चौतारो देखि सामाजिक सञ्जाल तातेको देखिन्छ । सामाजिक सञ्जाल, आमसञ्चारदेखि चिया पसलसम्मका गफमा स्वतन्त्रको चर्चा हेर्दा र सुन्दा लाग्छ अब नेपालमा पनि शताब्दीयौं देखि दलीय सिण्डीकेटको बिलय हुन लागेको हो त ? लामो बहुदलीय राजनीतिमा चिनिएका दलहरु र उनका चुवान चिन्ह नबोकिकनैं स्वतन्त्र उम्मेदवारहरुले पनि चुनाव जित्ने माहोल नेपालमा पनि बन्न लागेको हो त ? तर, नेपालको चुनावी इतिहास हेर्दा स्वतन्त्रले निर्वाचनमा जित हाँसिल गरेका घटना भने संसदीय निर्वाचनमा २० जना व्यक्तिको मात्रै छ ।
पञ्चायतकालमा भएका चुनाव त गैरदलीय भैहाले । ती चुनावमा पनि विभिन्न दलहरु र पञ्चका पनि विभिन्न गुट सहभागी थिए । तर पनि पञ्चायतलाई बहुदलीय चुनाव मान्न सकिन्न ।
पञ्चायतबाहेकको चुनावी इतिहासमा चुनिएर आएका अनुहारहरु हेर्ने हो भने नेपालमा स्वतन्त्रहरुको माहोल पहिलो आम निर्वाचन हुँदै संविधानसभा र पछिल्लो आम निर्वाचनसम्मै देखिन्छ । २०५६ सालको चुनावमात्रै एउटा अपवाद हो । जसमा कुनै पनि स्वतन्त्र उम्मेदवारले जीतको झण्डा गाड्न सकेनन् । बाँकी सबै चुनावमा स्वतन्त्रहरुले जीत निकालेका छन् ।
नेपालमा सञ्चालित भएका अहिलेसम्मका बहुदलीय चुनावमा सफल स्वतन्त्र उम्मेदवारहरु यि हुन्
२०१५ सालमा निर्वाचित स्वतन्त्र सांसदहरु
१) हरिलाल चौधरी – क्षेत्र नम्बर ३७ सप्तरी मध्य
२) रामदुलार राय यादव – क्षेत्र नम्बर ४६ असिमौद्राहा
३) भीमप्रसाद श्रेष्ठ – क्षेत्र नम्बर ७३ जुम्ला
४) जयबहादुर महत क्षेत्री – क्षेत्र नम्बर ७४ जुम्ला
२०४८ सालको संसदीय निर्वाचन
६) राजदेव गोइत – सिरहा क्षेत्र नम्बर ४
७) गोविन्द चौधरी – रौतहट क्षेत्र नम्बर ३
८) ओमकारप्रसाद गौचन – बाग्लुङ क्षेत्र नम्बर ३
२०५१ सालको मध्यावधि
९) शरदसिंह भण्डारी – महोत्तरी क्षेत्र नम्बर ४
१०) पाल्तेन गुरुङ – मनाङ
११) ज्योतेन्द्रमोहन चौधरी – रुपन्देही क्षेत्र नम्बर ४
१२) परी थापा – बाग्लुङ क्षेत्र नम्बर ३
१३) नवराज सुवेदी – प्युठान क्षेत्र नम्बर २
१४) मोतीप्रसाद पहाडी – डोल्पा
१५) नरेशबहादुर सिंह – बझाङ क्षेत्र नम्बर २
२०६४ सालको पहिलो संविधानसभा चुनाव
१६) बबन सिंह – रौतहट क्षेत्र नम्बर १
१७) सदरुल मिया हक – सप्तरी क्षेत्र नम्बर ५
२०७० को दोस्रो संविधानसभा चुनाव
१८) चन्द्रेश्वर झा – महोत्तरी क्षेत्र नम्बर ४
१९) अतहर कमाल मुसलमान – कपिलवस्तु क्षेत्र नम्बर २
२०७४ सालको आम निर्वाचन
२०) छक्कबहादुर लामा – हुम्ला