काठमाडौं । शेखर कोइराला समूहले आगामी चुनावमा कांग्रेसभित्र ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइरहेका बेला सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरूलाई समानुपातिकको बन्दसूचीमा राखेको पाइएको छ ।
निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन् ।
बन्दसूचीमा सभापति देउवानिकट नेतामात्रै होइन व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि राखिएको छ । बन्दसूचीको ७ नम्बरमा व्यापारी अनिल रुँगटाको नाम छ भने नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा। सुरेशकुमार कनोडियाको पनि नाम सूचीमा रहेको छ ।
त्यस्तै ठगी मुद्दामा मुछिएका अर्का मेडिकल कलेज सञ्चालक खुमाप्रसाद अर्याललाई पनि कांग्रेसले समानुपातिकको बन्दसूचीमा राखेको छ । अर्याल गण्डकी मेडिकल कलेजका सञ्चालक हुन् । उनीविरुद्ध ३ वर्षअघि ठगी मुद्दामा अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । पछि उनी सुटुक्क अदालतमा उपस्थित भएर १७ लाख धरौटी बुझाएर रिहा भएका थिए । यस्तो छ, नेपाली कांग्रेसको बन्दसूची
हेर्नुहोस् प्रतिनिधिसभातर्फको बन्दसूची
प्रदेश १ को समानुपातिक सूची
मधेस प्रदेशको समानुपातिक सूची
वाग्मती प्रदेशको समानुपातिक सूची
गण्डकी प्रदेशको समानुपातिक सूची
लुम्बिनी प्रदेशको समानुपातिक सूची
कर्णाली प्रदेशको समानुपातिक सूची
सुदूरपश्चिम प्रदेशको समानुपातिक सूची