काठमाडौं । गएको मंसिर ४ गते सम्पन्न प्रदेश सभाको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ ।
मत गणना सकिएसँगै प्रत्यक्षतर्फको चुनावी परिणाम बाहिर आएपनि समानुपातिकमा कुन दलले कसलाई पठाउने भन्ने अँझै एकिन भएको छैन् । यद्यपी निर्वाचन आयोगमा दलहरुले बुझएको बन्द सूचिका आधारमा अनेकन अड्कल बाजी शुरु नभएका भने होइनन् । प्रत्यक्ष मत गणना सकिएसँगै सातवटै प्रदेशमा यस्तो छ, अंक गणीत
प्रदेश १ मा एमाले पहिलो दल
अन्तिम परिणाम अनुसार प्रदेश नम्बर १ मा नेकपा (एमाले) पहिलो दल बनेको छ । जहाँ उसले एमालेले २५ सिट जितेको छ । यस्तै नेपाली काँग्रसले १७ सिट हात पारेको छ । भने माओवादी केन्द्रले ९ सिट जितेको छ । एकिकृत समाजवादीले ३ सिट जितेको छ । राप्रपाले २ सिट निकालेको छ ।
मधेशमा पनि एमाले पहिलो
पछिल्लो पटक मधेस प्रदेशमा आप्mनो उपस्थितीलाई बलियो बनाएको नेकपा (एमाले) नैं ठूmलो द लबनेको छ । जहाँ एमालेले सबैभन्दा धेरै १५ सिट जितेको छ । यसैगरि काँग्रेसले १३ सिट जित्दा जसपाले ९ लोसपाले ७ तथा जनमत पार्टीले ६ सिट जितेको छ । माओवादी केन्द्रले मधेसमा ४ तथा नेकपा एसले पनि ४ सिट जितेको छ । मधेस प्रदेशमा ६ जना स्वतन्त्र सांसद बनेका छन् ।
बाग्मती र गण्डकीमा कांग्रेस पहिलो दल
बाग्मती प्रदेशमा काँग्रेसले सबैभन्दा बढि २५ सिट जितेको छ भने माओवादी केन्द्रले २४ सिट जितेको छ । यस्तै, एमालेले १३ सिट जितेको छ भने राप्रपाले ७ सिट जितेको छ । नेकपा एसले ५, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले १ ÷ १ सिट जितेका छन् ।
गण्डकी प्रदेशसभामा काँग्रेसले सबैभन्दा बढि १८ सिट जितेको छ भने एमालेले १२ सिट जितेको छ भने माओवादी केन्द्रले १२ तथा नेपाल सभाजवादी पार्टीले १ तथा स्वतन्त्रको तर्फबाट १ सिट आएको छ ।
लुम्बिनीमा एमाले १८ सिट
लुम्बिनी प्रदेशसभामा एमालेले १८, नेपाली काँग्रेसले १७, माओवादी केन्द्रले ५ तथा जनता समाजवादी पार्टीले २ सिट जितेका छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीले २, लोसपाले २ तथा राप्रपाले २ सिट जितेको छ भने जनमत पार्टीले १ सिट जितेको छ ।
कर्णाली र सुदूरपश्चिममा कांग्रेस ठूलो दल
कर्णाली प्रदेशमा काँग्रेसले ९, माओवादी केन्द्रले ९ तथा एमालेले ५ सिट जितेको छ । कर्णालीमा स्वतन्त्रको तर्फबाट एक जना सांसद विजयी भएका छन् ।
सुदुरपश्चिम प्रदेशमा भने काँग्रेसले २२, माओवादी केन्द्रले ८, नागरिक उन्मिुक्ति पार्टीले ५ तथा एमालेले ३ सिट जितेको छ । सुदुरपश्चिममा एकिकृत समाजवादीले ३ तथा एक जना स्वतन्त्र सांसद रहेका छन् ।