काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा पाँच घण्टा बसेको बैठकले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो
बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भोलि १ बजे नयाँ मन्त्रीहरूको शपथग्रहण हुने जानकारी दिए । उनले मंगलबार नै मन्त्रीहरूको नामसहित भागबण्डाको विवरण सार्वजनिक गरिने बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको उपप्रधानमन्त्री रवि लामिछानेले बताए ।
'कुन-कुन मन्त्रालयले कुन-कुन दलले लिने विषयमा मन्त्रालयको बाँडफाँट टुङ्गिएको छ,' लामिछानेले भने, ' (मंगलबार) भोलि १ बजे नयाँ मन्त्रीहरुको शपथग्रहण हुनेछ ।' उनले मंगलबार नै मन्त्रीहरुको नामसहित भागबण्डाको विवरण सार्वजनिक गरिने बताए। केही मिलाउनुपर्ने भएकाले भोलि शपथ अघि पनि कुरा हुने उपप्रधानमन्त्री लामिछानेले जानकारी दिए । उनले मन्त्रीहरूको शपथपछि मंगलबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बस्ने जानकारी पनि दिए ।
उपप्रधानसहित तीन मन्त्री, एक राज्यमन्त्री र उपसभामुख रास्वपाले पाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधानसहित तीन मन्त्री, एक राज्यमन्त्री र प्रतिनिधिसभको उपसभामुख पाउने भएको छ ।
सोमबार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा सो पार्टीले गृहसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय पाउने निर्णय भएको हो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पार्टीका सभापति रवि लामिछानले काम थालिसकेका छन् ।
रास्वपाको भागमा एक राज्यमन्त्री पनि परेको छ । उपप्रधान तथा गृहमन्त्रीका सचिवालय संयोजक रहेका रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराका अनुसार रास्वपाले प्रतिनिधिसभाको उपसभामुख पनि पाउने भएको छ ।सभामुख पद भने एमालेको भागमा परेको छ ।रास्वपाले मंगलबार बिहान मन्त्री बन्नेहरूको नामको टुङ्गो लगाउने भएको छ ।