काठमाडौं। ७ वर्षपछि भएको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचनमा अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।
अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि २३ औं राष्ट्रिय महाधिवेशनबाट बिहीबार मतदान गरिए अनसार आएको मतपरिणाम अनुसार बडाल बिजयी भएका हुन । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्।
यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्।
मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।
यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका नेताहरुले बताएका छनु । यद्धपी, यसको औपचारिक घोषणा भएको छैन । अनेरास्ववियुको १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका थिए ।
७ वर्षपछि भएको निर्वाचनमानिर्वाचनमा १५१७ मत खसेको थियो । अखिलको नयाँ नेतृत्वमा १७ पदाधिकारीसहित केन्द्रीय कमिटीका १९९ सदस्यीय निर्वाचित भएका छन् । यी हुन् निर्वाचित भएका पदाधिकारीहरु