सिमकोट । संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना पश्चात पहिलो पटक हुम्लाको अदानचुली गाउँपालिकाका वस्तीहरु यूवा बिहिन बनेका छन् ।
शहरका यूवाहरुले रोजगारको खोजिमा खाडी मुलुकको भिषा हातमा लिएर त्रिभुवन विमानस्थलमा लाम लागेको बेला दुर्गम गाउँका यूवाहरु लावा लस्कर लागेर दिनहुँजसो अहिले छिमेकी मुलुक भारतको कालापहाड लागिरहेका छन् ।
गाउँमा चरम आर्थिक मन्दीले एक रुपैयाँ नदेखिने भएपछि आप्mनो घरपरिवारलाई लुगाफाटो ल्याउन र केहि रकम कमाउन सयौंको संख्यामा जिल्लाको दक्षिणपूर्वको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिकाका यूवा कालापहाड (भारत) गएपछि गाउँहरु यूवा बिहिन बनेका हुन् ।
यहि पुस १० गते मंगलबारका दिन परेको कर्णाली क्षेत्रको स्थानीय चार्ड भैलो पूर्णीमा परिवारसँग मनाए पछि एक हजारको हाराहारीमा युवाहरुले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कवाडी प्रहरी चौकीले जनाएको छ । गएको एक सातामा गाडीमा, पैदल हिडेर भारत जानेको संख्या निकै बढि देखियो’, ‘आफूले कुनै रेकर्ड नराखेका कारण नाम उल्लेख गर्न नमानेका कवाडी प्रहरी चौकीका एकजना सुरक्षाकर्मीले भने, ‘हामीले चेक गर्दा र सोधिखोजी गर्दा गाडी र पैदलमा गएका सबैले इन्डीया जाने भन्दै जानेको संख्या थामी नसक्नु जस्तो देखियो ।’
पुस महिनाको शुरुदेखि दैनिक १०÷१२ जनाको संख्यामा बाहिरिएका युवाहरु १० गतेयता मात्रै एक हजार एकको संख्यामा गाउँका यूवाहरु भारतको कालापहाड तर्फ लगोपछि अहिले हुम्लाको दक्षिण क्षेत्रका गाउँवस्तीहरुमा यूवा भेटिनैं बिरलै भेटिने गरेको अदानचुली गाउँपालिका–२, हबघरका भक्त बुढाले बताए । उनका अनुसार एक सातादेखि नयाँ घर लगाउने र अत्यावश्यक काम भएका बाहेक अरु यूवाहरु गाउँमा भेट्न सकिदैन् ।
‘गाउँमा एक वर्षयता पैशा कमाउने कुनै माध्यम नभएपछि अधिकांश यूवाहरु परिवारका सदस्इलाई एकसरो लुगाफाटोको जोहो गर्न बाध्य भएर भारत जानु परेको हो’, बुढाले भने, ‘अहिले गाउँमा कोहि बितेपनि लाश उठाउने यूवा पाउनै मुष्किल छ ।’
आफ्नो गाउँ हबघरबाट मात्रै १३ गते २३ जना एकैसाथ कालापहाड गएको बताएका बुढाका अनुसार विभिन्न टोल भएको अदानचुली २ बाट भण्डै सयको संख्यामा भारत गएका छन् । हिउँदमा घरको काम पनि हुँदैन् । विकास निर्माणको काम गरेर केही आनोदानो (रकम) को जोहो गर्ने गरेको यहाँका यूवाहरुका लागि एक वर्षयता कुनै विकास निर्माणका कामहरु ठप्प भएपनि झण्डै दुई दशकपछि पहिलो पटक यति ठूलो संख्यामा यूवाहरु विदेशीएका हुन् ।
लामो समय देखि छिमेकी मुलुक नगएको यहाँका यूवाहरु दिनहुँ सयौको संख्यामा छिमेकी मुलुक भारत गएको बताएका अदानचुली–५ का रामबहादुर छत्यालका अनुसार गाउँमा रोजगारिकका काम नहुँनु, गाउँपालिकाले भएका योजनाहरुको भुक्तानी प्रक्रिया समयमा पुरा नगर्दा फ्रिज जानु लगायतका कारणले अदानुचलीका यूवाहरुले हिउँदको आप्mनो कामको गन्तव्यका रुपमा भारतलाई रोजेका हुन् । घरमा बसौ भने काछो (गाउँको धार्मिक कामका लागि उठाउने रकम) उठाउने पैसा पनि नहुने भएपछि भारत जानुको कुनै विकल्प नपाएपछि धेरै लामो समयपछि अदानचुलीका यूवाहरुको रोजाई कालापहाड बन्यो ।
“स्थानीय यूवाहरुको आर्थिक उपार्जनको माध्यम बनेको संघ, प्रदेश र गाउँपालिकाका योजनाहरुमा गएको वर्षदेखि काम गरेपछि नपाएका कारण गाउँमा थप आर्थिक संकट प¥यो’, अदानचुली–४ का बलबहादुर बुमीले थपे, ‘गएको आर्थिक वर्ष २०७९।८० मा मात्रै अदानचुली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबिचको विवादका कारण काम सम्पन्न भएका ६ करोड रकमका ३६ भन्दा धेरै योजनाहरुको रकम भुक्तानी नभएर फ्रीज भएपछि गाउँमा आर्थिक संकट चुलिएपनि अन्य कुनै विकल्प नदेखेर बस्यो दिन आफूलाई छाक टार्न र श्रम बेचेर केहि रकमको जोहो यूवाहरु भारत छिर्न बाध्य भएका हुन् ।’
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षबीचको विवादले उत्कर्ष रुप लिएपछि पालिकाको प्रशासनिक नेतृत्व प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी, करार कर्मचारीको टुंगो लगाउन नसक्नु, समयमा कार्यपालिका बैठक नबस्नु, गाउँसभाहरु बस्न नसक्नुका कारण पालिकाको बजेट कार्यान्वयनमा नआएका कारण पनि स्थानीय नागरिकमा आर्थिक संकट परेको गल्बाबहुमूखी क्याम्पसका प्रमुख रणसुर रोकायाले प्रतिक्रिया दिए ।
चुलोको सरकार भनिने स्थानीय सरकाले सामान्य कामहरुलाई भन्दा प्रदेश तथा स्थानीय सरकारले गर्ने सडक निमार्णमा सबै बजेट बिनियोजन गर्नु र भएको सबै बजेट डोजर मालिकले लिने गरेकाले पनि यहाँका नागरिक काम बिहिन बनेको बताएका क्याम्पस प्रमुख रोकायाले गाउँमा परेको चरम आर्थिक संकट टार्न सयौको संख्यामा यूवाहरु मुग्लान छिर्न परेको हो ।
गएका वर्षहरुमा औषधी उपचार गर्न र केही अत्यावश्यक कामका लागि हरेक गाउँबाट बढिमा ५।७ जना कालापहाड जाने गरेको भएपनि यो वर्ष जानेको संख्या अपत्यारिलो तबरले वृद्धी भएको अदानचुली २ को मष्टादेव आधारभूत विद्यालयका अस्थायी शिक्षक छप्की बुढाले जानकारी दिए । केहि दिन अघि अदानचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम खातामार्फत भुक्तानी गरेपछि उक्त रकमले गाडी रिजर्भ गरेको यहाँक यूवाहरुले दुई÷तीन महिनाको गन्तव्यका रुपमा कालापहाड रोजेर गएको हुन् । आफूसहित २२ जनाको समुहले एक बलेरो जिप बाजुराको मार्तडीसम्म रिजर्भ गरेर गएको बताएका बुढाका अनुसार १३ (पुस) गते मात्रै पाँच सयको संख्यामा यूवाहरु कालापहाड लागे ।
‘कर्णाली कोरिडोरमा अस्थायी रुपमा चलेका जिपहरु प्रायः कालापहाड जाने अदानचुलीका यूवामात्रै थिए । कुनैकुनै जिपले दोहोरो तेहोरो गरेर बेलुका अवेरसम्म पनि ओसारे । आफूसँग गाडी भाडा नभएका दजनौं यूवाहरु बाजुराको मार्तडीसम्म राती हिडेरपनि गएका थिए’ बुढाले थपे ।’
भाडा नहुँदा पैदल
लामो समयको आर्थिक मन्दीका कारण तीन महिने कामको खोजिमा भारत गएका यूवाहरुले गाडी भाडा पनि जोहो गर्न नसकेपछि कर्णाली कोरिडोर र भेरी कोरिडोरमार्फत पैदल बाटो लागेका हुन् ।
घरमा एक सय रुपैयाँ देखे चोरी लाग्लाजस्तो भएको बताएका अदानचुली ३ मकै गाउँका अंकल रोकायाले गाउँभर खोज्दापनि गाडी भाडा नपाएपछि पैदलै बाजुराको मार्तडी पुगेको जानकारी दिए । ‘म सँगै गाउँका नैन रोकाया, खड्क रोकाया, बाँच्या रोकायासहितका १२ जनाको टोलीले जाने गाडी भाडा पनि नपाएपछि दिन दिनको पैदल बाटो एक दिन एक रातमा बाजुरा सदरमुकाम मार्तडी पुगेका हौं’ फोनमा उनले थपे, बाटोमा सबै गाडी चढेर हिड्ने, हामी मात्र पैदन हिडेको दैख्दा आफैलाई लाज होला भनेर हामी घरबाट हिडेदेखि रात दिन नभनेरै पैदल कुदेका हौं । एक रात एक दिनमा मार्तडी पुग्यौं भने अब यहाँबाट नेपाल र भारतको सिमानामा पुग्न पनि त्यहि दुई दिन एक रात लाग्छकी जस्तो छ ।’
गएको वर्षमा सरकारले दिएको विकासका योजनामा काम गरेर घरपरिवारको लुगाफाटो गर्ने, वालवालिकाको कापी किताबको जोहो गर्दै आएको भएपनि गत वर्ष गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष बीचको विवादका कारण समयमा रकम भुक्तानी प्रक्रिया अघि नबढाउँदा काम गरेका योजनाहरुको रकम फ्रीज गएपछि आफूहरुको गन्तव्य कालापहाड रोजाईमा परेको बाँच्या रोकायाले बताए ।
‘यो आर्थिक वर्षको ६ महिना बितेपनि कुन योजना परेको छ । कति बवजेट छ भन्नेपनि जानकारी गाउँमा छैन् । पालिका कर्मचारीको नेतृत्व बिहिन छ, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष (६ नम्बरका बाहेक) सबै सुर्खेत गएका छन् । पालिकाका सबै कार्यालय बन्द छन् । त्यहाँबाट अब केहि हुन्छ कि भन्ने विश्वाश नलागेपछि हामीजस्ता सोझाका छोराहरुको रोजाई भारत भएको हो’ उनले थपे ।
कालापहाड जाने २० वर्षयताकै धेरै
२०६२/६३ को आन्दोेदन यताकै सबैभन्दा बढि यूवाहरुले यो वर्ष गाउँ छोडेका छन् । राजनतिक स्थिरता कायम भएपछि गाउँको विकासले तिब्रता लेला, आफूहरुलाई रोजागारीको सृजना गाउँमै होला भनेर हरेक राजनीतिमा हुमिएका यूवाहरुले राजनीतिक परिवर्तन भएको २० वर्षमा समेत कुनै सुधार नभएपछि पुनः कालापहाडलाई अस्थायी गन्तव्य रोज्नु परेको हो ।
चुल्होको सरकारले जुँगाको लडाईमा २ वर्ष बितायो । गाउँमा नयाँ रोजगारको सृजना गर्नुभन्दा करारमा नियुक्त गरिएका कर्मचारीलाई समेत तलब नपाएरै बस्नु परेपछि पालिकाले नियुक्त गरेका कर्मचारी देखि सर्वसाधारणको गन्तव्य छिमेकी मुलुक भारत बनेको एमाले अदानचुली गाउँ कमिटिका अध्यक्ष बुधे भण्डारीले बताए । शुरुमा विभिन्न गैरसरकारी संस्थाहरुले विभिन्न कामहरु सञ्चालन गर्थे ।
‘जिल्लाका विषयगत कार्यालयहरुले पनि योजनाहरुका काम समयमा सञ्चालन गर्थे तर अहिले ति सबै काम स्थानीय सरकार मातहत हुने तर स्थानीय सरकारको प्रमुख र उपप्रमुख बीचको लडाईका कारण ठप्प भएपछि २० वर्षमा सबैभन्दा धेरै युवाहरुको रोजाई कालापहाड बन्यो’ उनले भने, ‘गाउँपालिका आफैले नियुक्ती वितरण गरेका कर्मचारीले तलब नपाउँनु, बालभत्ता, वृद्ध भत्ताकम रुपमा चिनिने सामाजिक सुरक्षा भत्ता पनि समयमा वितरण नगर्नुले बढेको चरम आर्थिक मन्दीको अल्पकालिन उपायको खोजिका रुपमा यहाँका यूवाहरु गाउँ छोड्न बाध्य भएका हुन् ।’
स्थानीय सरकारले तत्काल संघ, प्रदेश र आफूले तय गरेका विकासे योजनाहरुको काम शुरु गरेर थप रोजगारका कामहरु सृजना नगर्ने हो भने पछिल्लो व्यवस्थाप्रति पनि नागरिकको बितृष्णाको बढ्ने बताएका भण्डारीले अहिले गाउँमा कोहि मान्छे म¥यो भनेपनि मलामी जाने पुरुष मान्छे नपाइने अबस्था आउने प्रतिकृया दिए ।