सिमकोट । हिमाली जिल्ला हुम्लामा अहिलेबाट हिमपात सुरु भएको छ । गत महिनाको तेस्रो साता परेदेखी सफा रहेको मौसममा अपरान्हबाट बदली भई साझ देखि हिमपात सुरु भएको हो ।
सोमबार बिहान सफा रहेको जिल्लाको मौसम अपरान्ह ४ बजेबाट बदली भइ साझ ७ बजेबाट हिमपात सुरु भएको छ । जिलामा कृषकहरुले एतिबेला हिउँदे बिरुवा काटचाट गरेको समयमा हिमपात हुदा राम्रो फल दिने आशा लिएका छन ।
गत महिना परेको हिमपातका कार्ण जेठासी बालिलाई लाप मेलेको बेला फागुन दोस्रो साता हिमापात हुदा फलफुलका बिरुवामा उत्पादन हुने देखिएको सिमकोट ६ का अकबिर रावतले बताए । उनले भने हामिले बारिमा लगाएको लसुन, गहु, जौ, उवा समेत राम्रो उत्पादन हुने र कार्त्के बालिमा कोदोलाइ समेत लाप मिल्ने देखिएको छ ।
हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत माघमा उत्तरी नाम्खामा बाक्लो हिउँ परेको थियो। अहिले जिल्लाको नाम्खा, सिमकोट र खार्पुनाथ गाउपालिकामा हिउँ पर्न सुरु भएर नाम्खा र सिमकोटमा जमेको छ। हिमपात हुदा पशु चौपायलाई चरिचनमा समस्या गरे कृषकले बताएका छन । अत्याधिक चिसोकाअ कारण जन जीवन निकै प्रभावित भएको छ ।
अहिलेदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन निकै कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ हल्जी गाउँलगायत स्थानमा बढी हिमपात भएको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन्।
जिल्लाको माथिल्लो क्षेत्रका तीन पालिकामा हिमपात भएपनी तल्लो क्षेत्रका उच्च पहाडी क्षेत्र हिमापात भएको छ्ने होचा स्थानमा वर्षा सुरु भएको छ । गत महिनाको हिमपातले लाभ लिन नपाएका तल्लो क्षेत्रका कृषकलाई यतिबेलाको हिमपातले लाभ दिन सक्ने कृषकको भनाई छ ।
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८० १९:४७