अहिले एमालेभित्र बहस नै हुँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । पार्टीभित्र वहस गर्न पाइन्छ । त्यो बहस कतिबेला हुन्छ भने निर्णय गर्नुपूर्व हुन्छ । निर्णय गरेपछि निर्णय मान्नुपर्छ भन्ने संगठनको सिद्धान्त हो । नभए पार्टीको औचित्य नै हुँदैन । आ–आफ्ना कुरा गर्ने हो भने किन पार्टी चाहियो ?
समाजवादीमा जानुका कारण
सम्बन्धले कहिलेकाँही ठिक(बेठिक छुट्याउन मुस्किल बनाइदिन्छ । घटना एउटै हुन्छ । सम्वन्धका कारण कसैले त्यहि घटनाका बारेमा एउटा धारणा र कसैले अर्को धारणा बनाउँछन् । साथीहरु के कारणले समाजवादीमा जानुभयो भन्दा मुख्य कारण त धेरै समय नेतृत्व गरेका नेताहरुको संगतका कारण हो भन्ने लाग्छ ।
संगत भएपछि स्वाभाविक रुपमा एउटा मान्यता बनाउँछ । फेरि हाम्रो कम्युनिष्ट आन्दोलनभित्र असहमत भएपछि असहमतिलाई पुष्टि गर्न हरेक तर्कहरु जन्माउनुपर्ने हुन्छ ।
नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेलाबेलामा राजनीतिक दुर्घटना हुने गरेको छ । तर, समय क्रममा त्यसलाई सच्याउने काम कार्यकर्ताले गर्ने गरेका छन् ।
कम्युनिष्ट आन्दोलनका दुई दुर्घटना
हाम्रो आन्दोलनमा दुई वटा गम्भीर दुर्घटना भए । ०५४ सालमा पार्टी विभाजनको दुर्घटना भयो । तर, त्यो विभाजनलाई जनताले मन पराइ दिएनन् । त्यसैले कहिलेकाहीँ हामी भन्दा पनि बढी बुझ्ने त नेपाली जनता छन् जस्तो लाग्छ । कुरा नमिलेपछि फुट्नुपर्छ भन्ने नेताहरुको भावनालाई पार्टी जुट्नुपर्छ भन्ने जनताको भावना मन नपराएका इतिहास पनि हाम्रा सामु छन् ।
०५४ मा फुट्दा इतिहास बोकेका नेता थिए तर जनताले रुचाएनन् । पछिल्लो समयको विभाजनमा पनि १५ वर्ष महासचिव भएका माधवकुमार नेपाल, तीन पटक पार्टी नेतृत्व गरेका झलनाथ खनाल, वामदेव गौतमका बारेमा भन्नै परेन । उहाँ एउटा मिथक नै हुनुहुन्छ । त्यस्ता नेताहरु पार्टीबाट अलग हुँदा पनि अन्तिम फैसला त जनताले नै गर्ने रहेछन् । जनताले जे देखेका छन् त्यहि प्रकट गर्ने रहेछन् ।
त्यस अर्थमा नेपालको सन्दर्भमा जनताहरु सधैँव पार्टी बलिया हुन् भन्ने मान्यताका पक्षमा छन् । तर, नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेलाबेलामा राजनीतिक दुर्घटना हुने गरेको छ । तर, समय क्रममा त्यसलाई सच्याउने काम कार्यकर्ताले गर्ने गरेका छन् । विभिन्न कालखण्डमा हामीले त्यही अनुभूति गरेका छौँ । यो एउटा दुर्घटनाबाट आन्दोलनको रक्षा गर्ने काममा आज समाजवादी प्रेस संगठनबाट प्रेस चौतारीमा फर्किने साथीहरुले गर्नुभएको छ ।
अध्यादेशको त्रासमा माधव नेपालहरु
सरकारको कामलाई कसरी प्रभावकारी बनाउने भनेर दुई दलले कार्यदल बनाएर छलफल गरिरहेका बेला नेकपा समाजवादीका नेताहरुको चिन्ता कतै दल विभाजन सम्वन्धी अध्यादेश ल्याउने त होइन भनेर हुने रहेछ । दिमागमा त्योबाहेक उनीहरुसँग अरु केही छैन । अध्यादेशको त्रास किन छ भन्दा त्यो दल चल्न सक्ने अवस्थामा छैन भन्ने हो । पार्टी चल्न सक्थ्यो भने त अध्यादेशको कुनै अर्थ हुँदैनथ्यो ।
नेकपा (एमाले) लाई २० प्रतिशत केन्द्रीय सदस्य, २० प्रतिशत सांसद भए पनि फुटाउन सक्ने अध्यादेश जारी गरेको होइन र एमाले पार्टी सकियो र ? अध्यादेशले पार्टी सकिने भन्ने होर ? होइन नि ? अध्यादेश आयो भने पार्टी सिद्धिन्छ भनेर त्रासको मनोविज्ञान कायम हुन्छ त्यसले पार्टीले भविष्यमा त्यो पार्टी चलाउन सक्दैन भनेर बुझ्नुपर्छ । आज त जोगिएला ०८४ मा म सांसद भएकाले पार्टी छाड्न मिलेन भनेर बाँधिएर बस्छन् र ? कानुन नआए पनि छाडिदिन्छ । जब त्यहाँ भविष्य छैन भन्ने ठानेपछि मानिसले भविष्यको खोजी गर्छ ।
इतिहासको भारी बोकेर हिँड्नु हुन्न
इतिहास जहिले पनि शिक्षा हो । यात्रा सदैँब लक्ष्यमा आधारित हुन्छ । इतिहास बोकेर यात्रा गर्न सकिँदैन । इतिहासको भारी बोकेर ठसठस कन्दै यात्रा होइन भविष्यको लक्ष्यमा केन्द्रित भएर अघि बढ्ने कोशिस गर्नुपर्छ ।
नेकपा ९एमाले० जनताका लागि स्वीकार्य हुँदैछ, सत्य यहि हो । लामो जीवन राजनीतिमा विताएका साथीहरुले आफ्नो जीवन बरबाद नगर्ने हो भने अब त्यहाँ अलमलिनु हुँदैन ।
एमालेले खुलमखुला स्वागत गर्ने हो भने माधव नेपाल पहिला एमालेमा आउँछन्
एमालेले खुलमखुला रुपमा स्वागत गर्ने हो भने विश्वमणिजी होइन माधवकुमार नेपाल पहिला एमालेमा आउनुहुन्छ । तर, हामीले माधव नेपालका लागि ढोका खोलेका छैनौँ । अहिले उहाँ (विश्वमणिजीलाई) जसरी सम्मान दिने हो भने माधव नेपाल एमालेमा आउनुहुन्छ । त्यसैले उहाँले विश्वमणिजीहरुलाई कारबाही गर्नुको कुनै अर्थ छैन ।
उहाँले जे गल्ती गर्नुभएको छ । त्यो गल्तीवापत चाँहि उहाँलाई एमालेमा ढोका खुला गर्ने पक्षमा एमाले छैन । त्यही भएर उहाँले अरुलाई रोक्न खोज्नु भएको छ । माधव नेपालले आफ्नो भविष्य के–हो ? भन्ने कुरा नजिकबाट बुझ्नु भएको छ । बुझेर के गर्ने ? इतिहासमा कहिले–कहिले आफूले खोजेको ठाउँ प्राप्त गर्न संभव हुँदैन । त्यो ठाउँमा माधव नेपाल हुनुहुन्छ । त्यसको कोपभाजन सबै साथीहरु हुनुपर्छ भन्ने छैन । दुर्घटनाको नायक नायक नै हुन्छ ।
मेरो बारेमा दुई सन्दर्भमा दुई खाले प्रचार
अहिले यस्तो प्रचार गर्न खोजिएको छ कि रु नेकपा कालमा भन्ने हो भने कमरेड केपी शर्मा ओलीसँग कुरा गर्न सक्ने, आफ्ना राय राख्न सक्ने आफ्नो कुरा राख्न सक्ने मान्छे भनेको त शंकर पोखरेल मात्रै हो भनेर चित्रण गरिन्थ्यो ।
आजभोलि फेरि के मान्यता बनाउन खोजिदैँछ भने शंकर पोखरल भनेको केपी ओलीले जे भन्यो त्यहि भन्ने, त्यहि गर्ने मान्छे हो भन्ने भाष्य निर्माण किन गरिन्छ रु नेपालको राजनीतिमा विचार र तर्कमा सधैँव खवरदारी विचार निर्माण गर्ने कुरामा भूमिका खेल्ने व्यक्तिका रुपमा मलाई उभ्याएको छु ।
ओलीमाथिको प्रहार एमाले कमजोर बनाउने मिशन
जब नयाँ विचारको कुरा आउँछ, त्यहाँ नेतृत्व लिनैपर्छ । नबोली विचारको निर्माण हुँदैन । राष्ट्रिय राजनीति भित्र केपी ओली र केपी ओलीलाई भाष्य बनाएर एमालेमाथि जे प्रहार भएको छ । त्यो प्रहार मुलुकको आन्दोलनको विपक्षमा, राष्ट्रको विपक्षमा छ भन्ने मेरो आफ्नो बुझाई हो । यो कुनै सहमती, असहमतीको कुरा होइन ।
आज केपी ओली माथिको आक्रमण एक प्रकारले भन्ने हो भने एमालेलाई कमजोर बनाउने मिशन अन्र्तरगतको प्रयास हो । नेपालका केही राजनीतिक दल अहिले त्यसको भरिया बनेका हुन् । या कुण्ठा र आवेगको परिणाम पनि हुनसक्छ । तर, यथार्थमा मिशन भनेको के–हो भने यो देशलाई कमजोर पार्ने केपी ओलीमाथि प्रहार गर्ने नै हो ।
यो कुरा अहिलेको सन्दर्भमा कतिपयलाई मन नपर्न पनि सक्छ । यो केपी ओली वा शंकर पोखरेल केपी ओलीको ढाल बन्ने मात्रै कुरा होइन । यो देशको कुरा हो । जसले देशका पक्षमा, स्वाभिमानका पक्षमा काम गरेको हुन्छ । त्यसमाथि प्रहार गर्दा हामी नबोल्ने हो भने देशका पक्षमा को बोल्न सक्छ ?
जतिबेला देशको राष्ट्रियता, स्वाधिनता र स्वाभिमानका पक्षमा, विकास र समृद्धिका पक्षमा कसैले काम गर्छ भने उसलाई निर्वाध रुपमा काम गर्न दिनका लागि उस्लाई व्यवधान खडा गर्नेका विपक्षमा उभिन नसक्ने हो भने अरु कसैले पनि त्यो प्रकारको आँट गर्दैन । सबै शक्ति केन्द्रका पुजारी बन्न पुग्छन् । त्यसपछि देशका पक्षमा अडान लिने मान्छे फेला पर्दैन । यो आजको कुरा मात्रै होइन देशको भविष्यसँग जोडिएको कुरा हो ।
जब असल मान्छेहरु ठूलो संख्यामा त्यहाँ प्रवेश गर्नेछन् । तब मात्रै सामाजिक सञ्जालको माध्ययमबाट भएको अराजकतावाद नियन्त्रण हुनसक्छ । आमसञ्चार माध्ययमले पनि प्रभावकारी उपस्थिति सामाजिक सञ्जालमा जनाउन काम गर्नुपर्छ ।
सामाजिक सञ्जालको अराजकता चिर्न असल मान्छेको प्रवेश
अहिले सामाजिक सञ्जालमा अराजकता देखिइरहेको छ । आमसञ्चार क्षेत्रमा पहिलापहिला यो अराजकतालाई नियमन गर्नुपर्छ भन्दा विरोध गर्ने आमसञ्चार नै थिए । विस्तारै सामाजिक सञ्जालको अराजकताले सबै भन्दा बढी असर केलाई गर्यो भन्दा आमसञ्चारलाई नै गर्यो ।
त्यति कुरा बुझ्न पनि आमसञ्चार माध्ययमलाई धेरै समय लाग्यो । धेरैले त बुझ्न सक्नु भएको छैन । अराजकता जहिले पनि प्रेस स्वतन्त्रताको सहयोगी हुनै सक्दैन । यो अराजकताले आमसञ्चार माध्ययम, राष्ट्र र राजनीतिको भलो गर्न सक्दैन । यसले भलो गर्ने भनेको स्वार्थ र अवसरवादको मात्रै हो । नेपाललाई कमजोर बनाउने अन्तराष्ट्रिय स्वार्थकेन्द्रको सेवा गर्छ । देशको हितका पक्षमा अराजकता हुँनै सक्दैन । यो कुरा बुझ्न हामीलाई लामो समय लाग्यो । अहिले बुझेर पनि तत्काल समाधान गर्न कठिन छ ।
यद्यपि, यस्को लडाईँ लड्नुको विकल्प छैन । यो सामाजिक सञ्जालको ‘प्लेटफर्म’ भनेको राजमार्ग जस्तै हो । खराबहरुले कब्जा गरेको राजमार्ग खराबहरुबाट मुक्त गर्नका लागि असल मानिसहरु प्रवेश गर्नुको अर्को विकल्प छैन । जब असल मान्छेहरु ठूलो संख्यामा त्यहाँ प्रवेश गर्नेछन् । तब मात्रै सामाजिक सञ्जालको माध्ययमबाट भएको अराजकतावाद नियन्त्रण हुनसक्छ । आमसञ्चार माध्ययमले पनि प्रभावकारी उपस्थिति सामाजिक सञ्जालमा जनाउन काम गर्नुपर्छ ।
समाजवाद प्राप्त गर्ने विधि लोकतान्त्रिक हुन्छ । त्यस अर्थमा समाजवादी प्रजातन्त्र । कांग्रेसका लागि समाजवादी मुख्य विषय हो । नेपाल जस्तो मुलुकका लागि समाजवादी मात्रै बनेर जनताको हित हुन सक्दैन ।
लोकतन्त्रलाई कुन बाटोमा हिँडाउने भन्ने दुई वाटा
लोकतन्त्रलाई कुन बाटोमा हिँडाउने भन्ने सन्दर्भमा दुइओटा बाटो नै विश्वव्यापीरुपमा अघि बढ्ने बाटा हुन् । समाजवाद तर्फको बाटो कि ? पूँजीवादी प्रजातन्त्रतर्फको बाटो ?
कंग्रेस स्वयंले पनि यसलाई प्रजातान्त्रिक समाजवाद भन्ने गर्छ । नेपालको सन्र्दभमा भन्ने हो भने समाजवादी प्रजातन्त्र कि ? प्रजातान्त्रिक समाजवाद ? एमालेका लागि समाजवाद मुख्य विषय हो । समाजवाद प्राप्त गर्ने विधि लोकतान्त्रिक हुन्छ । त्यस अर्थमा समाजवादी प्रजातन्त्र । कांग्रेसका लागि समाजवादी मुख्य विषय हो । नेपाल जस्तो मुलुकका लागि समाजवादी मात्रै बनेर जनताको हित हुन सक्दैन ।
योे मार्क्सवादी मान्यता हो । त्यसैले दुई ओटा विचारहरुको विचमा प्रतिस्पर्धा हुनसक्छ । यहाँ नानाभाँती नाङ्ले पसलको आवश्यकता छैन । त्यसैले नेकपा ९एमाले०ले पनि नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नुपर्छ भन्दै आएको छ । त्यो भनेको नेकपा (एमाले)को नीति राष्ट्रको नीति हुने हैसियतमा एमालेलाई पुर्याउनुपर्छ भनेको हो । अहिले पनि एमाले जनताको रोजाइको पहिलो पार्टी हो तर निर्णायक छैन । निर्णायक त्यतिबेला हुन्छ जतिबेला एमालेको नीति राष्ट्रको नीति बन्नसक्छ । त्यो अभियान जुट्नुपर्छ ।
अध्यादेशमा भाँजो हाल्न खोज्नेहरु हतोत्साही
अध्यादेशको प्रकरणमा भाँजो हाल्न सकिन्छ कि भन्ने कतिपयलाई लागेको थियो । वर्तमान प्रधानमन्त्री बन्दा अझ दृढताका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खडा भएपछि चलखेल गर्नेहरु हतोत्साही भए होलान भन्ने लागेको छ । लोकतन्त्रलाई कुन बाटोमा अघि बढाउने भन्ने कुरा सचेतनापूर्वक छलफल गरेर हामी यो बाटो हिँडेका हौँ ।
यो कुनै हिँड्दाहिँड्दै मिलेको होइन । छलफल गरेर, आवश्यकता महसुस गरेर सुरु गरेका हौँ । हामी के कुरामा प्रष्ट छौँ भने हामी अहिले मिलेका छौँ । चुनावका बेला स्वस्थ्य प्रतिस्पर्धा गर्ने कुरामा प्रष्ट छौँ । लोकतन्त्रमा एकता र प्रतिस्पर्धाको संस्कृति आवश्यक छ । हामीले त्यहि गरेका हौँ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले भित्र बहसको वातावरण छैन भन्ने भाष्य निर्माण गर्न खोजेको भन्दै त्यो आरोपको खण्डन गरेका छन् ।
नेकपा एसनिकटको समाजवादी प्रेस संगठनका अध्यक्षसहितको टीम प्रेस चौतारीमा प्रवेश कार्यक्रममा पोखरेलले एमाले छाडेर समाजवादीमा जान बाध्य भएका नेता(कार्यकर्ताहरुको मनोविज्ञानबारे केही सन्दर्भ उल्लेख गरे ।
करिब ३० मिनेटको उनको सम्बोधनको मुख्य अंश