मोरङ । कार्यसम्पादन मूल्यांकनमा मोरङका नगरपालिकामध्ये उत्कृष्ट उर्लाबारी नगरपालिका बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मुल्याङ्कन गरी अङ्क प्रदान गरि सार्वजनिक गरिएको छ । जम्मा १६ वटा सूचकहरु मार्फत प्राप्त नतिजा सार्वजनिक गरिएको थियो ।
उर्लाबारी नगरपालिका मोरङका महानगरपालिका र नगरपालिकाहरु मध्ये सबैभन्दा उत्कृष्ट भएको छ भने गाउँपालिकाहरु सहितको तुलनामा केराबारी गाउँपालिका सबैभन्दा उत्कृष्ट भएको छ । उर्लाबारी नगरपालिकाले ३५।१८ अंक प्राप्त गरेको छ भने केराबारी गाउँपालिका बाहेक अन्य पालिकाहरुले उर्लाबारी नगरपालिकाभन्दा कमजोर अंक हासिल गरेका छन् ।
१६ वटा सूचकहरुमा नगर कार्यपालिकाले गत असार १० गतेभित्र आर्थिक वर्ष २०८र८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभारनगरसभामा पेश गरेरनगरेको, नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित नगर सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेको,स्थानीय तहले आ।व। २०८१र८२ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्क सहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरेरनगरेको ,स्थानीय तहले आर्थिक वर्ष २०७९र८० को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण २०७९ कार्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको ,स्थानीय तहको आ।व २०७९र८० को विनियोजित रकम अनुसार खर्चको अवस्था,आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षणवाट औल्याएको बेरुजुको अवस्था ,स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ९सुत्र०को प्रयोग गरे–नगरेको,स्थानीय तहले आवधिक योजना तर्जुमा गरेरनगरेको ,शैक्षिक शत्र २०८० मा कक्षा १ देखि ८ सम्मको खुद विद्यार्थी भर्ना दर,शैक्षिक शत्र २०७९ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर ,शैक्षिक शत्र २०७९ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तिमा स्तरीकृत अंक ९जीपीए० १।६ वा सो भन्दा उच्च जीपीए प्राप्त क आर्थिक वर्ष २०७९र८० मा ४ पटक गर्भ जाँच गर्ने महिलाको अनुपात ,आर्थिक वर्ष २०७९र८० मा कुल गर्भवती महिलाको संख्या मध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, आर्थिक वर्ष २०७९र८० मा पूर्ण खोप पाएका बालबालिकाको अनुपात रहेका थिए ।
गत आ।ब।मासमेत उर्लाबारी नगरपालिका जिल्लाकै उत्कृष्ट पालिकाको रुपमा आयोगले अंक प्रदान गरेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले भर्खरै सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिका ६१।८१ अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो ।