सिमकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) हुम्ला जिल्ला कमिटिको बैठक सम्पन्न भएको छ ।
एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमीको अध्यक्षतामा र नेता लोक बहादुर हमाल प्रदेश कमिटी सदस्य जय बहादुर शाहीको आथित्यमा पाँचौ पूर्ण बैठक बसेकोे एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।
बैठकले पार्टीको क्न्द्रिय निती अनुसार तिन महिने वडा केन्द्रीत अभियान सञ्चालन सम्बन्धि निर्णय हुनुका साथै प्रदेश निर्वाचन समन्वय कमिटी गठन गर्ने निर्णय गरिएको जिल्ला पार्टी सचिव बोहराले जानकमारी दिए ।
बैठकले प्रदशेसभा निर्वाचन क्षेत्र नम्बर एकमा जिल्ला कमिटी सदस्य रमेश ऐडी संयोजक, राजेन्द्र शाही उपसंयोजक, सचिवमा जग भण्डारीलाई तोकिएको छ । प्रदेश निर्वाचन क्षेत्र नम्बर दुईमा समन्वय किमिटको संयोजक प्रतिमा लामा, उपसंयोजकमा दिपबहादुर शाही रहेको समन्वय कमिटि गठन गरिएको छ ।
एमालेको उक्त पार्टीको बैठकले विभागको पूर्णता लगायत जिल्ला कमिटीको कार्य वभिाजन सहित महत्वपूर्ण निर्णय गरी सम्पन्न भएको सचिव बोहराले बताए ।
गएको पुष २१ र २२ गते बसेको केन्द्रीय कमिटिको बैठकले तिन महिने वडा केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै जिल्ला कमिटि हुम्लाको बैठक बसेकोे जिल्ला कमिटि सचिव बोहराले बताए । यहि माघ ५ गते बसेको कर्णाली प्रदेश कमिटिको बैठकले पनि केन्द्रीय कमिटिले गरेको निर्णय अनुसार वडा केन्द्रीत अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै शोमबार बैठक बसेकोे हो ।
सिमकोट स्थित कार्यालयमा बसेको बैठकले एमाले प्रति विपक्षी दलहरुले बजारमा फैलाएको जुन किसिमको हल्ला छ त्यसलाई चिरफार गर्दै अगाडी बढ्न तीन महिने अभियानले थप सहयोग पुग्ने निष्कर्ष निकालेको छ ।