सिमकोट । सिमकोट गाउँपालिका– ३ का स्थायी बासिन्दा रिन्जिन फुन्जोक लामा दोस्रो अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्।
यस वर्ष समुदायमा आधारित वातावरण तथा वन्यजन्तु संरक्षण अभियानमा लाग्नु भएका लामाले ‘फ्यूचर फर नेचर अवार्ड २०२४’ प्राप्त गरेपछि उनी दोस्रो पटक सम्मानीत भएका हुन्।
हिमाली क्षेत्रमा पाइने हिउँ चितुवाको अध्ययन अनुसन्धानमा योगदान पुर् याएबापत सो अवार्ड लामाले उक्त अवार्ड प्राप्त गरेका हुन्।
उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जंगली चौँरीलगायत जनावर र वातावरण संरक्षणमा समुदायमा आधारित भएर योगदान गरेकाले उनलाई अवार्ड प्रदान गरिएको फ्युचर फर नेचर फाउन्डेसनले जनाएको छ।
अवार्डको राशि ५० हजार युरो रहेको छ। लामाले वर्ष २०२३ मा सोही जनावरको सम्बन्धित ठाउँमा गएर अध्ययन गरेपछि फ्युचर फर नेचर अवार्ड २०२४ फेब्रुअरी २९ मा प्राप्त गरेका हुन्।
नेपालसहित विभिन्न देशका २ सय ५० जना मध्येबाट हुम्लाका लामासहित तीन जना पुरस्कृतको नाम फ्युचर एन्ड नेचर फाउन्डेसन नेदरल्याड्सले सार्वजनिक गरेको छ। लामा लामो समयदेखि जंगली जनावर र मानव समाजबीचको द्वन्द्व न्यूनीकरणमा लाग्दै आएका थिए।
उनी सन् २०१४ देखि उच्च हिमाली क्षेत्रका वन्यजन्तुको अध्ययन र संरक्षणमा संलग्न छन्। अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरेका उनले गत वर्ष विश्व वन्यजन्तु कोष ९डब्लु डब्लु एफ० को विश्व चर्चित ‘रोलेक्स अवार्ड’ पनि पाएका थिए।
संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान गर्ने विश्वभरका व्यक्तिबाट छनोट गरी सोही फाउन्डेसनले लामो समयदेखि अवार्ड प्रदान गर्दै आएको छ।
हुम्लाका लामा यो अवार्ड प्राप्त गर्ने पहिलो नेपालीका रुपमा रहेका छन्। हिमाली वातावरण र वन्यजन्तुको संरक्षणका लागि रिञ्जिनले जनचेतना अभियान र स्थानीयको सहभागिताका लागि विशेष काम गर्दै आएका छन्।
संरक्षणका अभियानमा उनले विशेष गरी महिलाको सहभागितालाई जोड दिँदै आएका छन्। लामाले जिल्लामा भएको लोपोन्मुख वन्यजन्तुको संरक्षण र प्रवद्र्धनमा समेत योगदान दिँदै आएका छन्।