सिमकोट । हुम्लामा रहेको लामा साँस्कृतिक मच्चको अध्यक्षमा छेपाल दोर्जी लामा निर्विरोध निर्वाचित भएका छन् ।
सिमकोटमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट लामा निर्विरोध निर्वाचित भएका हुन् ।
साँस्कृतिक मञ्च हुम्लाको अध्यक्षमा लामा सहित ११ जना सदस्य निर्वाचीत भएका छन् । जसमा उपाध्यक्षमा प्रेम बहादुर लामा, कोषाध्यक्षमा छिरिङ पाल्मु लामा, सचिवमा सूर्य बहादुर लामा सहित सह सचिवमा स्याराप छिरिङ लामा सहितका अन्य सदस्य पदाधीकारी चयन भएको जानकारी प्राप्त भएको छ ।
आजै भएको चौथो अधिवेशनका अध्यक्ष तथा निवर्तमान अध्यक्ष धर्मानन्द लामाको अध्यक्षतामा र सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को प्रमुख आथित्यमा यो कार्यक्रम सञ्चालन भएको थियो । चौथो जिल्ला अधिवेशन कार्यक्रममा आफ्नो कार्यकालमा भएको कार्य प्रगती प्रतिवेदनको विवरण प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशिला रोकाया भामले लामा सांस्कृतिक मञ्चले एकदमै राम्रो काम गर्दै आएको बताइन्। अहिलेको अवस्थामा चाहिने भनेको पारदर्शिता हो । जिल्लाका दुई वटा गाउँपालिकाका बासिन्दा एउटै ठाउँमा बसेर एकताको भावना र एकताको सन्देश सधैंभरी रहिरहोस भनी लामा समुदायको मित्रताको भावना कहिल्यपनि नटुटोस भनेर शुभकामना दिए । आफ्नो तर्फबाट सक्ने जति सहयोग गर्ने प्रतिवद्धता उपाध्यक्ष रोकाया (भाम)ले व्यक्त गरेकी छन् ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारीले लामा सांस्कृतिक मञ्चले आफ्नो धर्म र संकृतिको संरक्षण गरेको बताए । यो समुदायले एकता र सदभावको प्रतिकको रुपमा काम गरेको अध्यक्ष भण्डारीको भनाई थियो । धन र विद्या भन्दा ठुलो सभ्यता र पहिचान भएको बताउँदै अध्यक्ष भण्डारीले जानकारी दिए ।
उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, प्रहरी निरिक्षक नरेन्द्र चन्द, सामाजिक विकास कार्यलयका प्रमुख हर्क बहादुर बस्नेत, सदरमुकाम सिमकोटमा बसोबास गर्दै आएका लामा समुदायका नागरीक लगायत सञ्चारकर्मीको उपस्थित रहेको थियो ।