सिमकोट । कर्णाली र सुदूरपश्चिम प्रदेशका १९ वटा स्थानीय तहमा सर्वेक्षण गरिएको व्यावसायिक वातावरण सूचाकांक २०२४ को श्रेणीका आधारमा हुम्लाको सिमकोट गाउँपालिका पहिलो भएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ग्रेप परियोजना मिलेर सर्वेक्षण गरेको थियो।
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले सर्वेक्षणमा सिमकोट गाउँपालिका पहिलो भएको जानकारी दिए।
कर्णाली र सुदूरपश्चिम गरी दुई प्रदेशका १९ वटा स्थानीय तह, स्थानीय आर्थिक कार्यसम्पादन, स्थानीय आर्थिक सुशासन, पूर्वधार, व्यावसायिक भावना, व्यावसायिक गतिशिलता, व्यवसायका सेवा, दिगोपना, जलवायुमैत्री वातावातरण लगायतका उपसूचाकांकहरूको सर्वेक्षण गर्दा सिमकोट गाउँपालिका पहिलो भएको हो।
व्यवसायिक वातावरण सूचाकांक २०२४ सार्वजनिक तथा राष्ट्रिय गोष्ठीमा सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीले पहिलो भएको पुरस्कार तथा सम्मानपत्र प्राप्त गरेका थिए।
उपस्थित हुन नसकेका स्थानीय तहले भर्चुअल जुममार्फत् सहभागिता जनाएको अध्यक्ष भण्डारीले जानकारी दिए।
सर्वेक्षणमा सिमकोट गाउँपालिकाले ५८ प्रतिशत ल्याएर पहिलो भएको छ ने बहताल गाउँपालिका २७ प्रतिशत लयाएर उन्नाइसौं अर्थात् पुछारमा रहेको छ।
उक्त कार्यक्रममा जर्मन राजदूत, फिडल्याण्ड राजदूत, युरोपियन युनियनका प्रतिनिधि, मन्त्रालयका सहसचिव लगायत सबैको उपस्थित रहेको थियो।
सर्वेक्षणका आधारमा सिमकोट पहिलो, अमरगडी दोस्रो र धनगडी उपमहानगरपालिका तेस्रो स्थानमा रहेको छ।
यसैगरी, खार्पुनाथ गाउँपालिका सातौं स्थानमा रहेको छ। हुम्लाका दुईवटा गाउँपालिका मात्रै व्यावसायिक वातावरण सूचाकाकं २०२४ मा पर्न सफल भएका छन्।