दैलेख । कर्णाली प्रदेशका कालिकोट र जुम्ला जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिने वातावरणीय अध्ययन सम्बन्धि तालिम प्रदान गरिएको छ ।
युएसएआइडीको जलजंगल परियोजनाले जुम्लाको सदरमुकाम खलंगा र दैलेखको राकम कर्णालीमा उक्त तालिमप्रदान गरिएको परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत विनोदकुमार शाहीले जानकारीले जानकारी दिनुभयो ।
‘कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत वन अनुसन्धान तथा तालिम केन्द्र र जल जंगलले संयुत्तः रुपमा आयोजना गरेको जुम्ला जिल्लाका जिल्ला समन्वय समितिका पदाधिकारी, जिल्लाका आठवटै स्थानीय तह, कालिकोट जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, ईन्जीनियर, वन, वातावरण एबम् विपद व्यवस्थापन शाखा प्रमुख, डिभिजन वन कार्यालय, जिल्ला जलाधार व्यवस्थापन कार्यलय, सामुदायिक वन उपभोक्ता महासंघ, क्रियाशिल प्रत्रकार र सरोरकारवाला निकायहरुको सहभागितामा तालिम सम्पन्न भएको छ’, परियोजना अधिकृत शाहीले नेपालवोटसँग भने, ‘प्रशिक्षणमा वन तथा वातावरण मन्त्रालयका उप सचिव कमलराज अर्याल, जल जंगल परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत बिनोद कुमार शाहीे र वातावरणविद निरञ्जन श्रेष्ठ लगायतले सहजिकरण गर्नु भएको छ ।’
तलिमका सहभागीहरुले जैविक विविधता एवम प्रकृतिक संरक्षणका कार्यक्रमहरु संघ, प्रदेश र स्थानीय तहका सरकारबिच समन्वय र सहकार्य हुन जरुरी रहेको बताए साथै सहभागी स्थानिय जनप्रतिधीहरुले कर्णाली प्रदेश अन्य प्रदेशको तुलानमा जैविक विविधताले भरिपूर्ण प्रदेश भएपनि जैविक विविधता, प्रकृति संरक्षण र विकास निमार्णका कार्यहरुलाई अघि बढाउन चुनौतीपूर्ण भएको र कतिपय विकास निमार्णका कार्यहरु वातावरण अध्ययन बिनै गर्नाले वन संरक्षण र दिगो विकासमा समस्या आएको प्रतिक्रिया दिएका छन् ।
तालिममा स्थानीय तहका जनप्रतिनिधिहरुले विकास निर्माणका कार्य गर्दा वातावरणिय पक्षहरुको महत्वपूर्ण भुमिका हुने, वातावरणिय पक्षलाई ध्यान दिंदा विकास निर्माणका कार्यहरु दिगो हुनुका साथै वातावरणिय कानुनको प्रभावकारी कार्यन्वयनका लागि समेत तालिमको औचित्यता रहेको जनाएका थिए ।