सिमकोट । सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारी नेतृत्वको पालिकाको टोलीले सिमकोट विमानस्थलमा सरसफाई गरेको छ ।
सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला भाम रोकाया, वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृतलगायतको टोलीले बुधबार बिहान विमानस्थल परिसर भित्रका पार्किङ, रनवे लगायत आसपासका ढल सरसफाइ गरिएको छ । यसैगरी सरसफाई गर्नेक्रममा विमानस्थलभित्र उम्रेका झारपात उखेलेर फालिनुका साथै सरसफाइ गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताउनुभयो ।
बुधबार विहान जहाज अवतरण नगरेको समयमा विमानस्थलको फोहोर सफा गरिएको उहाँले बताउनुभयो । सरसफाइमा सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया (भाम), उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी लगायतको सहभागीता रहेको थियो ।
गाउँपालिकाले सिमकोट बजार क्षेत्रको फोहोर हरेक शुक्रबार शनिबार उठाउँदै आएपनि यो पटक भने विमानस्थल सहितका आसपास क्षेत्र दुर्गन्धित भएको जनगुनासो आएपछि गाउँपालिकाको अगुवाइमा सरसफाइ गरिएको अधिकृत रोकायाले बताउनुभयो ।
एर्पोट चोक, मुग्र (तीनधारा) सहितका क्षेत्रमा सरसफाइ गरिएको उहाँले बताउनुभयो । यस आसपासमा जिल्ला भित्रीने स्वदेशी तथा विदेशी पर्यटकले नाथ थुनेर हिड्नु पर्ने अवस्था शृजना भएपछि सरसफाइ गरिएको हो । बुधबार विहानको सरसफाइमा तीन वटै सुरक्षा निकायको सहभागीता रहेको थियो ।
नेपाल प्रहरी, नेपाल सेना, सशस्त्र प्रहरी बल, सिमकोट गाउापालिका, विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, उद्योग बाणिज्य संघ, नागरीक समाज, राजनिती दल , सञ्चारकर्मी लगायतले सरसफाइ गरेका थिए । उक्त सरसफाइमा भने सिमकोटमा रहेका व्यवसायी र होटेल व्यवसायीको अनुपश्थित रहेको थियो । सिमकोटका प्राय चोकमा बढी जसो फोहोर व्यवसायीले गर्दै आएका छन् । भने आफ्नो विभिन्न चोकमा लिएर थुप्रार्दै आएका छन् ।