काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्व असक्षम घोषित भएको छ । तीन बर्षे कार्यकाल पूरा गरेको २ महिनापछि पछि महासंघको नेतृत्वले तोकिएको मितिमा निर्वाचन नगरी असक्षम रहेको प्रमाण दिएको हो ।
नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनले आज अर्थात जेठ २६ का लागि निर्वाचनको मिति तोकेको थियो । तर शुक्रवार अर्थात जेठ २५ गते कामचलाउमा परिणत भइसक्नु भएका अध्यक्ष बिपुल पोखरेलले बिज्ञप्ती जारी गरी महाधिवेशनले तोकेको मितिमा निर्वाचन नहुने घोषणासहित बिज्ञप्ति जारी गर्नुभएको छ ।
आफ्नो कार्यकाल लम्ब्याएर अनन्त कालसम्म अबैध शासन चलाउने योजनाका साथ आफू निकट संगठनको आडमा अध्यक्ष पोखरेलले लोकतन्त्र खतरामा पर्ने भन्दै चुनाव नगर्ने योजना सुरुदेखि नै गर्नुभएको आरोप छ । बिज्ञप्ति जारी गरेर चुनाव रोकेसँग पोखरेलले आफूसँगै महासंघमा रहेका सवैलाई असक्षम सावित गरिदिनु भएको छ ।
गत बैशाख २१ मा सम्पन्न नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनले आजका लागि निर्वाचन मिति तोकेको थियो । तर शुक्रवार मात्र निर्वाचन स्थगित गरिएको छ ।पोखरेलले आफ्नो कार्यकाल लम्ब्याउन र असारे हिसाव किताव मिलाउन आफू निकटका साखा अध्यक्षहरुको माग रहेको कारण असार दोस्रो सातासम्म निर्वाचन हुने बताएर आजकालागि तय भएको निर्वाचन स्थगित गर्नुभएको हो ।
तर उहाँले आफ्नो पोल खेल्ने भन्दै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्शमा अर्को मिति तय हुने बहाना बनाउनु भएको छ । पोखरेल सुरुदेखि नै आगामी माघ अगाडि चुनाव नगर्ने र नेपाल पत्रकार महासंघका आफू निकट संगठनले जित्ने अवस्था नहुँदासम्म चुनाव नै नगर्ने भित्री योजनामा रहनुभएको समेत पदाधिकारीबाटै पोल खुलेको छ ।
पोखरेलकै निर्देशनमा अहिलेसम्म उहाँ निकट संगठनबाट निर्वाचित शाखा अध्यक्षले निर्वाचन समिति गठन गरेको छैन भने अध्यक्षको मर्यादा भुलेर पोखरेलले आफू निकट संगठनका गैर पत्रकारलाई भकाभक सदस्य बनाउने काम गरिरहनु भएको आरोप लागेको छ ।
पोखरेलले बिज्ञप्तिमा निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउन आग्रह गरेको नाटक पनि गर्नुभएको छ । यता पत्रकार महासंघका सदस्यहरुले भने चुनाव गर्न असक्षम भएपछि तत्कालै महासंघको केन्द्रीय कार्यालय छाडेर घर फर्कन चेतावनी दिएका छन ।