सिमकोट । देविदेवताको शक्तिपिठमा धामी नाच र देउडा खेल खेल्दै हुम्ला लगायत कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा अनन्ते पूर्णीमा धुमधामका साथ मनाइएको छ ।
भाद्र शुक्लपक्षको एकादशी तिथिको रातीबाट कर्णाली अञ्चलको पाँचवटै जिल्ला हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा र सुदूरपश्चिम प्रदेशको बाजुरा दार्चुला लगायतका जिल्लाहरुका विभिन्न देवी देवताका माडु (मन्दीर)मा पुजाआजा र देउडा नाच नाचेर अनन्ते पूर्णीमा (माज पुर्णीमा) मनाइएको छ ।
चर्तुदशीको दिनबाट बिशेष देवताको पुजा आरधनाबाट सुरु गरिएको अनन्ते पुर्णिमा अधिकांश माडुहरुमा कूल देवताका धामी नाचको नाच प्रर्दशन गर्ने काम भएको छ ।
जिल्लाको अदानचुली गाउँपालिकाको वडा नम्बर १ को महतारा गाउँ, २ को माझखाडा, ४ कोलौठी, ५ को काँखे खार्पुनाथको लाली र छिप्रा, सिमकोटको सिमकोट, ठेहे, स्याँडा, सर्केगाडको मैला, रामा, पादा, मुगु जिल्लाको शोरु गाउँपालिकाको भिई, धैन लगायतका क्षेत्रमा विषेश रुपमा यो पूर्णीमा मनाइएको हाम्रा स्थानीय समचारदाताहरुले पठाएको खबरमा उल्लेख गरिएको छ ।
अन्यत्र तिथि अनुसार मंगलबार नैं पूर्णीमा मनाउने काम भएपनि कर्णालीमा बुधबार मात्र पुर्णीमा मनाइएको छ । बुधबार बिहानै देखि देवताका माडुमा भत्तजनहरुको भिड लगोर पुजाआजसहित देउडा खेल र धामी नाच प्रदर्शन गरेर पूर्णीमा मनाउने काम भएको छ ।
हुम्लाको अदानचुली गाउँपालिकाको वडा नम्बर तल्लो कल्खेमा विषेश गरी मनाई माज पूर्णीमाको अवसरमा खुला देउडा खेलको आयोजना गरिएको स्थानीय दत्त महताराले जानकारी दिनुभयो । उनका अनुसार बिहानै देखि गाउँपालिकाका देउडा खेलाडी राजबहादुर दानी, धञ्जे परियार, राजबहादुर बुमी लागयतका देउडा खेलाडीहरुले दिनभर विभिन्न समुहमा देउडा खेल खेलेका हुन् । अदानचुली वडा नम्बर १ को आयोजनामा खेलको आयोजना गरिएको बताइएको छ ।
अदानचुलीको वडा नन्बर ४ अन्त्रगत पर्ने लौठी पाम्समा मध्यन्नबाट धामी नाच शुरु भएको छ । सोही मेलाबाट जात्रो श्रीनगर आएर मौलामा धामी नाच प्रर्दशन गरिएको छ ।
परम्परागत शैलिमा दमाहको बाजाको तालमा फरक देवताले फरक–फरक चालमा धाम नाच देखाउन गरेको पाइएको छ । सोही धामी नाच हेर्नका लागि बिभिन्न ठाउँबाट भत्तजनहरुको जात्रो समेत आउने गरेको जनाइएको छ । पुर्णिमा तिथिमा धाम नाच हेर्न नागरीकहरु न्या कपाडाका साथै बिभिन्न भेषमा देखिने गरेको पाइएको छ ।