सिमकोट । बिहानी र दिवा सिप्mटमा पढाई सञ्चालन गर्ने गरी हुम्लाका विद्यालयको पठन पाठन शुरु भएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको डरले गएको चैत ५ गते लागु गरेको बन्दाबन्दीले पूर्ण रुपमा बन्द भएका विद्यालयको पठनपाठन शूचारु भएको छ । कोरोना संक्रमणको संभावित त्रासका कारण सरकारले तय गरेको संभावित संक्रमणबाट बच्ने सुरक्षा बिधि अपनाउदसिमकोट स्थित मानसरोवर नमुना माध्यमिक विद्यालयका प्राचार्य अमरबहादुर शाहीले जानकारी दिए ।
प्रचार्य शाहीका अनुसार सिमकोट गाउँ कार्यपालिकाको निर्णय अनुसार पालिकाभरका २८ वटा विदालयले आज (बिहिबार) बाट पठनपाठन शुरु गरेका हुन् । सिमकोट गाउँपालिका अन्तरगतका विद्यालयमा पठनपाठन शूचारु भएसँगै जिल्लाका चार वटा गाउँपालिकाका विद्यालयमा पढाई शुरु भएको छ ।
हुम्ला कोरोना संक्रमण मुक्त जिल्ला भएकाले सम्बन्धित गाउँपालिकाको निर्णय अनुसार लकडाउन ुरु भएको चार महिना १७ दिन पछि आजदेखि विद्यालय शूचारु भएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए । गाउँपािलकाको कार्यपालिकाको निर्णय अनुसार अजादेखि आठ वडामा भएका २३ सामुदायिक र ५ वटा संस्थागत विद्यालय गरेर २८ वटै विद्यालयको पठनपाठन शुरु भएको अध्यक्ष लामाले जानकारी दिए ।
आजदेखि पठनपाठन शुरु भएका विद्यालयमा एक बेन्चमा दुई जना बस्ने, शिक्षक र विद्यार्थीलाई अनिवार्य माक्स लगाउने र सेनिटाइजर प्रयोग गर्ने व्यवस्था गरिएको वालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलास रोकायाले जानकारी दिए ।
सिमकोटका वद्यालयमा पठनपाठन शुरु भएसँगै जिल्लाका चार वटा स्थानीय तहका एक सय ४२ सामुदायिक र एक दर्जन निजि विद्यालयको पठनपाठन शूरु भएको हो । जस मध्ये खार्पुनाथका १७, नाम्खाका १६ र ताँजाकोट गाउँपालिकाका १८ वटा विद्यालयमा यस अघि नै पठन पाठन सुरु भै सकेको छ । अब हुम्लाका नाम्खा, खार्पुनाथ, सिमकोट र ताँजकोट लगायतका गाउँपालिकाका ७९ विद्यालयमा पठन पाठन सुरु भएपछि पचपन्न प्रतिशत विद्यालयमा पठन पाठन सुरु भएको हो । भने सर्केगार्ड, चंखेली र अदानचुली गरी तीन गाउँपालिकाका ७३ वटा विद्यालयमा पठन पाठन हुन बाँकी रहेको छ ।