सिमकोट । बढ्दो कोरेना संक्रमणको रोकथाममा जिल्लाका सरोकारवाला निकायले ध्इान नदिएको भन्दै हुम्ला नागरिक सञ्जालले ध्यानाकर्षण गराएको छ ।
पछिल्लो सयम देशका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको उल्लेख गर्दै यस अघि जिल्लाका विभिन्न स्थानमा स्थापना भएका हेल्थ डेक्सलाई सक्रिया बनाउन आग्रह गरेको छ ।
सञ्जालका अध्यक्ष गणेश महतको अध्यक्षतामा बसेको बैठकले थप जिल्ला बाहिरबाट हवाई र स्थलगत मार्ग भएर आउने नागरिकहरुको स्वास्थ्य परिक्षण गर्दै आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ । लामो समयदेखि आरटी पिसिआर परिक्षण नभएकाले जिल्लामा संक्रमित भए नभएको एकिन हुन नसकेको उल्लेख सञ्जालले जिल्लाका स्थानीय निकाय, प्रशासन र प्रदेश सरकारलाई परिक्षणको दायरा बढाउन आग्रह गरेको छ ।
हवाई मार्गबाट काठमाडौं, नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रुहरुलाई सिमकोट विमानस्थलमा कम्तीमा स्वास्थ्य परिक्षण गर्ने र यात्रुको विवरण संकलन गर्ने व्यवस्थाका लागि जिल्लाका सरोकारवाला निकायलाई आग्रह गर्ने निर्णय गरियो ।
क्वारेन्टिनको व्यवस्था गर्न आग्रह
बाहिर जिल्लाबाट आउने व्यक्तिलाई सरकारी मापदण्ड अनुसारको क्वारेन्टिनको व्यवस्था गर्न जिल्लाका सबै स्थानीय तहलाई आग्रह गर्ने निर्णय गरेको सञ्जालका संयोजक गणेश महतले जानकारी दिए ।
जिल्लामा एउटा क्वारेन्टिनको समेत व्यवस्था गर्न सकिएको छैन्, बैठकमा सहभागि भएका जिल्ला अस्पताल हुम्लाका डा. टसी लामाले भने, हामीले आरटी पिसिआरको परिक्षण गर्दा कुनै संकाष्पद केस वा पोजेटिभ देखिएमा त्यस्ता व्यक्तीलाई राख्नकै लागि पनि तत्काल क्वारिन्टनको व्यवस्था गर्नु पर्ने अवस्था छ ।
शुरुमा हरेक गाउँमा एक क्वारेन्टिनको व्यवस्था गरेका स्थानीय तहले अहिले एक क्वारेन्टिन पनि सञ्चालनमा नल्याएकोमा समस्या भएको उल्लेख गर्दै डा. लामाले तत्कालै जिल्ला सदरमुकाम सिमकोटमा कम्तीमा एक क्वारेन्टिन सञ्चालनमा ल्याउनु पर्ने बताए । यसअघि जिल्ला सदरमुकाम सिमकोटको रानीवनमा भएको (पुरानो चित्ता अस्पताल भएको भवन) स्थानमा क्वारेन्टिको व्यवस्थापन गरिएपनि पछिल्लो समय क्वारेन्टिनमा राख्ने वा नराख्ने बारेमा घरधनी बिजय लामासँग परामर्श नभएको भन्दै दिन नमानेपछि क्वारेन्टिन बिहिन भएको उल्लेख गरेका जिल्लाका नागरिकले तत्काल जिल्ला सदरमुकाम सिमकोटमा क्वारेन्टिनको व्यवस्था गर्न आग्रह गरे ।
नागरिक सवाल उठाउन सात सदस्यीय कार्यदल
जिल्लाका नागरिकका सवाललाई उठान गर्न र सरोकारवाला निकायसँगको समन्वय तथा सहकार्यका लागि सात सदस्यीय कार्यदल गठन गरिएको छ । जिल्लाका नागरिक अगुवाहरु सम्मीलित सञ्जालको बैठकले सात सदस्यीय कार्यदल गठन गरेको छ ।
सञ्जालका अध्यक्ष तथा नेपाल रेडक्रस शोसाइटी हुम्लाका सभापती गणेश महतको संयोजकत्वमा, हुम्ला उद्योग बाणीज्य संघका जिल्ला अध्यक्ष नाम्ग्याल तामाङ, नेत्र ज्योती संघका हुम्लाका अध्यक्ष नरबहादुर रोकाया, जिल्ला अस्पताल विकास समिति अध्यक्ष छेपालजदोर्जे लामा, रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर तथा नेपालबोटका प्रधान सम्पादक नवराज महतारा, आधार विकास नेपालका शिक्षा अधिकृत कञ्जोक लामा र हिमाली शिक्षा र विकासहेड नेपालका अध्यक्ष छिटुप लामा रहेको संयोजक महतले जानकारी दिए । उनका अनुसार कार्यदलले जिल्लाका सरोकारका विषयको उठान गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन पहल गर्नेछ ।
सचिवालयको जिम्मा नापोलाई
बैठकले नागरिक समाज सञ्जालको सचिवालयलाई परिवर्तन गर्ने निर्णय गरेको छ । एक वर्ष एक मिहना सञ्जालको सचिवालयको जिम्मा लिएको हिमाली शिक्षा र विकास (हेड) नेपाल)ले सफलता पुर्वक सफलता पुर्वक बहन गरेको भन्दै धन्यवाद ज्ञापन गर्दै अबको एक वर्षसम्मका लागि नेपाल अष्ट्रिया साझेदारी संस्थामा राख्ने निर्णय गरेको छ ।
बैठकमा सञ्जालका संयोजक गणेश रावतले यसअघि सचिवालयको जिम्मेवारी लिएको हेड नेपालकातर्फबाट अध्यक्ष छिटुप लामालाई खादा लगाएर बिदाई गरे भने नयाँ सचिवालयका लागि नापोका अध्यक्ष छेपालदोर्जे लामालाई खादा लागएर माइनट हस्तान्तरण गरे ।