सिमकोट । नेपाल प्रहरीलाई समुदायमा घुलमिल गर्न २०६२ सालमा स्थापना गरिएको नेपाल प्रहरी सामुदायिक सेवा केन्द्रलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सहमती भएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लामा आयोजना गरिएको केन्द्रको बैठकमा समुदाय सेवा केन्द्रलाई जिल्लाका समाजिक विकृती विरुद्धको अभियान सञ्चालन गर्ने निकायका रुपमा विकास गर्ने निर्णय भएको केन्द्रका अध्यक्ष नैंनसिंह रावतले जानकारी दिए ।
रावतको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रहरी कार्यालय हुम्लामा आउने सामान्य विवादको समाधान गर्ने देखि जिल्लाका सामाजिक विकृती विरुद्धका अभियान सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुर्य प्रकास सुवेदीले जानकारी दिए ।
पछिल्लो समय निकै निस्क्रीय भएको सामुदायिक सेवा केन्द्र हुम्लाको कार्यालयकै भाडा तिर्न समस्या भएको उल्लेख गरेका अध्यक्ष रावतले आगामी दिनमा केन्द्रलाई कसरी सञ्चालन गर्ने भन्ने बारेमा सल्लाह भएको जानकारी दिए ।
बैठकले सेवा केन्द्रको कोष विद्धी गर्न जिल्लाका सरोकारवाला निकायसँग समन्वय गर्ने, जिल्लामा भएको सामान्य झै झगडाको मेलमिलाप गर्न सामुदायिक सेवा केन्द्रमा पठाउने र केन्द्रलाई नविकरण गर्ने निर्णय गरेको नेपाल प्रहरी हुम्लाका प्रमुख सुवेदीले नेपालबोटलाई जानकारी दिए । उनका अनुसार केन्द्रले जिल्लाका सबै जनप्रतिनिधि, नागरिक संघसंस्थाका पदाधिकारीलाई सदस्यता प्रदान गर्ने र समाज सुधारका अभिायन सञ्चालन गर्न थप कार्य योजना निर्माण गर्ने बारेमा छलफल भएको छ ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरि, नेपाली कांग्रेसका जिल्ला पार्टी सभापती जयपति रोकाय, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, समकोट गाउँपालिका वडानम्बर ४, ५ र ६ का वडाअध्यक्षm हुम्ला उद्योग बाणीज्य संघका अध्यक्ष नाम्ग्याल तामाङ, नेपाल पकार महासंघका जिल्ला अध्यक्ष अर्जुन बोहरालगायतका जिल्लाका अगुवाको सहभागित रहेको थियो ।