सिमकोट । बुधबार साँझ सर्केघाड गाउँपालिका ७ अन्तरगत रोडिकोट ठूलागाउँको वामनबाडामा लागेको आगोले ६ जनाको सर्वोश्व गुमेको छ ।
स्थानीय जोखे जैशीलेको घरबाट शुरु भएको आगोले उनको तीन तले कच्ची घर पूर्णरुपमै खरानी भएको छ ।
आगो सल्कीएपछि निरन्तर आठ घण्टासम्म लागेको आगोमा परेर हरिभक्त जैशी, मथना जैशी, रुपकला जैशी, अपिलाल जैशी र देवसिहं जैशीको तीन/तीनतले कच्ची घर पुर्णरुपमा क्षती भएको घटना स्थलमा खटिएको सर्किदेउ प्रहरी चौकीको टोलीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार अगालागीबाट ठूलोगाउँको बामनबाडामा सुवाश जैशी, साउनी जैशी प्रवजन जैशीको घर आंशिक रुपमा क्षती भएको छ । आगो शुरु भएको घरबाट अर्को घरमा आगो जान नदिनका लागि विभिन्न प्रयास गर्ने क्रममा घरभित्र भएको अन्नपात, लत्ताकपडा बचाउने क्रमम गाउँका अन्य ९ घरमा आंशिक क्षती भएको वडा अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए ।
“बिहिबार बिहान २ बजे आगो नियन्त्रणमा आएपछि गाउँलेको गोठमा बसेका अग्नी पिडितलाई छाक टार्न समेत निकै सकस भएको छ । घरको सबै सामान खरानी भयो, अग्नी पिडित रुपकला जैशीले रुदैं नेपालबोटसँग टेलिफोनमा प्रश्न गर्दै भनिन्, “आगोले हाम्रो त उठिवास लायो, अब कतिदिन मागेर परिवार पालिने ? आज बिहान गाउँका आफन्तले दिएको रोटी र भात खाएर छाक टारेको बताएकी जैशीले यो रातपनि के गरेर काट्ने भन्ने बारेमा आत्म रोएको छ ।”
फोन र विभिन्न सञ्चार माध्यमबाट आफूलाई रातह दिने कुरा नेता र मन्त्रीबाट आएको भएपनि अहिलेसम्म कतैबाट पनि केही नआएको भनाई उनको छ । “शरिरमा लगाएको कपडा पनि आगोले खाएर धुजाधुजा भएको छ । उनले थपिन अब फेरौ भने कपडा छैन् खाउ भने अन्नको दाना छैन् बच्चाहरु भेक लाग्यो भन्छन् कहाँ गएर के गर्नु , आगोले त हामीलाई मर्नु न बाँच्नु गर्यो,” जैशीले थपिन ।