सिमकोट । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आगलागी पिडितहरुलाई प्रदेश सरकारसँगै भएकाले आगलागीबाट भएको क्षतीका बारेमा चिन्ता नमान्न आग्रह गरेका छन् ।
आगलागी पिडितहरुलाई प्रदेश सरकारकोतर्फबाट प्रदा गरिएको राहत सामाग्री हेलिकोप्टरमा लिएर आज रोडिकोटको ठूलागाउँ पुगेका मन्त्री रावलले जनप्रतिनिधिका रुपमा आफुहरुलाई निर्वाचित गरेर पठाएकाले आफूहरुले जस्तोसुकै दुःखमा साथ दिने आश्वाशन दिए ।
“सुख र दुःखमा साथ दिनकै लागी हामीलाई तपाईहरुले अमूल्य भोट दिएर निर्वाचित गराउनु भएको छ,” अग्नी पिडिहरुलाई संवोधन गर्दै उनले भने, “हामी तपाईको जस्तोसुकै समस्यामा पनि साथमै छौ, चिन्ता नमान्नु होला ।”
देशभर बाढी र पहिरो गएको बेला रोडिकोटमा भिषण आगालागी भएर ठूलो क्षती हुनु दुःखत भएको बताएका मन्त्री रावलले आगलागीमा मानविय क्षती नहुनु सुखत पक्ष भएको उल्लेख गरे । “आगालगी बाट पूर्ण क्षती भएका ६ घर परिवार र आंशिक क्षती भएका ९ घर परिवारका लागि तत्काल प्रदेश सरकारले प्रारम्भीक राहत ल्याएको छ । यसमा कुनै खालको समस्या पर्न नदिन प्रदेश सरकार तपाईहरु सँगै छ, चिन्न नलिन म आग्रह गर्दछु,” उनले थपे ।
स्थानीय सरकार, प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका रावलले आगलागी पिडितहरुको स्थायी व्यवस्थापनका लागि संघीय सरकार समेत सकरात्मक भएको उल्लेख गरे ।
हेलिकोप्टरबाट मन्त्री रावलले अग्नी पिडितहरुका लागि २० थान त्रिपाल, १०० थान कम्मल, ८० थान म्यट्रेस, २५ थान हाइजिन किड्स,२५ २५ थान प्लाष्टिकको कबाल्टीन र गज वितरण गरेका छन् । त्यसैगरी प्रदेश सरकारको तर्फबाट मन्त्री रावलले ७ थान भाँडा सेट, १०० किलो दाल, ५० किलो नुन, ४६ जोर कपडा,४० पोका खाने तेल, र ४४ बोरा चामल वितरण गरेको बताए ।
आगालगी भएको चार दिन पछि मन्त्री रावल आज आगलागी स्थल पुगेका हुन् । बुधबार राती लागेको आगा स्थानीय जोखे जैशीको घरबाट शुरु भएको आगोले बामनबाडाका १५ घरमा क्षती भएको छ । तत्काल खान र बस्न समइा भएकाहरुका लागि स्थानीय सर्केघाड गाउँपालिकाले बिहिबार राहत प्रति घर १२ हजारको दरले राहत वितरण गरेको सर्केघाड १ का वडा अध्यष गोकुल बुढाले जानकारी दिए ।