सिमकोट । कर्णाली प्रदेश सभाका प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले चार्डपर्वको रमझम भन्दा सरसफाइलाई ध्यान दिन आग्रह गरेका छन् ।
एक महिनादेखि गृह जिल्ला हुम्लामा रहेका पुर्व मन्त्री समेत रहेका नेता शाहीले हिमाली जिल्ला हुम्लामा समेत कोरोना संक्रमिणको प्रभाव बढ्दै गएको उल्लेख गदैं दशैं र तिहारको समयमा विषेश रुपले व्यत्तिःगत, पारिवारिक तथा सामुदायिक सरसफाइमा ध्यान दिन आग्रह गरे ।
महामारीको अवस्थामा कसैलेपनि नाख, मुख, आँखा छुन नहुने, विश्व कोरोना महामारीका विच दशै मनाउदा टिका नलगाई आफ्नो तथा घर परिवारको सरसफाइमा वढी जोड दिदैं नेपाली कांग्रेसका केन्द्रिय सदस्य शाहीले कोरोनाको संक्रमणले बढी दिर्घ रोगीलाई देखिने भएकाले त्यसबाट सजगता अपनाउन जोड दिए ।
श्रमिकाका बारेमा काँग्रेस सुचना तथा सञ्चार बिभागका सदस्य बसन्त रोकाया, नेपाल शिक्षक संघका अध्यक्ष कैलाश रोकाया, प्रजातान्त्रिक जिल्ला अध्यक्ष कञ्जोक लामा र स्कुल अफ डेमोक्रेसीका प्रदेश सदस्य सुर्यबहादुर शाहीले आफ्नो बिचार राखेका थिए ।
नेपालमा श्रमिकको कदर हुन नसकेकै कारण बिकासले फड्को मार्न नसकेको, आ–आफ्नो पेशालाई मर्र्यादत ढंगले अगाडी बढाउनु पर्ने, यो पेशा मेरो मात्र होइन हाम्रो पेशा हो भनेर अगाडी लाग्ने हो भने त्यहीबाट नेपाली काँग्रेसको भविष्य सुरु हुने नेपाली कांग्रेस हुम्ला जिल्ला कार्यसमिति सभापती जयपती रोकायाले उल्लेख गरे ।
नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा भएको उक्त कायक्रममको अध्यक्षता ट्रेड युनियन काँग्रेसका अध्यक्ष राजन रावतको थियो भने अध्यक्षता र काँग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाहीको प्रमुख आथित्यमा विहिबार दिनको १२ बजे होटेल बिजयमा कार्यक्रम आयोजान भएको हो । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा काँग्रेस उपसभापति कैलाश भण्डारी, सिमकोट गाउँपालिकाका वडा नम्बर ५ का अध्यक्ष कृष्णबहादुर वोहरा, नेपाल शिक्षक संघका कर्णाली प्रदेश उप–महासचिव राजबहादुर ऐडी, कर्मचारी युनियन संघ कर्णाली प्रदेश उपाध्यक्ष मोहनबहादुर शाही, शिक्षक महासंघका कर्णाली प्रदेश उपाध्यक्ष कालीबहादुर शाही, स्कुल अफ डेमोक्रेसीका प्रदेश सदस्यद्धय राजबहादुर रोकाया र सुर्य बहादुर शाही लगाएको सहभागिता रहेको थियो ।