मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मुगु जिल्लाको सदरमुकाम गमगढीका अग्नि पीडितहरुले रुदैं घर निर्माणमा सहयोग गर्न अपिल गरेका छन् ।
कसैले दिएको राहत राख्ने ठाँउ समेत नभएको भन्दै रुदै गुनासो पोखेका छन् । गमगढी स्थित तल्लो बजारमा सोमबार राति १२ः३० बजे आगलागी हुदा २५ घर सहित बहालमा बसेको ५५ गरी ८० घर परिवारका अग्नि पीडितले कर्णाली प्रदेशका मुख्यमन्त्रि जीवनबहादुर शाहीसँग गुनासो गरेका हुन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री चन्द्रबहादुर शाही बुधबार गैर खाद्य सामग्री लिएर नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम गमगढी पुगेका थिए । सो क्रमम पीडितले राहतका सामान राख्ने ठाँउ समेत नहुँदा समस्यम भएको भन्दै प्रदेश सरकारले घर निमार्ण गरिदिन रुदै आग्रह गरे ।
आगलागी भएको स्थानको निरिक्षणमा पुगेका मुख्यमन्त्री शाही सहितको टोलीसमक्ष अग्नि पीडितहरुले आगो निभाउने पानी समेत ब्यवस्था नभएको बिजुली र सञ्चार सेवा समेत अबरुद्ध भएकाले आक्रोस पोखेका थिए । आगलागी भएको स्थान निरिक्षण पश्चात पीडितहरु सँग गरिएको अन्त्रक्रियामा प्राय सबै पीडितले ऋण सापटी गरेर बनाएको घर तथा अन्य व्यवसायका पसल एक छिनमै खरानी भई घरबार बिहिन भएको बताएका थिए । ढुङ्गा माटो पञ्छाउदा लगाउने मास्क समेत उदारो मागेर लगाउने गरेको, शरिरमा लगाउने लुगाफाटो समेत साथी भाईले दिएर लगाउनु परेकोले तत्काल प्रदेश सरकारले घर निमार्ण गर्न सहयोग गरीदिन अग्नि पिडित छिरिङ लामाले आग्रह गरे ।
मुख्यमन्त्री शाही समक्ष सबै अग्नि पिडितहरुले चाँडो भन्दा चाँडो बासकालागि व्यवस्था गरि अभिबावकको भुमिका निर्बाह गर्न रुदै आग्रह गर्दा कार्यक्रममा सहभागिका आँखाबाट आँसु झारेका थिए ।
राहत ल्याएर आएका मुख्यमन्त्री शाहीले अग्नि पीडितहरुकालागि प्रदेश सरकारले गैर खाद्य सामग्री ल्याई पुर्याएको बताए । उनल सो सामानको बितरण प्रक्रिया प्रशासनले गर्ने बताए । प्रदेश सरकारले तत्काल आगलागी भएको स्थानमा खानेपानी बिद्युत, संचार सेवा उपलब्ध गर्नकालागि प्रदेश मातहतका कार्यलयलाई निर्देशन दिएको मुख्यमन्त्री शाहीले बताए । साथै उनले आगलागीबाट क्षति भएका घर निमार्णकालागी प्रक्रिया अगाढी बढाउने प्रतिबद्धता समेत गरेका व्यक्त गरेका छन ।
आगलागीबाट घरबारबिहिन परिवारकालागि तत्काल जिल्ला बिपद ब्यवस्थापन समिति मार्फत गैर खाद्य सामग्री उपल्बध गराउन थालेका भएपनी उनिहरुको चिन्ता ति सामग्री कहाँ राख्ने भन्ने देखिएको छ । टेण्ट हालेर बस्ने ठाँउ समेत नभएपछी सबै प्रदेश तथा स्थानीय सरकारलाई घर निमार्णको पहल गरिदिन पिडित ठिल्ले लामाले आग्रह गरे ।
अग्नि पीडित एकल महिला झोवा लामाले भनिन, ‘ पतिले दुख गरी बनाएको घर एक छिनमै खरानी भयो पतिको मृत्यु पछी जसो तसो गरी टुहुरा बच्चा यही घरमा पालेको थिए । अहिले आगोले घर पुर्ण रुपले क्षति बनाएपछी म टुहुरा बच्चा लगेर कहाँ जाने रु’ सरकारले घर निमार्ण गरिदिए बच्चाको पालन पोषण गर्न सहयोग मिल्ने उनले बताइन।
सोमबार राति भएको आगलागीले ८० घर परिवार घरबिहीन भएपछी ति घर परिवारलाई बजारमा तत्कालै कोठा भाडा समेत पाउन मुस्किल भएको छ । उनीहरुलाई प्रदेश सरकाले आधुनिक खालको टेण्ड सहित अन्य न्यानो कपडा ल्याएको भएपनि टेण्ट कहाँ बनाउने र ति सामग्री कहाँ राख्ने चिन्ता रहेको छ ।