मुगु । हिमाली जिल्ला मुगुमा बलात्कार तथा यौन दुरव्यवहारका घटनामा न्युन रहेका छन् ।
शनिवार आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मुगुले सार्वजनिक गरेको तथ्यांक अनुसार मुगुमा यौन दुब्र्यवहारका घटना न्युन घटेका हुन ।
ईन्सेक मुगुले सार्वजानिक गरेको तथ्यांक अनुसार मुगुमा गत वर्ष भन्दा यो वर्ष बलात्कारका घटना ४ वटा मात्र रहेको र गत वर्ष ११ वटा बलात्कार तथा यौन दुब्र्यवहारका घटना रहेको जनाईएको छ । ११ वटा बलात्कारका घटना नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ मा संकलित गरिएको ईन्सेक नेपाल मुगु प्रतिनिधि जीवन सेजुवालले बताए ।
उनका अनुसार मुगुमा कुटपिट १, बालअधिकार २, महिला विरुद्ध सम्बन्धि ३ दुब्र्यवहार, ४ बलात्कार, बहुविवाह १, घरेलु हिंसा ४, स्वास्थ्य अधिकार १ र राजनितिक अधिकार १ वटा रहेको प्रतिनिधि सेजुवालले बताए ।
मानवअधिकार वर्ष पुस्तकको वार्षिक समीक्षाका कार्यक्रममा यस्ता घटनाहरु लाई सत्य, तथ्य, निक्ष्पक्ष हुनु पर्नेमा जोड दिएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरिक्षक जयसिंह धामिका अनुसार मानव अधिकारको पुस्तक पुस्तक प्रभावकारी हुने हुँदा जिल्लामा संकलित घटना परि घटना जस्ता क्रियाकलाप लाई पारदर्शिता गर्न सुझाव दिए ।