मुगु । कर्णाली प्रदेशको अर्को विकट हिमाली जिल्ला भनेर परिचित हुम्लाका नागरिकहरुले बर्तमान समयमा पनि राज्यको अनुभुति गर्न पाएका छैनन ।
रोग र भोगले बाँचि रहेका हुम्लाका नागरिकहरु अहिले पनि उस्तै अवस्था छ । गरिबी, अशिक्षा, भोकमरी त छदैछ त्यसमा पनि राज्य बाट सहुलियत दरमा प्रदान हुने खाद्यान्न लगायत अन्य सेवामा पनि ठगिन पुगी रहेका छन् ।
नेपाल सरकार बाट सहुलियत मुल्यमा प्रदान गर्ने नुन हुम्ली बासिले त्यो भन्दा बढि मुल्य तिरेर नुन उपभोग गरि रहेका छन् । राज्य बाट नौ रुपैयामा सहुलीयत दरमा बिक्रि वितरण भएता पनि हुम्लाका अधिकांस नागरिकहरु नुनको अलि बढि मुल्य तिरेर नुन उपभोग गरि रहेका हुन ।
हुम्लाको सदरमुकाम सिमिकोट देखि करिब दुई तिन दिनको टाढा गाउँ चंखेलि गाउपालिकाका नागरिक एक पोका नुनको मुल्य १५ रुपैया तिरेर उपभोग गर्न बाध्य भएका छन् ।
हुुम्ला जिल्लाको अन्तिम गाउ र छिमेकि जिल्ला मुगुको पहिलो गाउँ हो बोहोराबाडा र रिमि गाउँ लगायत अन्य गाउहरु पनि । बिशेष गरेर बोहोरावाडा र रिमि गाउका नागरिकहरु अहिले पनि एक पोका नुनको मुल्य १५ रुपैया तिरेर उपभोग गर्न बाध्य भएका हुन ।
स्थानीयका अनुसार राज्यले ९ रुपैयाको सहुलियत दरमा नुन बिक्रि बितरण गर्छ तर यहाँ हाम्रो हुम्लामा एक पोका नुनको मुल्य १० रुपैया लिन्छन् । एक दिनको पैदल यात्रा गरेर पिप्लाङ भन्ने स्थान बाट ल्याएर उपभोग गरेको स्थानीयले बताए ।
नेपाल सरकार बाट ९ रुपैयामा बिक्रि बितरण गर्दे आई रहेको छ हामिले एक पोका नुनको १० रुपैया हाल्छौ त्यसमा पनि ठेकेदारले ढुवानी गरेर एक पोका नुनको १५ रुपैया तिरि उपभोग गरि रहेको हुम्लाको चंखेलि गाउपालिका वडा नं १ बोहोरावाडा गाउका स्थानीय असौजे बोहोराले बताए ।
उनका अनुसार यहा त राम्रो सँग यातायातको सुविधा पनि छैन । फाटफुट रुपमा चल्ने सवारी पनि चालकहरुले मनपरी भाडा असुल्दा आफुहरु मर्कामा पर्ने गरेको बताए ।
हामित राज्य बाट ठगियौ , ठगियौ त्यो सँगै सवारी साधन बाट पनि ठगिएको उनको गुनासो छ ।
एक पोका नुुनको १५ रुपैया हुन्छ भने हाम्रो आयश्रोत के त ? सामान्य मजदुरी गरेर छोराछोरीहरु लाई पठनपाठन गर्न पनि हम्मे हम्मे पर्छ अर्को स्थानीय हर्केबिर बोहाराले बताए ।
एक पोका नुनको मुल्य १५ रुपैया तिर्छो भने अलि बढि नुन निकाले भने कति हो कति । नुनको मल्य महंगो पर्ने भए पछि आफ्नो आर्थिक अवस्था लाई पनि सिर्जना गरेर कहिले त अलुन्या खान पनि बाध्य भएका छौ स्थानीय बोहोराले भने । बाहोरावाडा र रिमि गाउका नागरिकहरुको समस्या लाई सम्बोधन गर्न सम्बन्धित निकाय नै बेखवर रहेका छन् ।
हुम्लामा एक पोका नुुनको १५ रुपैया पर्छ भनेर न्युज कारखानाको प्रश्न लाई हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ अधिकारीले यसको विषयमा जवाफ दिन आलटाल गरेर आफु उम्किन खोजेका छन् ।
उनले जवाफ दिएका छन् । यस्ता समस्या त नजिकका स्थानीय सरकार , वडा कार्यालयले सम्बोधन गर्ने कुरा हो । आफ्नो वडाको के समस्या छ त्यो स्थानीय सरकारले गर्ने हो उनको जवाफ रहेको छ । प्रमुख जिला अधिकारी साल्ट ट्रेडिङ कर्पोरेशन अर्थात जिल्ला खाद्य ब्यवस्थापन समितिको जिल्ला अध्यक्ष प्रमुख जिल्ला अधिकारी लाई जिम्मा रहेको हुन्छ । तर जिम्मेवार ब्यक्तिले आफु उम्किन खोज्ने जवाफ दिएका हुन । प्रजिअ अधिकारीले भने बोहोरावाडा र रिमि गाउ त्यस्तो समस्या छ भने पालिका सँग आफु समन्वय गरेर जाने तर्क दिए ।