सिमकोट । हुम्ला आगामी चैत मसान्तमा राष्ट्रि सडक सञ्जालमा जोडिने भएको छ ।
नेपालका ७७ वटा जिल्ला मध्ये हुम्ला अहिलेसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका रुपमा रहेको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेको निर्माणाधिन कर्णाली कोरिडोर सडक आयोजनाको बाँकी खण्डको ट्रयाक खोल्ने काम २०८० चैत मसान्तमा सक्ने तयारीका साथ नेपाली सेनाकाले काम अघि बढाएपछि सिमकोट अबको एघार महिनामा राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको हो ।
आफूले जिम्मा लिएको ट्रयाक खन्न बाँकी लेप्च्या–सुनाखाडा सडक खण्डको ५ किलो मिटर चट्टाने भिरमा ट्रयाक खोलेपछि हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने नेपाली सेनाको कर्णाली कोरिडोर सडक निर्माण कार्यदल सुनाखाडाले जनाएको छ । २०७८ असोज ५ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णयबाट कोरिडोरको उक्त खण्डमा ट्रयाक खोल्ने जिम्मा पाएको नेपाली सेनाले तय गरेको सडक निर्माणको कार्ययोजना अनुसार आउँदा चैत मसान्तसम्म काम सक्नेगरी अहिले काम गरिरहेको छ । नेपाल सरकारले जिम्मा दिएको लेप्च्या–लालीबगरको काममा प्राप्त भएको उपलब्धीले पनि २०८० को चैत मसान्तसम्म उक्त चट्टानमा ट्रयाक खोल्न सकिने विश्वाश नेपाली सेनाको सडक निर्माण कार्यदल सुनाखाडाका प्रमुख प्राविधिक सेनानी अनुप पोखरेलले व्यक्त गरे ।
‘हामीलाई जिम्मा दिइएको लेप्च्या–छारेको भिर छिचोल्न ढिलोमा २०८० चैत मसान्तसम्म कुर्नु पर्ने देखिन्छ’ इन्जिनियर समेत रहेका मेजर पोखरेलले भने ‘बाँकी खण्डको जिम्मा लिंदा चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा खोल्नु पर्ने ट्राकको कार्य योजना भन्दा केहि छरितो हुने अनुमानका साथ यो काम अघि बढाइएको हो । हेरौ, स्थलगत काममा कस्तो उपलब्धी हात लाग्छ ।’
मेजर पोखरेललका अनुसार बाँकी खण्डको निर्माणको जिम्मा पाएको ११ किलोमिटरको लेप्च्या–लालीबगर खण्डको झण्डै चार किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाले सडक खन्न शुरु गरेको तिन महिना अर्थात गएको मंसिरमै पुरा गरेको थियो । ‘हाम्रो जिम्मामा आएको बाँकी ७ किलोमिटर खण्ड मध्ये थप ४ किलोमिटरमा धेरै काम अघि बढेको छ’ सेनानी पोखरेलले थपे, ‘संभवत यो आर्थिक वर्षको असार मसान्तसम्म थप २ किलो मिटर सहित ६ किलोमिटरको कडा चट्टानमा समेत ट्रयाक खोल्ने काम सकिन्छ होला । बाँकी रहेको २ किलोमिटरको चट्टानमा ट्रयाक खोल्ने काम आगामी आर्थिक वर्षको चैत मसान्तसम्ममा सकिन्छ भन्नेमा हामी विश्वस्त छौं ।’
नेपाली सेनाको कर्णाली कोरिडोर निर्माण कार्यदलले जिम्मा पाएकोे लेप्च्या–छारे–सुनाखाडा–लालीबगर खण्डमा अहिले रप्mतारले काम अघि बढेका बताएका पोखरेलले थपे, ‘हामीले काम शुरु गरेपछि लगभग ४ किलोमिटर र हिल्सा सिमकोट सडक आयोजना मार्फत जिम्मा पाएका निजि ठेकदार कम्पनी मार्फत २ किलोमिटर गरेर ६ किलोमिटरमा ट्रयाक खोल्ने काम सकिसकेको छ । अब जम्मा १ किलोमिटर चट्टानमा मात्रै काम शुरु गर्न बाँकी छ । अन्य शुरु गरेका चट्टानमा बाटो निकाल्ने बित्तिकै त्यहाँ पनि निर्माणको काम शुरु हुन्छ । अहिलेकै रप्mतारमा काम गर्ने हो र चट्टान रहेको भूगोलले पनि साथ दिने हो भने चैत भन्दा अघि नैं सडक खोल्ने कामले पूर्णता पाउन सक्छ ।’ सेनाले जिम्मा लिएको खण्डमध्ये छारे पुलदेखि व्यूबारको काँध सम्मको झण्डै एक किलोमिटर कडा चट्टन भएको खण्डमा मात्रै काम शुरु भएको छैन् ।
कामदार पनि आशावादी
आगामी आर्थिक वर्ष २०८०।८१ को असारमा काम सम्पन्न गर्ने गरीे नेपाली सेनाले जिम्मा लिएको कर्णाली कोरिडोरको ल्याप्चे–छारे सडक खण्ड निर्धारित समयभन्दा अघि नैं सम्पन्न हुनेमा कर्णाली कोरिडोरको काममा संलग्न कामदार नैं आशावादी देखिएका छन् ।
अन्यत्र भन्दा यो खण्डमा मंसिरयता निकै रप्mतारमा काम भएको बताएका शोरुकोट गाउँपालिका ४ भिई मुगुका विष्णु धामीले सेनाले अहिलेकै रप्mतारमा छारेको चट्टान फुटाउने हो भने ढिलोमा आउँदो पुस महिनासम्म कर्णाली कोरिडोरको ट्रयाक खन्ने काम सकिने प्रतिक्रिया दिए । छारे पुलदेखि व्यूबाराको काँधसम्मको झण्डै एक किलोमिटर बाहेक अन्यत्र विभिन्न १७ वटा समुहमा कामदारले काम गरिरहेको जानकारी कामदार धामीले दिए । आप्mनो जिम्माको होल खोप्ने बित्तिकै सेनाको टोली पड्काउन (चट्टानलाई विष्फोट गर्न) आइहाल्ने गरेकै कारण काममा मंसिरयता छिटो भएको प्रतिक्रिया दिएका धामीले भने, ‘एक त सेनाले छाँटो (छिटो) काम गद्दो (गर्दो) छियो (थियो) । त्यसमा पनि मुंसिर (मंसिर) मुइना (महिना) यता त यो ठाउँमा झिक्कै (झन) काम छाँटो (छिटो) भयाको (भएको) छ । यई (यहि) गरी काम ग¥या (गरे) सिमकोट बाटो पु¥याउन सेनाले भन्या (भने) को भन्दा अग्गेर (अगाडी) हुन्याछ (हुनेछ) ।’
सडक सञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोट हुदैं चीनसँग्को सिमा जोडिएको उत्तरी नाका हिल्सालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न २०७१ साल चैत्र ६ गते बसेको तत्कालीन मन्त्रीपषिद् बैठकले कर्णाली कोरिडोरलाई विशेष परिस्थितिको सडकको रुपमा परिभाषित गर्दै ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । जसअनुसार नेपाली सेनाले पहिलो चरणमा कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाको खुलालुदेखि हुम्लाको सर्केगार्ड गाउँपालिकाको सलिसल्लासम्मकोे १ सय २३ किलोमिटर ट्रयाक खोल्ने जिम्मा लिएको थियो । आफूले जिम्मा लिएको खण्डको काम सकेर सेनाले २०७७ मंसिर २७ गते जिल्लाका सांसद, सुरक्षा निकायका प्रमुख नागरिक अगुवाको रोहबरमा स्थानीय तहलाई (हुम्लाका ताजाकोट, अदानचुली, सर्केगाड र बाजुराको हिमाली गाउँपालिका)लाई एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिसकेको छ । सलिसल्लादेखि सिमकोट हुदैं हिल्सासम्मको सडक निर्माणको कार्य २०६९ साल चैत्र ८ गतेदेखि हिल्सा सिमकोट आयोजना मार्फत कर्णाली कोरिडोरको निर्माण कार्य शुरु भएपनि स्यालतडी पुलदेखि लालीबगर सम्मको कडा चट्टान भएको खण्डको काममा ढिलाई भएपछि प्रतिनिधि सभाको विकास समिति, तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको स्थलगत भ्रमणमा जिल्लाको सर्वपक्षिय बैठकले उक्त खण्डको ट्रयाक खोल्ने कामको जिम्मा नेपाली सेनालाई जिम्मा दिन आग्रह गरेको थियो ।
५ किलोमिटर ट्रयाक खोल्न १७ समुह
कर्णाली कोरिडोरको ट्रयाक खोल्न बाँकी ल्याप्चे–छारे खण्डको बाँकी ५ किलोमिटर भिर फुटाउन नेपाली सेनाले १७ वटा कामदारको समुह परिचालन गरेको छ । काम शुरु भएको लामो समयसम्म हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सरकारी लक्ष्य पुरा नभएपछि निर्माणको जिम्मा पाएको नेपाली सेनाले जिम्माको काम पुरा गर्न बाजुरा, मुगु, कालीकोट र हुम्लाका गरेर १७ वटा समुह परिचालन गरेको कर्णाली कोरिडोर सडक आयोजना कार्यदल सुनाखाडाले जानकारी दिएको छ ।
आफूले जिम्मा पाएको १२ किलोमिटर मध्ये ट्रयाक खोल्न बाँकी छारे पुलदेखि ल्याप्चेसम्म कालीकोटका २, बाजुराका ३, मुगुका ४ र हुम्लाका ८ वटा गरेर १७ वटा समुह परिचालन गरेको कोरिडोर निर्माण कार्यदल सुनाखाडाका प्रमुख सेनानी अनुप पोखरेलले जानकारी दिए ।
‘हामी कामदारलाई विभिन्न समुहमा बाँढेर निश्चित खण्डको जिम्मा सेनाले दिएको छ‘ छारे पुल भन्दा पारिपट्टीको कडा चट्टान छिचोल्ने जिम्मा लिएका अदानचुली गाउँपालिका–१ कल्खेका कमले थापाले भने मंसिर यताको काम हेर्ने हो भने निकै रप्mतारमा अघि बढेको छ ।’
हरेक समुहले जिम्मा लिएको खण्डको काम बिहान बेलुका दिउँस जतिखेरपनि गर्ने गरेको उल्लेख गरेका थापाले आफूले विष्फोटका लागि होल तयार पार्ने बित्तिकै नेपाली सेनाले ढिलो नगरी विष्फो गर्ने गरेकै कारण मंसिरयता सडक निर्माणको कामले गती लिएको दावी गरे ।